बैतडी । पश्चिमी सीमा नाका झुला घाट स्थित महाकाली भन्सारमा क्वारेनटाइन नहुँदा तरकारी ल्याउँदा विवाहको कार्ड देखाउनु पर्ने अवस्था सिर्जना भएको छ । सीमा नाकामामा क्वारेनटाइन मात्रै होइन, अन्य वस्तु चेकजाँचका लागिसमेत नेपाली सुरक्षाकर्मीसँग स्क्रिनिङ जस्ता कुनै उपकरण छैन । झुला घाटमा रहेको सटही काउन्टरसमेत बन्द हुँदा झन् समस्या भएको छ । सटही काउन्टर द्वन्द्वमा बन्द भएको थियो ।
भारततर्फको सीमा चेक पोस्टमा भने अन्तर्राष्ट्रिय विमानस्थल जतिकै सुरक्षा व्यवस्था खेप्न सकिन्छ । त्यहाँ डिजिटल स्क्रिनिङ मेशिन, तालिम प्राप्त कुकुर र जनशक्ति तैनाथ गरिएको छ । नेपालतर्फको सुरक्षा पोस्टमा भने प्रविधिका नाममा एउटा टेबुल, रजिस्टर र डट पेन मात्र देखिन्छ ।
झुला घाट सीमा नाकामा क्वारेनटाइन र डिजिटल स्क्रिनिङ मेशिन आवश्यक भएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। उनले भने,“ नाकामा महाकाली भन्सार कार्यालय छ तर, क्वारेनटाइन छैन । क्वारेनटाइन नहुँदा भारतबाट भित्रिने खाद्यान्नको गुणस्तर र विषदि परीक्षण हुन सकेको छैन । प्राविधिक कर्मचारी र उपकरण आवश्यक भएको कुरा विभागमा जानकारी गराई सकेका छौँ ।“
विवाहको सिजनमा कार्ड देखायो भने तरकारी भित्रिन दिने गरेको झुला घाट सीमा प्रहरी चौकीका इन्चार्ज प्रहरी वरिष्ठ नायव निरीक्षक गङ्गाराम टमटाले बताए।
उनले भने,ि“ विवाहको सिजनमा कार्ड हेरेर मात्रै तरकारी भित्रिन दिने गरेका छौँ । व्यावसायिक रूपमा तरकारी आउँदैन । नेपालबाट पहिले घ्यु पैठारी हुने गर्दथ्यो । पछिल्लो समय भारतबाट घरायसी प्रयोजनका लागि दैनिक उपभोग्य वस्तु आउने गरेको छ । नेपालबाट भारततर्फ कृषि उपज निर्यात हुँदैन ।”
झुला घाट सीमा नाकाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या भने बढेको छ । यहाँबाट दैनिक दुई सयको सङ्ख्यामा नेपालीहरू भारत जाने गरेका छन् । झुला घाट सीमा प्रहरी चौकीको तथ्याङ्क अनुसार पुस १ गतेदेखि २७ गतेसम्म दुई हजार पाँच सय नेपाली भारत गएका छन् । रोजगारीका लागि भारत जानेमा महिलासमेत छन् । पुसमा मात्रै ८४६ महिला भारत गएका छन् ।
झुला घाट नाका भएर भारतबाटसमेत किनमेल र मन्दिर दर्शनका लागि पुस महिनामा ५०५ जना भारतीय नागरिक नेपाल आएका छन् । नेपाल प्रवेश गरेका ५०५ जना मध्ये ३७६ जना फिर्ता भएका छन् । अन्य भारतीय बैतडी सदरमुकाममा कपाल काट्ने, सिरक डसना बनाउने कामका लागि बसेको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: