काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराईले विहीबार राति दिवंगत भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको स्मरण गरेका छन् । डा. भट्टराईले सिंहप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै निजी सम्बन्धले नेपाल–भारत सम्बन्ध कसरी प्रभावित हुन्थ्यो भन्ने आफ्नो अनुभूति बाँडेका छन् ।
‘भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको दुस्खद् निधनमा नेपालले एक असल मित्र, भारतले एक अगुवा आर्थिक सुधारक र विश्वले एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव गुमाएको छ’ शुक्रबार बिहान एक शोक सन्देश सार्वजनिक गर्दै उनले भनेका छन्, ‘निजी रूपमा मैले एक विलक्षण बौद्धिक तथा सहृदयी अग्रज मित्र गुमाएको छु ।’
शोक सन्देशमा भट्टराईले आफ्नो प्रधानमन्त्रीकालमा भारतसँग भएको बिप्पा सम्झौतासँग तत्कालीन प्रधानमन्त्री सिंहसँगको निजी सम्बन्धको भूमिका बारे उल्लेख गरेका छन् । ‘नेपालको प्रधानमन्त्रीको रूपमा मैले सन् २०११ अक्टोबर २०–२३ मा गरेको भारतको औपचारिक भ्रमणको क्रममा उहाँसँगको गम्भीर वार्तापछि भएका बिप्पा सम्झौता, ईपीपी बारे सहमति, प्राविधिक कारणले पछि नेपालमै हस्ताक्षर भएको दोहोरो कर मुक्तिको सम्झौता डीटीएए आदि नेपाल(भारत सम्बन्धका महत्वपूर्ण कोसेढुंगाको रूपमा रहिरहनेछन्’, उनले भनेका छन् ।
भट्टराईले सिंहसँग जोडिएको सार्कका प्रसंगहरू पनि उल्लेख गरेका छन् । ‘उहाँसँग जहिले भेट्दा पनि शान्त र गम्भीर मुद्रामा विश्व र नेपाल-भारत द्विपक्षीय आर्थिक विकास र साझेदारीका विषयमा गहन विमर्श हुने गरेको म कहिल्यै बिर्सन सक्दिनँ’ उनले भनेका छन्, ‘विशेषतः १७औं सार्क सम्मेलनमा सन् २०११ नोभेम्बर १०–११ मा माल्दिभ्समा भेट हुँदा दक्षिण एशियाली देशहरूबीच बहुपक्षीय कनेक्टिभिटी बढाउने र अन्ततस् खुला बजारक्षेत्र बनाउनेबारे उहाँ र पाकिस्तानी प्रधानमन्त्री युसुफ गिलानीसँग भएको कुरा सम्झना हुन्छ।’
भट्टराईले ठट्टैठट्टामा दुवै जनाको अगाडि भारत र पाकिस्तानको सम्बन्ध कस्तो रहन्छ भन्ने कुराले नै सार्कको भविष्य तय गर्ने बताएको पनि स्मरण गरेका छन् । ‘‘ तपाईंहरूले राम्रो बनाउन मिहिनेत गर्नोस् सार्कका बाँकी हामी सबैले सघाउँछौं भनेको तर सार्क अहिले मृतप्रायः भएको देख्दा पीडाबोध हुन्छ’, उनले भनेका छन् ।
डा. मनमोहन सिंह र बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिनासँग सन् २०१२ अगस्त ३०–३१ मा इरानको राजधानी तेहरानमा भएको असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनको क्रममा भेट हुँदा नेपालको जलविद्युत् भारत हुँदै बंगलादेश निर्यात गर्ने बारे गम्भीर कुराकानी भएको र उनीहरू दुवै सकारात्मक रहेको विशेष सम्झना पनि भट्टराईले गरेका छन् ।
‘पछिल्लो पटक केही वर्ष पहिले दिल्लीमा भेट हुँदा हामी दुवै सत्ता बाहिर थियौं, अन्तरंग कुराकानी भयो’ भट्टराईले लेखेका छन्, ‘कुरैकुरामा थाहा लाग्यो मेरा जेएनयूका गुरुहरू प्रो. जीएस भल्ल, प्रो.जीके चाद्धा उहाँका निकट मित्रहरू हुनुहुँदोरहेछ र उहाँहरूबाटै उहाँले मबारे सबै जानकारी पहिल्यै पाइसक्नुभएको रहेछ’ भट्टराईले भनेका छन्, ‘निजी सम्बन्धले पनि दुईदेशीय सम्बन्धमा कस्तो असर पार्दोरहेछ भन्ने नजिकबाट अनुभूति भयो।’
भट्टराईले सिंहलाई असल र महान् व्यक्तित्वका रूपमा स्मरण गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: