मुम्बई। बलिउड अभिनेता सलमान खानको सुरक्षा थप बढाइएको छ।
यसै सिलसिलामा आइतबार देखी बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टको बालकोनीमा मर्मतको काम भइरहेको छ । रिपोर्टका अनुसार उनको र उनको परिवारको सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको हो ।
वास्तवमा केही समयदेखि सलमान खानलाई लरेन्स ग्याङबाट ज्यान मार्ने धम्की आइरहेको छ । पछिल्ला केही वर्षदेखि सलमान खानलाई जेलमा रहेका ग्याङ्स्टर लरेन्स बिश्नोईको नाममा लगातार धम्की आइरहेको हो । लरेन्सले एक टिभी अन्तर्वार्तामा सलमानलाई मार्ने धम्की दिए पछि अनेक हत्कण्डा सुरू भएका छन । सन १९९८ मा सलमानले कालो हरिण शिकार गरेको भन्ने घटनालाई लिएर बिश्नोई समुदाय उनीसँग आक्रोशित रहदैँ आएको छ ।
भारतीय सुरक्षा अधिकारीका अनुसार सलमान खान १० व्यक्तिको सूचीमा रहेका छन, जसलाई जेलमा रहेका ग्याङ्स्टर लरेन्सले मस्ट वान्टेड मानेर ज्यान मार्ने धम्की दिइरहेका छन ।
सोही बिचमा अप्रिल १४, २०२४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोलीबारीसमेत भएको थियो। मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले उनका घरतर्फ ४ राउण्ड फायर गरेका थिए । गोली चल्दा सलमान खान आफ्नै घरमा बसिरहेका थिए ।
खासमा, सन् २०२३ मा लरेन्स बिश्नोईबाट धम्की आएपछि मात्र सलमान खानको सुरक्षा बढाइएको थियो । उनले महाराष्ट्र सरकारबाट ‘वाई प्लस श्रेणी’ को सुरक्षा पाएका छन्। जसअनुसार यस सुरक्षा घेरामा सलमानसँग सधैं ११ सुरक्षाकर्मी साथमा रहने गरेका छन । जुन समुहमा एक वा दुई कमाण्डो र दुई पीएसओ पनि समावेश थपिएको छ । सलमानको गाडी अगाडी र पछाडि एस्कर्ट गर्नका लागि सधैं दुईवटा गाडी रहने ब्यवस्था गरिएको छ । साथै, सलमान खानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ राखिएको छ ।
उनै सलमानको आगामी फिल्म सिकिन्दर आउँदैछ, जसको ट्रिजर हालै रिलिज हुदाँ करोडौं दर्शकले मन पराएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १४ गते, २०८३ - १७:५९
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सङ्घीयताका सन्दर्भमा अघि सारेको पछिल्लो प्...
आषाढ़ १४ गते, २०८३ - १७:२७
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हतारोमा पार्टी एकता गर्ने र फुर्सदमा फेरि विभाजन भएर रोएर बस्ने दिन नआ...
आषाढ़ १४ गते, २०८३ - १७:१५
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सक्रिय भएको दाबी गर्दै त्यस्ता शक्तिला...
आषाढ़ १४ गते, २०८३ - १६:५६
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूविरुद्ध फैलाइएका आरोप र आलोचनालाई अस्वीकार गर्दै देश बर्बाद पारिएको भन्ने धारणा गलत भएको बता...
आषाढ़ १४ गते, २०८३ - १६:४७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट व्याख्या गरिने गरेको भन्दै त्यसप्रति असन्तुष्टि व्...
आषाढ़ १४ गते, २०८३ - १६:३२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा देशभक्त शक्तिहरूबीच सहकार्यमा ढिलाइ गर्नु ठूलो गल्ती हुने...
आषाढ़ १४ गते, २०८३ - १५:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेपाली कम्युनिस्ट पार्टी)का सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनका कमजोरीहरूको गम्भीर आत्मसमीक्षा गर...
आषाढ़ १४ गते, २०८३ - १५:३४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रमुख दुई कम्युनिस्ट शक्ति एक भएको भए निर्वाचनमा वामपन्थीले करि...
आषाढ़ १४ गते, २०८३ - १५:१७
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदन भण्डारीको हत्याबारे सत्य तथ्य पत्ता लगाउन नसक्नु आफ्न...
आषाढ़ १४ गते, २०८३ - १४:५६
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य केही समयभित्र घट्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मध्यपूर्वमा द...



प्रतिकृया लेख्नुहोस्: