Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

दक्षिण कोरियाको विपक्षीद्वारा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

खबरडबली संवाददाता

सियोल । दक्षिण कोरियाको विपक्षीले बिहीबार कार्यवाहक राष्ट्रपति हान डक–सू विरुद्ध महाभियोग प्रस्ताव दायर गरेको छ ।

राष्ट्रपति हानले आफ्नो पूर्ववर्तीलाई पदबाट हटाउने प्रक्रिया पूरा गर्न संवैधानिक अदालतका न्यायाधीशहरू नियुक्त गर्न अस्वीकार गर्नुभएपछि विपक्षीले महाअभियोग प्रस्ताव दर्ता गरेको हो ।

हाल निलम्बित राष्ट्रपति युन सुक योलले डिसेम्बर ३ मा सैनिक कानुन घोषणा गरेपछि दक्षिण कोरिया राजनीतिक सङ्कटमा परेको छ ।

यस कार्यलाई लिएर डिसेम्बर १४ मा संसद्ले युनको अधिकार खोसेको थियो तर महाभियोग प्रक्रिया पूरा गर्न सांसदहरूको निर्णयलाई समर्थन गर्ने संवैधानिक अदालतको फैसला आवश्यक छ ।

तर कार्यवाहक राष्ट्रपति हानले संवैधानिक अदालतको नौ सदस्यीय बेन्च भर्नका लागि तीनजना मनोनीत न्यायाधीशको नियुक्तिलाई अनुमोदन गर्न अस्वीकार गरेर अनिवार्य रूपमा युनलाई हटाउने प्रक्रियालाई रोके। त्यसैले विपक्षी डेमोक्रेटिक पार्टीले अब हानलाई पनि महाअभियोग लगाउन खोजिरहेको छ ।

“हामीले प्रस्ताव पेस गरेका छौँ।।। र यसलाई आज पूर्ण अधिवेशनमा रिपोर्ट गर्नेछौँ”, सांसद पार्क सुङ–जुनले हानविरुद्धको कारबाहीबारे राष्ट्रिय सभामा पत्रकारहरूलाई भने, “हामी यसलाई भोलि मतदानमा राख्नेछौँ ।”

“हानले तीन न्यायाधीशको औपचारिक नियुक्ति गर्न अस्वीकार गर्नुले उहाँमा संविधान कायम राख्ने इच्छा वा योग्यता छैन भन्ने प्रमाणित गर्छ”, डेमोक्रेटिक पार्टीका फ्लोर लिडर पार्क चान–डाएले पत्रकारहरूलाई भने ।

यदि अदालतले थप तीन न्यायाधीश बिना नै महाअभियोग प्रक्रिया अगाडि बढाउने हो भने हालका सबै छ न्यायाधीश युनलाई पदबाट हटाउन सर्वसम्मतिले सहमत हुनुपर्नेछ । एक मात्र असहमति मतले युनलाई पुनःबहाली गर्नेछ ।

हानले उनको सत्तारूढ पिपुल पावर पार्टी र विपक्षीले मनोनयनमा सम्झौता गरेमा मात्र न्यायाधीशहरूको नियुक्तिलाई प्रमाणित गर्ने बताएको छन ।

“हाम्रो संविधान र कानुनमा अन्तर्निहित सुसङ्गत सिद्धान्त भनेको संवैधानिक संस्थाहरूको नियुक्ति लगायत महत्त्वपूर्ण विशेष राष्ट्रपतिको अधिकारको प्रयोग गर्नबाट टाढा रहनु हो”, ७५ वर्षीय क्यारियर ब्युरोक्रेट हानले तर्क गरे, “जनताको प्रतिनिधित्व गर्ने राष्ट्रिय सभामा सत्तारूढ र विपक्षी दलहरूबिच पहिले सहमति हुनुपर्छ ।”

यदि विपक्षीले शुक्रबारको मतदानमा हान विरुद्धको महाभियोग प्रस्ताव पारित गर्यो भने यो लोकतान्त्रिक दक्षिण कोरियाले कुनै कार्यवाहक राष्ट्रपतिमाथि महाअभियोग लगाएको पहिलो पटक हुनेछ ।

त्यस्तो अवस्थामा हानको स्थानमा अर्थमन्त्री चोई साङ–मोकले कार्यवाहक राष्ट्रपतिको कार्यभार सम्हाल्नुनेछन ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारको भुक्तानीमा तीव्रता, एकै दिन १७ अर्ब रुपैयाँभन्दा बढी निकासा

काठमाडौं । चालु आर्थिक वर्ष समाप्त हुन केही दिन बाँकी रहँदा सरकारले भुक्तानीको गति तीव्र बनाएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार बुध...

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक - प्रधानमन्त्री शाह

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, प्रवर्द्धन, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निर्माण व...

सभामुखको भूमिकामाथि नेकपाको प्रश्न, प्रधानमन्त्रीको जवाफ नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी

काठमाडौं । प्रतिपक्षी दलहरूको विरोध गर्ने शैलीबारे सभामुखले दिएको सुझावप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रश्न उठाएको छ। प्रधानमन्त्री बाल...

प्रतिनिधि सभा नियमावलीका प्रावधानविरुद्ध कांग्रेसद्वारा सर्वोच्चमा रिट

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभा संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बा...

१७ जेठको घटनामा संसदीय मर्यादा उल्लंघन भएको समितिको ठहर, अधिकार प्रयोग गर्न सभामुखलाई सुझाव

काठमाडौं । प्रतिनिधिसभाको १७ जेठमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले संसदीय मर्यादा उल्लंघन भएको निष्कर्ष निकाल्दै सभामुखलाई प्राप्त विशेषाधिकार ...

पहिरो र सडक भासिँदा मेची राजमार्ग अवरुद्ध

इलाम। लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्ष...

सुकुमवासीलाई दिइएको पाँचदिने अल्टिमेटम फिर्ता लिन कांग्रेसको माग

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीलाई पाँच दिनभित्र स्थान खाली गर्न दिइ...

राजस्व अनुसन्धान विभागका अधिकार पुन: बाँडफाँट, ४ वटा ऐन र एउटा नियमावली खारेज गर्दै सरकार

काठमाडौं । सरकारले पुराना तथा हालको संरचनासँग मेल नखाने चारवटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले...

कार्बन व्यापारबाट एक अर्ब १० करोड, उखु अनुदान भुक्तानी

काठमाडौँ। कृषि तथा वन मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ।...

विरोधको शैली परिवर्तन गर्न सभामुखको आग्रह, विपक्षी असहमत

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा निरन्तर भइरहेको विरोधको शैली परिवर्तन गर्न विपक्षी दलहरूलाई आग्रह गरेका छन्। तर विपक्षी दलहरूले सभा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending