काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवले देशको अर्थतन्त्रलाई लयमा ल्याउन प्रत्यक्ष रुपमा प्रभाव पार्ने बताएका छन्।
शुक्रबार भक्तपुरमा मध्यपुर महोत्सव उद्घाटन समारोहमा उनले महोत्सवमा सबै मौलिक सामानहरु रहेको भन्दै यसबाट देशको अर्थतन्त्र पनि सुधार हुने बताएका हुन्।
यसका साथै, काम गर्ने इच्छा भए देशभित्रै सम्भावना भएको कुरा पनि महोत्सवले देखाउन खोजेको उनको भनाइ छ।
उनले भने, ‘नेपालमा नै बसेर के गर्न सकिन्छ र भन्ने खालको भाष्य नेपालमा बसेको छ। तर, काम गर्ने इच्छा भयो भने सम्भावना प्रशस्त मात्रामा रहेको कुरा पनि यो महोत्सवले देखाउन खोजेको छ। यसको साथै देशको अर्थतन्त्रलाई पनि लयमा ल्याउनको लागि महोत्सवले धेरै ठूलो प्रत्यक्ष रुपमा प्रभाव पार्छ।’
यस्तै, उनले यो महोत्सवले ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदाहरुलाई विश्वसामु ल्याउन सहयोग गर्ने भन्दै यो सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘मध्यपुर ठिमिभित्र रहेका सबै मूर्त, अमूर्त सम्पदालाई विश्वसामु चिनाउन, देखाउन, सम्झाउन र बुझाउनको लागि महोत्सव आयोजन भएको छ। महोत्सवको लागि जति मेहेनत गर्नु भएको छ र जुन लक्ष्य राख्नु भएको छ त्यो पूरा हुन्छ भन्ने पूरा विश्वास छ। हाम्रो संस्कृतीहरु जोगाउन महोत्सवले टेवा पुर्याउने विश्वास गरेको छु।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: