Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सलमान खानको बढाइयो सुरक्षा, अब सधै ११ सुरक्षाकर्मीका साथ २ गाडी स्कर्टिङमा

खबरडबली संवाददाता

मुम्बई। बलिउड अभिनेता सलमान खानको सुरक्षा थप बढाइएको छ। 

यसै सिलसिलामा आइतबार देखी बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टको बालकोनीमा मर्मतको काम भइरहेको छ । रिपोर्टका अनुसार उनको र उनको परिवारको सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको हो ।

वास्तवमा केही समयदेखि सलमान खानलाई लरेन्स ग्याङबाट ज्यान मार्ने धम्की आइरहेको छ । पछिल्ला केही वर्षदेखि सलमान खानलाई जेलमा रहेका ग्याङ्स्टर लरेन्स बिश्नोईको नाममा लगातार धम्की आइरहेको हो । लरेन्सले एक टिभी अन्तर्वार्तामा सलमानलाई मार्ने धम्की दिए पछि अनेक हत्कण्डा सुरू भएका छन । सन १९९८ मा सलमानले कालो हरिण शिकार गरेको भन्ने घटनालाई लिएर बिश्नोई समुदाय उनीसँग आक्रोशित रहदैँ आएको छ ।

भारतीय सुरक्षा अधिकारीका अनुसार सलमान खान १० व्यक्तिको सूचीमा रहेका छन, जसलाई जेलमा रहेका ग्याङ्स्टर लरेन्सले मस्ट वान्टेड मानेर ज्यान मार्ने धम्की दिइरहेका छन ।

सोही बिचमा अप्रिल १४, २०२४ मा बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोलीबारीसमेत भएको थियो। मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले उनका घरतर्फ ४ राउण्ड फायर गरेका थिए । गोली चल्दा सलमान खान आफ्नै घरमा बसिरहेका थिए ।

खासमा, सन् २०२३ मा लरेन्स बिश्नोईबाट धम्की आएपछि मात्र सलमान खानको सुरक्षा बढाइएको थियो । उनले महाराष्ट्र सरकारबाट ‘वाई प्लस श्रेणी’ को सुरक्षा पाएका छन्। जसअनुसार यस सुरक्षा घेरामा सलमानसँग सधैं ११ सुरक्षाकर्मी साथमा रहने गरेका छन । जुन समुहमा  एक वा दुई कमाण्डो र दुई पीएसओ पनि समावेश थपिएको छ । सलमानको गाडी अगाडी र पछाडि एस्कर्ट गर्नका लागि सधैं दुईवटा गाडी रहने ब्यवस्था गरिएको छ । साथै, सलमान खानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ राखिएको छ ।

उनै सलमानको आगामी फिल्म सिकिन्दर आउँदैछ, जसको ट्रिजर हालै रिलिज हुदाँ करोडौं दर्शकले मन पराएका छन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

समयमा संकट समाधान भएन भने विष्फोटको अवस्था आउँछ : श्रममन्त्री भण्डारी

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...

महासचिवमा हारेका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...

रास्वपामा प्रतिनिधिसभा समानुपातिक उम्मेदवारीका लागि ३२५ आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजना: पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...

स्थानीय तहलाई काम गर्न कसैले रोक्न सक्दैनन् : महानगर प्रमुख महर्जन

काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...

एमाले महाधिवेशन: यी तीन पदाधिकारीले ल्याए सर्वाधिक मत

काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending