Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

जनसंख्या घटे पछि अनौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’

खबरडबली संवाददाता

काठमाडौं। जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्दै गएकाले काम गर्ने युवाको अभाव छ । यी देशहरूले युवाहरूलाई सन्तान जन्माउन विभिन्न प्रकारका सुविधा दिइरहेका छन्। पैसा पनि बाँडिएको छ तर जन्मदर बढाउन निकै मुश्किल भइरहेको छ ।

यसैबिच,  रुसको एक प्रान्तले आफ्ना नागरिकलाई अनौठो अफर दिएको छ । पश्चिमी रुसको निजनी नोभगोरोड ओब्लास्ट प्रान्तले युवाहरुलाई ४–४ सन्तान जन्माउन अपिल गरेको छ । स्थानिय सरकारले प्रत्येक बालबालिकालाई १० लाख रुबल दिने बताएको छ । रुसको निज्नी नोभगोरोड ओब्लास्ट प्रान्तका गभर्नर ग्लेब निकितिनले यो प्रस्तावको घोषणा गरेका हुन, ‘४–४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा बोकेर जानुहोस्’ उनले भनेका छन । जुन युद्ध अध्ययन संस्थानको प्रतिवेदनमा प्रकाशित भएको छ।

रुसमा जन्मदर पनि निकै कम छ । हाल यहाँ जन्मदर प्रति महिला १.५ बच्चा छ तर यो निकै कम भएको सरकारको विश्वास छ । अहिलेको जनसङ्ख्यालाई कायम राख्ने हो भने प्रति महिला जन्मदर २.१ अनुपातमा बच्चाको जन्म हुनुपर्छ । सरकारले यसलाई कायम राख्न विभिन्न प्रोत्साहन दिएको छ । रुस दुई वर्षदेखि युक्रेनसँगको युद्धमा फसेको छ । त्यहाँ युद्धमा धेरै जवान सैनिक मारिएका छन्। गोलाबारुदका कारण अरु धेरैको हताहत पनि भएको छ ।

यस कारण, रूसको जनसंख्या द्रुत रूपमा घटेको छ। प्रतिवेदनका अनुसार सेप्टेम्बर २०२४ मा रुसको जनसङ्ख्या पछिल्लो २५ वर्षमा सबैभन्दा न्यून स्तरमा पुगेको छ। यो  तथ्यांकबाट रूसी सरकार थप तनावमा परेको छ । रुस जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यसलाई सैन्य बलको नितान्त आवश्यकता छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जनसांख्यिकीय गिरावटलाई ठूलो चुनौतीको रूपमा वर्णन गरेका छन्। त्यसैले सरकारले अफर दिन थालेको छ । समाचार अनुसार पहिलो र दोस्रो बालबालिकाको लागि पैसा केन्द्र सरकारले नै दिनेछ। तेस्रो र चौथो बालबालिकालाई प्रदेश सरकारले पैसा दिनेछ । सबैभन्दा ठूलो कुरा यो हो कि यसका लागि कुनै शर्त राखिएको छैन। यो अफर १८ देखि २३ वर्ष उमेरका केटीहरूका लागि मात्र उपलब्ध गराइएको छ। 

यसै अन्तर्गत रुसको राजधानी मस्कोमा पनि कार्यक्रम आयोजना गरिएको थियो । रुसी स्वास्थ्यमन्त्री येभगेनी शेस्टोपालोभले पहिले नै मानिसहरूलाई बढी बच्चा जन्माउन सल्लाह दिइसकेका छन ।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा एमाले–नेकपाको सरकार गठनको नयाँ मोडेल: मन्त्रालय बाँडफाँटमा ‘पालैपालो’ प्रणाली

काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश सरकार गठन र मन्त्रालय बाँडफाँटलाई व्यवस्थित गर्न नयाँ मोडेल तय गरेका छन्। एमाले ...

महेन्द्रनगरमा कटुवा पेस्तोलसहित चार युवक पक्राउ

कञ्चनपुर। प्रहरीले कञ्चनपुरको महेन्द्रनगरबाट कटुवा पेस्तोल सहित चार युवकलाई नियन्त्रणमा लिएको छ । महेन्द्रनगर बजारको दक्षिण तर्फ रहेको सालघारी क्षेत्र...

व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरण मुद्दामा एक करोड धरौटी माग

काठमाडौं । व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ। मंगलबार विशेष अदालतमा भएको ...

मन्त्रिपरिषद्का ५ निर्णय, एनसेल प्रतिवेदन सार्वजनिकदेखि एम्बुलेन्स र शव वाहनमा कर छुटसम्म

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका पाँच प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त...

सुनसरी र सिरहा घटनाका चार जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहाका घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सुनसरीका ...

सिरियाका पूर्वराष्ट्रपति बशर अल असदलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला

काठमाडौं । सिरियाको अदालतले अपदस्थ पूर्वराष्ट्रपति बशर अल असदलाई युद्ध अपराध र मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको छ। ...

विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन कार्यदल गठन : एक महिनाभित्र प्रतिवेदन बुझाउने

काठमाडौँ। सरकारले विराटनगर जुट मिल पुन: सञ्चालनका लागि अध्ययन गर्न एक कार्यदल गठन गरेको छ। उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्यय...

लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, खोजीमा प्रहरी

रौतहट। रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता भएका छन्। देवाही गोनाही नगरपालिका–२, लक्ष्मीनियास्थित लालबकैया नदीमा मंगलबार दिउ...

विशेष भेलामा सहभागी हुँदै शेखर कोइराला, पार्टी एकताका लागि आह्वान गर्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला आगामी श्रावण २९ गते आयोजना हुने विशेष भेलामा सहभागी हुने भएका छन्। डा। कोइरालाले भेलाको उद्घाटन ...

चितवनमा बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

नारायणगढ। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। पश्चिम चितवनको मेघौलीमा रहेको हरियाली सामुदायिक वनम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending