Khabar Dabali २८ असार २०८३ आईतवार | 12th July, 2026 Sun
Investment bank

हमासले केही बन्दी रिहा गर्दै : विपिन छुट्ने प्रतीक्षामा नेपाल सरकार

खबरडबली संवाददाता

काठमाडौँ। हमास आतङ्ककारी समूहले इजरायलको गाजा नजिकैको सहरबाट अपहरण गरी लगेका बन्दीमध्ये ३४ जनालाई अपहरण मुक्त गर्ने भएको छ। सन् २०२२ को अक्टोबर ७ मा सयौं सर्वसाधारण अपहरणमा परेका थिए।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलसँग युद्धविराम भएमा पहिलो चरणमा बन्दी रिहा गर्ने सूचना सार्वजनिक गरेको हो। सो समूहले दिएको ३४ बन्धकको सूचीमा इजरायली नागरिक मात्र रहेका बताइएको छ। तर इजरायल सरकारले भने यस विषयमा केही थाहा नभएको जनाएको छ। 

यसअघि आफ्नो नियन्त्रणमा एक सय जना बन्दी रहेको सार्वजनिक जानकारी गराएको हमास समूहले पहिलो सूचीमा ती ३४ जना रिहा गरिने जनाएको हो।  

दश जना महिलासहित ५० देखि ८५ वर्षसम्मका बन्धकलाई पहिलो चरणमा रिहा गर्न लागिएको तथा यसमा महिला, बालबालिका र वृद्धवृद्धालाई प्राथमिकता दिइएको हमासले सूचनामा जनाएको छ।

सन् २०२२ को अक्टोबरमा हमासले गरेको सो आक्रमणमा परी १० जना नेपालीसहित एक हजारभन्दा बढीको ज्यान गएको थियो। 

सोही हमलापछि हमासका लडाकुले नेपाली युवा विपिन जोशीलगायतलाई अपहरण गरेर प्यालेस्टिनी भूमितर्फ लगेका थिए। 

विपिन रिहाइको पहल

नेपाल सरकारले विपिनको रिहाइका लागि कूटनीतिक प्रयासलाई जारी राखेको छ। केही समय अघिको एक भिडियो फुटेजमा विपिन जीवितै रहेको सूचना नेपालले प्राप्त गरेको थियो। 

परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले आफू नियुक्त भएलगत्तै नेपालका लागि इजरायलीदेखि सबै देशका राजदूतलाई विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको थिइन। त्यसैगरी ती बन्दीको रिहाइका लागि मध्यस्थता एवं सहजीकरणको काम गरिरहेको कतार र इजिप्टसँग पनि उहाँले बारम्बार आग्रह गरिरहेको छिन।

मन्त्री डा। राणाले संयुक्त राष्ट्रसंघीय ७९औँ महासभाका क्रममा आयोजित विभिन्न कार्यक्रममा विपिनको रिहाइका लागि पहल गरिदिन विश्व समुदायसँग पनि आग्रह गरेको थिइन। 

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका बेला उनले जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्वका नेता तथा प्रतिनिधिहरुसँग आग्रह गरेको थिइन। 

साथै त्यहाँ आयोजित असंलग्न राष्ट्रको सङ्गठन नाम, जी–७७, जी–२० लगायतका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री डा। राणाले जोशीको रिहाइका लागि पहल गरिदिन विश्व समुदायको ध्यानाकर्षण गराएको थिइन।  

उनले नेपालस्थित इजरायल र कतारका राजदूतलाई समय समयमा बोलाएर विपिनको अवस्था, रिहाइका लागि भइरहेका पहल र अन्य आवश्यक जानकारी लिने काम गरिराखेको छिन। 

त्यसैगरी परराष्ट्र मन्त्रालयले मध्यपूर्वी देशमा रहेका नेपाली राजदूतलाई पनि कतार र इजिप्ट सरकारको सम्पर्क तथा समन्वयमा रहन र विपिनको रिहाइका लागि विशेष चासो लिएर आवश्यक पहलकदमीका साथ लाग्न निर्देशन दिएको जनाएको छ। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्लु बस’ सेवा तत्काल सुरु नहुने, साझाका हरिया बसको रङ पनि परिवर्तन नहुने

काठमाडौं। महिलाको सुरक्षित यात्राका लागि सरकारले साझा यातायातमार्फत सञ्चालन गर्ने घोषणा गरेको ‘ब्लु बस’ सेवा तत्काल सुरु नहुने भएको छ। आवश्यक बजेट, का...

राजधानीको प्यास मेटाउने सुन्दरीजलमै खानेपानीको चरम अभाव

काठमाडौं। काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय बासिन्दा वर्षौंदेखि नियमित खानेपानी नपाएर कष्टकर जीवन बिताउन बाध्य छन...

त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा कार्यक्रम गर्न खोज्दा दुर्गा प्रसाईंलाई प्रहरीले रोक्यो

काठमाडौं। मेडिकल व्यवसायी तथा नयाँ राजावादी दल गठनको तयारीमा रहेका दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल क्षेत्रमा का...

राहदानी छपाइ प्रकरणबारे छलफल गर्न सार्वजनिक लेखा समितिको बैठक बस्दै

काठमाडौं। राहदानी छपाइ प्रक्रियामा देखिएको भनिएको अनियमितताबारे छलफल गर्न प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ९ बजे बस्ने...

साउनदेखि ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालन गरिने

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३ र८४ मा साउन , भदौ र असोज महिनाभर देशव्यापी रूपमा ‘डेङ्गु  सचेतना तीन महिने अ...

सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं। सुकुमवासीको उचित व्यवस्थापनको माग गर्दै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। मोर्चाक...

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्डः दुईको मृत्यु, चार घाइते

टोरन्टो। क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन् । स्थानीय प...

किसानलाई पेन्सनदेखि मल कारखानासम्म दिने सरकारको प्रतिबद्धता

काठमाडौं। सरकारले किसानलाई योगदानमा आधारित पेन्सन उपलब्ध गराउने प्रतिबद्धतासहित १६ बुँदे राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा...

ट्रान्सफर्मर चोरीपछि सात सयभन्दा बढी धारामा खानेपानी बन्द

ढल्केबर। धनुषाको मिथिला नगरपालिका–२, नकटाझिजस्थित खानेपानी योजनाको विद्युतीय ट्रान्सफर्मर चोरी भएपछि सात सयभन्दा बढी धारामा खानेपानी आपूर्ति बन्द भएको...

सरकारलाई आङ्देम्बेको प्रश्न: सुकुमवासीलाई सुरक्षित व्यवस्थापनको वाचा कहाँ हरायो ?

काठमाडौं। प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending