काठमाडाैं। चलचित्र 'कार्साङ' को टिम माघ २ गते पूर्वका विभिन्न हलहलमा पुग्ने भएका छन्।
फिल्मको राम्रो प्रतिक्रिया प्राप्त भएको भन्दै नायिका सिर्जना निङ्लेकु आफ्नो पहिलो डेब्यु फिल्मबाट निकै उत्साहित देखिएकाे जनाएकी छिन्।
उनले खुशी व्यक्त गर्दै भनिन्, 'यो मेरो पहिलो फिल्म हो र दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाउँदा निकै खुशी छु।'
कार्साङू चलचित्र अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको फिल्म हो। याम शेर्पाद्वारा निर्देशित यस फिल्मले सिन्धुपाल्चोकको शेर्पा समुदायको एक झाँक्री लोप्साङको संघर्षमय जीवनको कथा प्रस्तुत गर्दछ। आर्थिक विपन्नता र सामाजिक असमानता जस्ता चुनौतीहरूको सामना गर्दै, पात्रले आफ्नो स्वाभिमानका लागि संघर्ष गर्दछ।
यस फिल्मको प्रमुख भूमिकामा दयाहाङ राई, जितु नेपाल, सिर्जना निङ्लेकु र दीया मास्के रहेका छन्। 'कार्साङ' को रनटाइम १२६ मिनेट रहेको छ र यसको सर्टिफिकेट युनिभर्सल रहेको छ।
चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। विशेषगरी, दयाहाङ र जितु नेपालको अभिनयलाई निकै सराहना गरिएको छ। दर्शकहरूले शेर्पा समुदायको सांस्कृतिक पक्षलाई नजिकबाट बुझ्न पाउने आशा व्यक्त गरेका छन्। निर्देशक यम शेर्पाले भने, 'हामीले दर्शकबाट चाहिएको माया र अपेक्षा पूरा हुनेगरी फिल्म निर्माण गरेका छौँ।'
'कार्साङ' को ट्रेलरमा पात्रको अभाव, झाँक्री विद्यामा विश्वास, समाजको परम्परा र आर्थिक गतिविधिहरूलाई देखाइएको छ। समाजको बहिष्कार, द्वेष र परिवारमा देखिने विचलनको कुरा गर्दै मुख्य पात्रको स्वाभिमानको संघर्ष प्रस्तुत गरिएको छ।फिल्म पारिवारिक कथावस्तुमा आधारित छ र ग्रामीण परिवेशमा आधारित रहेको निर्देशक यम शेर्पाले बताए । यस फिल्ममा सिर्जना निङ्लेकु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितको पनि अभिनय छ।
'कार्साङ' फिल्म यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्स को प्रस्तुतिमा बनेको हो। फिल्मका निर्माता र छायांकार पुरुषोत्तम प्रधान हुन् भने सह–निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: