Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

शिक्षक सरुवाको बहानामा आक्रमण गराउने प्रबृत्ति बढ्दो

खबरडबली संवाददाता

रौतहट  । शिक्षक सरुवाको बहानामा विद्यार्थी उचालेर पालिका माथी आक्रमण गराउने प्रबृत्ति रौतहटमा बढ्दै गएको छ। आक्रमण गराउने योजनाकार माथी ठोस कार्वाही नहुँदा यस्तो प्रबृत्ति बढेको हो।

केही समय भित्रै शिक्षक सरुवाको बिषय लिएर जिल्लामा ३ वटा नगरपालिका माथी भएको आक्रमणबाट १ करोड भन्दा बढीको सरकारी सम्पतिको नोक्सानी भएको छ। शिक्षक सरुवाकै बिषय लिएर बिहीवार रौतहटको गरुडा नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्।

नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले  नगरपालिका भवनमा तोडफोड गरेका छन्। विद्यार्थीहरुले नगरपालिका अगाडी राखिएको मेयर चढ्ने गाडी संगै १ दर्जन बढी गाडीमा क्षती पुर्याएका छन्। नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षक शिवशंकर झालाई माबी झाँझपुलमा सरुवा गरेको भन्दै आक्रोशित विद्यार्थीहरूले शिक्षक झाको सरुवा रोक्नुपर्ने माग राख्दै बिहीवार नगरपालिका अगाडि बिरोध प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू उग्र भएर ढुंगामुढा प्रहार सुरु गरेका थिए।  ढुंगामुढा बाट नगरपालिका भवनको अधिकांश झ्यालको सिसा फुटेका छन् भने दुईवटा गाडी र दर्जनौं मोटरसाईकलमा क्षति पुगेको छ।

कार्यालय अगाडि पार्किंग गरी राखेको मेयर कन्थमनी प्रसाद जयसवाल चढ्ने ना १ झ १६७३ नम्बरको सरकारी गाडी र एकजना सेवाग्राहीको भारतीय नम्बर प्लेटको स्कारपियो गाडीमा  क्षति पुगेको छ। सरकारी गाडीको सबै सिसा फुटेको छ भने  गाडीको अन्य भागमा समेत क्षति पुगेको छ। त्यस्तै नगरपालिकामा काम गराउन आएका सेवाग्राहीहरुको १ दर्जन बढी मोटरसाईकलमा विद्यार्थीहरूले तोडफोड गरी व्यापक क्षति पुर्याएका छन्।  ढुंगा प्रहारबाट एकजना नगर प्रहरी  हवल्दार रामनारायण साह घाईते भएको र हाल उनको वीरगन्जमा उपचार भइरहेको जनाईएको छ।

ढुंगामुढाबाट कार्यालय र सवारी साधन गरी १० लाख भन्दा बढीको क्षती भएको गरुडाका मेयर कन्थमणि प्रसाद जयसवालले बताएका छन्। नमुना माबी गरुडाका प्रधानाध्यापक प्रभु राउत पटेल र सरुवा भएका शिक्षक शिवशंकर झाले विद्यार्थीलाई उचालेर यत्रो ठूलो क्षती गराएको मेयर जयसवालले आरोप लगाएका छन्  । प्रधानाध्यापक पटेल र क्षिक्षक झाले आरोप निराधार भएको भन्दै खण्डन गरेका छन्। रौतहटमा शिक्षकको सरुवा गर्दा  सरुवा भएको विद्यालयमा मा जानुको सट्टा शिक्षकहरुले विद्यार्थीलाई उचालेर पालिका माथि तोडफोड गराउने  प्रवृत्ति बढेको  छ।

शिक्षक सरुवा कै विषय  लिएर यस अघी रौतहटको देवाही गोनाहि, कटहरिया नगरपालिकामा पनि विद्यार्थीहरूले तोडफोड गरेका थिए।  विद्यार्थीको आक्रमणबाट देवाही गोनाही नगरपालिकामा ७० लाख भन्दा बढीको क्षती भएको मेयर प्रेमलाल साहले सार्वजनिक गरेका थिए। उक्त घटनामा संलग्न ९ जना माथी ईलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको थियो। त्यस अघि शिक्षक सरुवाकै बिषय लियर कटहरिया नगरपालिका माथी विधार्थी द्वारा भएको आक्रमण बाट ३० लाख भन्दा बढीको क्षती भएको तत्कालीन मेयर सियाराम कुशवाहाले सार्वजनिक गरेका थिए। 

रौतहटका सिडियो हिरालाल रेग्मीले यस्तो घटना हुनु दुःखद भएको बताउँदै जनप्रतिनिधि, शिक्षक सबै बसेर असहमतिको बीच पनि सहमती गरेर आगाडी बढेमा त्यस्ता घटना पुनः न दोहोरिने सुझाव दिएका छन्। लोकतन्त्रमा सबैको अधिकारको सम्मान हुनुपर्छ तर सम्मानको नाउँमा षडयन्त्र गरेर पालिका माथी आक्रमण गराई सम्पतिको क्षती गराउने कुतत्व लाई कानूनी कारवाहीको दायरामा ल्याउने सिडियो रेग्मीले चेतावनी दिएका छन्।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending