Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

शेरा दरबारको जग्गासँग जोडेकोमा प्रचण्डको आपत्ति, भन्छन, ‘ति पार्टी छाडेका मान्छे हुन्’

खबरडबली संवाददाता

झापा। नेकपा माओवादीका अध्यक्ष प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा पार्टीलाइ जोडेकोमा आपत्ति जनाएका छन् ।बिगत १२–१५ वर्षअघि नै पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसप्रति प्रचण्डले आपत्ति जनाएका हुन् ।

झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन प्रचण्डले आपत्ति जनाउँदै भने,  ‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन।’

माओवादीका तत्कालिन कार्यालय सचिव बिकेश श्रेष्ठले तत्कालिन राजदरबारको सम्पति हडपेको समाचार सार्बजनिक भए पछि अध्यक्ष प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन् ।

भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको उल्लेख गर्दै उनले भने,  ‘प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अकारीहरुलाई भनेको थिएँ, भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू । अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरु जोडिन्छन् भने छाडिने छैन।’

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

बालेनले गराए उम्मेदवारी दर्ता

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले दमक नगरपालिका-८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन्...

सिन्धुपाल्चोकमा नेकपा उम्मेदवारहरूको एकताको प्रतीक, एकै पोशाकमा मनोनयन दर्ता

चौतारा। सिन्धुपाल्चोक जिल्लामा आगामी प्रतिनिधिसभा  निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले एकताको सन्देश दिँदै एकै प्रकारको...

प्रकाश प्रसाईँले कांग्रेस छोडे, बालेन शाहलाई समर्थन गर्ने

विराटनगर । नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले आफ्नो पद र सदस्यता राजीनामा दिएका छन्। उनले झापा–५ बाट उम्मेदवार बनेका रास्वपा का ब...

रवि लामिछानेविरुद्ध महान्यायाधिवक्ताको निर्णयमाथि सर्वोच्चमा रिट, पेसी तोकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने विरुद्ध ‘सम्पत्ति शुद्धीकरण’ र ‘सङ्गठित अपराध’ अभियोग हटाउने वा संशोध...

महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार, पुराना दलप्रति असन्तुष्टि

म्याग्दी । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दर्ता गराएका छन् । आजै मन्त्री पदबाट राजीनामा ...

मंगलबार पनि सुनको भाउमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ८४ हजार ७ पुग्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको...

कांग्रेसले मोरङका ६ वटै क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार टुंग्यायो, को कहाँ ?

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस संसदीय बोर्ड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending