Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

कृषि विकास बैंकका कर्मचारीको लापरवाहीः ऋणको ब्याज बुझाउँदै आएका रामचन्द्रको घरजग्गा लिलाम

खबरडबली संवाददाता

जनकपुरधाम । सिरहाको लहानस्थित कृषि विकास बैंकको चरम लापरबाही बाहिरिएको छ । ऋणको ब्याज मासिक रूपमा बुझाउँदै आएका एक सेवाग्राहीको घरजग्गा बैंकले लिलाम गरेको रहस्य खुलेको हो ।

बैंकबाट लहान नगरपालिका २२ सिसवनी घर भई सोही पालिकाको वडा २ मा बस्दै आएका रामचन्द्र यादवले ०७७ फाल्गुन १५ मा ३० लाख रुपैयाँ ऋण लिएका थिए । ऋण लिएबापत धरौटीको रूपमा बैंकले उनको नाममा रहेको लहानकै कित्ता नम्बर ४६९ को ७.२५ धुर जग्गा र उक्त जग्गामा बनेको १२ कोठे दुई तल्ले घर मालपोत कार्यालयबाट रोक्का गराएको थियो ।

ऋणको ब्याज उनले बैंकमा मासिक रूपमा बैंकमा बुझाउँदै आएका छन् । हालसम्म उनले १९ लाख ९२ हजार ७७३ रुपैयाँ ०९ पैसा ब्याज बैंकलाई बुझाएका हुन् । तर उनलाई जानकारी नै नगराई बैंकले उनको घरजग्गा गुपचुप रूपमा लिलाम गरेको पाइएको छ ।

उक्त जग्गा पूर्वपश्चिम राजमार्गसँग जोडिएको छ । जग्गाको १ करोड ४५ लाख र घरको ५० लाख गरी १ करोड ९५ लाख रुपैयाँ घरजग्गाको अहिलेको चलनचल्ती मूल्य रहेको उनको दाबी छ । तर बैंकले उक्त घरजग्गा मात्र ३५ लाख रुपैयाँमा डाक लिलाम गरेको हो ।

बैंक स्रोतका अनुसार रामचन्द्रको घरजग्गा सुनसरीको भोकराहा ३ की ४६ वर्षीया तारा कुमारी रौनियारले डाक लिलाम थामेकी हुन् । रौनियारको नाममा घरजग्गा रजिस्ट्रेसन पास गर्दा बैंकले आवश्यक प्रक्रिया समेत पुरा नगरेको देखिएको छ ।

पीडित ऋणी रामचन्द्र भन्छन्, ‘म मासिक रूपमा बैंकमा किस्ता बुझाउँदै आए । तर मलाई समेत जानकारी नदिई झण्डै २ करोडको मेरो घरजग्गा बैंकले कौडीको भाउमा लिलाम गरेको छ । ममाथि ठूलो अन्याय गर्‍यो ।’ घरजग्गा लिलाम गरिसकेको अवस्थामा समेत बैंकले ऋण रकमको ब्याज बुझेको उनको दाबी छ ।

घरजग्गा कौडीको दरमा लिलाम गरी बैंकले आफूलाई सडकमा ल्याउने र आत्महत्या गर्न बाध्य बनाउन खोजेको पीडित ऋणी रामचन्द्रको गुनासो छ । आफूमाथि अन्यायमा परेको भन्दै उनले न्यायका लागि पुस १० मा विज्ञप्ति जारी गरेका थिए ।

उनले भनेका छन्, ‘ऋणको ब्याज बुझाएकै छु । यद्यपि बैंकले लिलाम गरेको मूल्य अहिले पनि म तिर्न तयार छु । तर मेरो घरजग्गा फिर्ता गरिदियोस् । यदि फिर्ता नगरेमा मेरो घरपरिवारमा हुने नोक्सानीको सम्पूर्ण जिम्मेवारी बैंकले लिनुपर्छ ।’ उनले बैंकमै पुगेर डाक लिलाम गरेको घरजग्गा फिर्ता नगरे आत्महत्या गर्ने चेतावनी समेत दिएका थिए । तर बैंकले बेवास्ता गरेपछि बिहीबार उनले परिवार र आफन्तको सहयोगमा बैंकमा तालाबन्दी गरे । जसका कारण बिहीबार दिनभर बैंक ठप्प रह्यो ।

बैंकमा पीडित ऋणीको परिवारले तालाबन्दी गरेपछि बिहीबार साँझ उद्योग वाणिज्य संघ लहानका प्रतिनिधिको उपस्थितिमा दुई पक्षबीच वार्ता भयो । उक्त वार्तामा बैंकले डाक लिलाम थामेकी रौनियारको जग्गा तत्कालै रोक्का गरी ऋणी रामचन्द्रको नाममा ल्याउने प्रक्रिया अगाडि बढाउने सहमति भएको उद्योग वाणिज्य संघ लहानका अध्यक्ष विकास शारडाले जानकारी दिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending