Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

गाजामा युद्धविराम सहमति नजिक, राष्ट्रपति रहँदै सम्झौता गराउने बाइडनको प्रयास

बन्धक मुक्त गर्नेबारे कस्तो सहमति हुनसक्छ ?

खबरडबली संवाददाता

काठमाडौं । कतारका मध्यस्थकर्ताहरूले युद्धविराम सम्झौता र गाजामा बन्दी बनाइएका व्यक्तिहरूको रिहाइका लागि गरिएका वार्ताका मुख्य मतभिन्नताहरू सल्टिएको बताएका छन्।

दोहामा "अन्तिम चरण"को वार्ता भइरहँदा उक्त विषय बाहिर आएको हो। तर कतारको विदेश मन्त्रालयका प्रवक्ताले यसको अर्थ सम्झौता वास्तविक रूपमा हुन्छ भन्ने अर्थ लगाउन आवश्यक नरहेको टिप्पणी गरेका छन्।

इजरेली अधिकारीले पनि आफूहरू सम्झौतानजिक पुगे पनि सम्झौता नै गर्ने चरणमा पुगिसकेको रूपमा अर्थ्याउन नहुने बताएका छन्।

हमासले भने स्पष्ट र समावेशी सम्झौता हुने गरी वार्ता निष्कर्षमा पुग्ने अपेक्षा गरेको जनाएको छ। गाजामा मात्रै विगत २४ घन्टामा ६१ जना प्यालेस्टिनीको ज्यान गएको हमास सञ्चालित स्वास्थ्यमन्त्रालयले जनाएको छ।

कतारको विदेशमन्त्रालयका प्रवक्ता मजिद अल अन्सारीले वार्ता सम्झौता नजिक पुगे पनि अहिलेसम्म भइसकेको अवस्था नरहेको बताए।

बीबीसीका गाजास्थित संवाददाता रुस्दी अबुवालुफले सम्झौताका लागि तीनवटा चरण हुने र पहिलो दिन तीनजना बन्धकहरू रिहा हुने बताएका छन्। त्यसपछि इजरेलले आफ्ना फौज फिर्ता गर्न थाल्ने बताइएको छ।

युद्धविराम गर्ने सहमतिका लागि इजरेल र हमास दुवै पक्ष सहमतिनजिकै पुगेको सङ्केतहरू प्राप्त भएका छन्।

'सफलताको सँघारमा'

अमेरिकी राष्ट्रपति जो बाइडनले सहमति सफल हुने "सँघारमा पुगेको" र आफ्नो प्रशासनले तत्काल सम्झौता गराउन पहल गरिरहेको बताए। त्यसलगत्तै प्यालेस्टिनी पक्षले जारी वार्ताबारे जानकारी दिएको हो।

एक इजरेली अधिकारीले पनि रोएटर्स समाचारसंस्थालाई वार्ता "निकै अगाडिको चरणमा" पुगेको बताएका छन्। उनका अनुसार केही "घण्टा, दिन वा थप केही समयमा" सम्झौता हुन सक्ने सम्भावना छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आइतवार इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहू र सोमवार वार्ताको मध्यस्थता गरिरहेका कतारका अमिर शेख तमिम बिन हमाद अल-थानीसँग कुराकानी गरेका थिए।

प्यालेस्टिनी अधिकारीहरूले बीबीसीलाई बताएअनुसार हमास र इजरेली अधिकारीहरूबीच पनि एउटै भवनमा सोमवार अनौपचारिक छलफल भएको थियो।

उक्त सहमतिमा पर्न सक्ने केही सम्भावित विवरणबारे खुलाउँदै ती अधिकारीले भनेका छन् ,"प्राविधिक कुरामा विस्तृत छलफल हुँदा लामो समय लाग्यो।"

सहमति भएका विषय के-के छन्?

दुवै पक्ष पहिलो दिन हमासले तीन बन्धक मुक्त गर्न सहमत देखिएका छन्। त्यसपछि इजरेलले बाक्लो बस्ती भएका क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान सुरु गर्ने छ।

सम्झौताको सात दिनपछि हमासले थप चार बन्धक मुक्त गर्ने र इजरेलले दक्षिणी गाजाबाट विस्थापित भएका मानिसहरूलाई उत्तरतर्फ फर्कन अनुमति दिने छ। तर उनीहरू तटीय मार्गबाट पैदलै फर्कनुपर्ने इजरेलको सर्त छ।

कार, चौपायाले तान्ने गाडा र ट्रकहरूलाई कतार र इजिप्टका प्राविधिक सुरक्षा टोलीले सञ्चालन गर्ने एक्स-रे उपकरणबाट जाँच गराएर सालह अल-दिन सडकसँगैको मार्गबाट पार गर्न अनुमति दिइने छ।

सम्झौताको खाकाअनुसार इजरेली सैनिकहरूले फिलाडेल्फी कोरिडरमा बसेर पूर्वी र उत्तरी सीमामा ८०० मिटरको 'बफर जोन' बनाउने छन्। उनीहरूले पहिलो चरणमा यहाँ ४२ दिनसम्म रहने अनुमति पाउने छन्।

बन्धक मुक्त गर्नेबारे कस्तो सहमति हुन सक्छ

इजरेलले पनि १,००० प्यालेस्टिनी बन्दी रिहा गर्ने सहमति व्यक्त गरेको छ। तीध्ये कम्तीमा १९० जना १५ वर्ष वा त्यसभन्दा धेरै वर्ष जेल सजाय तोकिएका व्यक्तिहरू छन्। त्यसको बदलामा हमासले ३४ बन्धक मुक्त गर्ने छ।

हमासले मुक्त गर्ने बन्धकहरूको सम्भावित सूची यसअघि बीबीसीलाई हमास अधिकारीहरूले उपलब्ध गराएका थिए। उक्त सूचीमा नेपालका विपिन जोशीको नाम छैन।

दोस्रो र तेस्रो चरणको वार्ता युद्धविरामको १६औँ दिनबाट सुरु हुने छ। बन्धक बनाइएका इजरेली मूलका एक अमेरिकी नागरिकका बुवाले 'बीबीसी न्यूजआवर'लाई इजरेलले सम्झौतामा "हुन्छ" भनेको "आफूले ठानेको" बताएका छन्।

जोनथन डेकल-खेनले आफ्ना छोरा सागुइको चिन्ताका कारण आफू सधैँ "त्रासमा बाँचिरहेको" बताएका छन्।

राष्ट्रपति रहँदै सम्झौता गराउने बाइडनको प्रयास

सम्झौता अन्तिम चरणमा पुगेको थप विवरण आइरहँदा अमेरिकी राष्ट्रपतिका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले "यसै साता" सम्झौता हुन सक्ने बताएका छन्। जो बाइडनको राष्ट्रपतीय कार्यकाल यो सप्ताहान्तमा टुङ्गिदै छ।

इजिप्टका राष्ट्रपति अब्दुल फतह अल-सिसीसँग पनि आफूले कुराकानी गर्ने बाइडनले बताएका छन्।

अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका डोनल्ड ट्रम्पका विशेष दूत स्टीभ विट्कफ पनि दोहा पुगेका छन्।

ट्रम्पले आफूले ज्यानुअरी २० मा कार्यकाल सुरु गर्नुअघि नै बन्धकहरू मुक्त नभए "भयावह अवस्था" निम्तिन सक्ने चेतावनी यसअघि दिएका थिए।

इजरेली विदेशमन्त्री गीडन सारले वार्तामा प्रगति भएको र सम्झौताको "सम्भावना यसअघिको भन्दा राम्रो" देखिएको बताएका छन्।

नेतन्याहूमाथि पार्टीभित्रैबाट दबाव

सम्भावित सहमतिप्रति सत्ता साझेदार गठबन्धनबाटै इजरेली प्रधानमन्त्री नेतन्याहूले विरोध खेपिरहेका बेला अहिले वार्ता अन्तिम चरणमा पुगेको हो।

नेतन्याहूको आफ्नै दल लिकुड पार्टीका सदस्यसहित १० वामपन्थी नेताहरूले सङ्घर्षविरामको विरोध गर्दै उनलाई पत्र लेखेका छन्।

वार्ता हुँदै गर्दा गाजाको नागरिक प्रतिरक्षा निकायले इजरेलले गाजा सहरमा शृङ्खलाबद्ध आक्रमणमा परी सोमवार ५० भन्दा धेरै मानिसको मृत्यु भएको जनाएको छ।

"उनीहरूले विद्यालय, घर र मानिस भेला भएका ठाउँमा बम प्रहार गरे," उक्त निकायका प्रवक्ता महमुद बसालले समाचारसंस्था एएफपीसँग भने।

इजरेली सेनाले उक्त विवरणबारे बुझ्ने काम भइरहेको जनाएको छ। एक फरक वक्तव्यमा उसले गाजा क्षेत्रको उत्तरी भेगमा सोमवार छ सैनिकको मृत्यु भएको जनाएको छ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरेलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए।

त्यसपछि हमासविरुद्ध इजरेलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७,००० भन्दा बढी मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हमासले अझै करिब ९४ जनालाई गाजामा बन्धक बनाइरहेको बताइएको छ। तीमध्ये ३४ जनाको मृत्यु भइसकेको ठानिएको छ। बीबीसी

 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending