Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

एमालेको कारबाही पछि भेटघाटमा व्यस्त भीम रावल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यबाटै निकालेपछि भीम रावलले भेटघाटलाई तीव्रता दिएका छन् । बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टी सदस्यबाटै निकालेको थियो । 

त्यस्तै अन्य दुई नेता विन्दा पाण्डेलाई स्थायी कमिटी सदस्य र उषाकिरण तिम्सेनालाई केन्द्रीय सदस्यको रुपमा काम गर्नबाट ६ महिनाका लागि निलम्बन गरेको थियो । नेता रावललाई भने पार्टीबाटै निष्काशन गरेपछि सोमबार नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग भेट गरे ।

दुई नेतालाई टोखास्थित आफ्नै निवासमा बोलाएर रावलले भेट गरे पनि त्यसको विषय भने खुलाइएको छैन ।

मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति समेत हुन् ।कांग्रेस सभापति शेरबहादुर देउवासँग मनमुटावपछि मल्ल वीपी कांग्रेसतिर लागेका हुन् भने भट्ट नेकपा एकीकृत समाजवादीका पूर्व केन्द्रीय सदस्य हुन् । गत निर्वाचनमा उनलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएर जितेका थिए ।

पार्टीका हरेक गतिविधिमा रावलले विरोध गरेको भन्दै यसअघि नै एमालेले स्पष्टीकरण सोधेको थियो । तर राववले कुनै जवाफ नदिएको भन्दै जिम्मेवारीबाटै हटाइएको एमालेको दाबी छ । पार्टीबाट निष्काशनमा परेसँगै रावलले नयाँ पार्टी खोल्ने चर्चा समेत चलिरहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाली–४ मा पुराना र नयाँ अनुहारबीच कडा प्रतिस्पर्धा

कैलाली  । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रमा पूर्वमन्त्री तथा एमाले उपमहासचिव लेखराज भट्टसहित नयाँ अनु...

किन छुँदैन किसान र श्रमजीवीलाई चुनावले?

काठमाडाेै । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवार, नेता–कार्यकर्ता, स्वतन्त्र उम्मेदवार, छापाखाना, मिडिया, होटेल व्यवसा...

काठमाडौँ–१ मा कडा प्रतिस्पर्धा, सबै उम्मेदवारको जित्ने दाबी

 काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नं। १ मा प्रतिस्पर्धा रोचक बन्दै गएको छ। प्रमुख राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारस...

शनिबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा...

मनाङमा पर्यटन, पूर्वाधार विकास र जलवायु परिवर्तन मुख्य एजेण्डा

मनाङ । प्रतिनिधि सभा निर्वाचनको मतदान गर्न १९ दिन बाँकी छ । निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसारलाई उम्मेदवारले तीव्र पार्न थालेका छन् । उम्मेद...

जुरेली माझी गाउँमा ‘भूकम्प’ पुरै माझी गाउ नेकपामा प्रवेश,

उम्मेदवार गौतमको प्रतिबद्धता: “भरोसा टुट्न दिने छैन, शिर उचो हुने काम गर्छु”

ललितपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु

ललितपुर  । ललितपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्...

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक बिहान अन्दाजी २ः१० बजे...

प्रहरी चौकीको भवन बनाउन निःशुल्क जग्गा दान

म्याग्दी  ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा प्रहरी चौकीको भवन निर्माण गर्न स्थानीयवासीले निःशुल्क जग्गा उपलब्ध गराएका छन् । भगवतीका राज...

कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई

दार्चुला  । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली सेनाले सम्हालेको छ । बिहीबारदेखि जिल्ला कारागार कार्यालयको सुरक्षाको जि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE