मुम्बइ। मानिसहरूलाई हिप हप संस्कृतिको परिचय गराउने फिल्म ‘गली ब्वाई’ सन् २०१९ मा रिलिज भएको थियो ।
जोया अख्तरले निर्देशन गरेको यो फिल्ममा रणवीर सिंह र आलिया भट्टले मुख्य भूमिका निर्वाह गरेका थिए । यो फिल्मले निकै बक्स अफिसमा राम्रो कमाई पनि गरेको थियो ।
यस फिल्ममा एमसी शेरको भूमिकामा देखिएका सिद्धान्त चतुर्वेदीले फरक पहिचान पाएका थिए तर अहिले फेरी यो फिल्मको सिक्वेलको पनि चर्चा चलिरहेको छ । अब यो फिल्मको सिक्वेल ६ वर्षपछि आउन लागेको खबर छ तर यसमा रणवीर सिंह र आलिया भट्टको जोडी फेरि सँगै नदेखिने भएका छन् ।
अहिलेसम्म आधिकारिक घोषणा नभए पनि विक्की कौशल र अनन्या पाण्डेको नयाँ जोडी फिल्ममा देखिने खबर छ । सिद्धान्त चतुर्वेदी र रणवीर सिंह यसमा सहभागी हुनेछन् वा छैनन् भन्ने कुरा भने अझै स्पष्ट भइसकेको छैन तर यदि यस्तो भयो भने फिल्मको उत्साह झनै बढ्नेछ ।
नेटफ्लिक्स सिरिज ‘खो गए हम कहाँ’ निर्देशन गरेका अर्जुन वरेन सिंहले फिल्म निर्देशन गर्ने बताइएको छ । अनन्या पाण्डेले अर्जुन वरेन सिंहसँग ‘खो गए हम कहाँ’ मा काम गरेकी थिइन । यसका लागि आफू नै उपयुक्त छनोट भएको फिल्म निर्माताको विश्वास छ । विक्की केही समयदेखि यस प्रोजेक्टमा संलग्न रहेको रिपोर्टमा उल्लेख छ ।
यस फिल्मको कथा स्ट्रीट र्यापर डिभाइन र नेजीको जीवनबाट प्रेरित थियो। मुम्बईको बस्तीमा बस्ने र्यापर मुरादको कथा फिल्ममा बताइएको छ । फिल्ममा मुरादको भूमिका रणवीर सिंहले निर्वाह गरेका छन् जसले आफ्नो सांगीतिक सपना पूरा गर्न सामाजिक र आर्थिक चुनौतीहरूको सामना गर्छन्। सफिनाको भूमिकामा देखिएकी आलिया भट्ट यस पात्रमा निकै राम्रो देखिएकी थिइन् । उनी बाहेक फिल्ममा विजय वर्मा, अमृता सुभाष, विजय राज र कल्की केकलान पनि थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - ११:०१
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला २ लाख ६० हजार ४ सय रुपैया...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा सचिव पदतर्फको प्रारम्भिक मतगणनामा पद्मा कुमारी अर्यालले सर्वाधिक मत ल्याउँदै अग्रता लिएकी ...
पौष ३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्ष पदतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सर्वाधिक मत ल्याउँदै अग्रता लिएका छन्।...
पौष ३ गते, २०८२ - १०:३९
काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले स्पष्ट अग्रता लिएका छन्। प्रारम्भिक मतगणनाअनुसार ओ...
पौष ३ गते, २०८२ - १०:३२
बुटवल । सुप्रिम सहकारीको रकम ठगी तथा संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ...
पौष २ गते, २०८२ - १६:५४
काठमाडौँ। भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी नेपालमा पनिा ल्याइने भएको छ । अन्तर्...
पौष २ गते, २०८२ - १६:४२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएको छिन्। संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० ...
पौष २ गते, २०८२ - १६:२७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनाबारे जाँचबुझ गर्न गठित आयोगले आफ्नो कार्य सम्पन्न गर्न एक महिना म्याद थप गर्न सरकारसँग आ...
पौष २ गते, २०८२ - १६:०६
झापा। आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा रु। एक अर्ब १४ करोड ९९ लाख ६३ हजार राजस्व सङ्कलन गरेको छ । ...
पौष २ गते, २०८२ - १५:४४
काठमाडौं । जेन–जेड आन्दोलनसम्बन्धी घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले आगामी सातादेखि राजनीतिक तहका नेताहरूलाई बयानका लागि बोलाउने तयारी गरेको छ। ...




प्रतिकृया लेख्नुहोस्: