Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

नर्भिक अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि उपचार सुरु

खबरडबली संवाददाता

काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा टाउकोमा पानी जम्ने समस्याको शन्ट शल्यक्रिया गरेकाहरुका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु भएको छ ।

अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्राडा राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

डा। झाका अनुसार टाउकोमा पानी जम्ने समस्या भएकाहरुलाई शन्ट शल्यक्रियामार्फत् पातलो पाइप टाउको पछाडिबाट छालामुनि हुँदै पेटमा लगेर पानी सोसाउने गरिन्छ । कहिलेकाही जति पानी निस्कनुपर्ने हो निस्कँदैन या पानी बढ्दै जाने हुन्छ ।

यस्ता बिरामीहरुलाई पुनः शल्यक्रिया गर्नुको साटो छाला बाहिरबाटै टाउकोको पानीलाई नियन्त्रण गर्ने (बढी गर्ने या कम गर्ने) ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट नर्भिकमा उपचार सुरु भएको डा। झाले जानकारी दिनुभयो ।

डा। झा भन्छन,  ‘‘अहिलेसम्म यो समस्याको उपचारका लागि बिरामीहरु विदेश जानुपर्ने बाध्यता थियो । टाउकोको पानी बग्ने समस्यामा पटक–पटक पाइप फेर्ने झन्झटबाट मुक्तिका लागि प्रोगामेबल शन्ट सिस्टम सुरु गरेका छौँ ।’’

यो विधिअनुसार उपचार गर्दा पुनः शल्यक्रिया गर्नुपर्ने र शन्ट सर्जरीका क्रममा राखिएका पाइपलाई पनि फेर्नु नपर्ने उनले जानकारी दिए।

के कारणले जम्छ टाउकोमा पानी ?

टाउकोमा पानी जम्ने समस्यालाई हाइड्रोसेफालस भनिन्छ । जन्मजात मष्तिष्कको समस्या अर्थात् कन्जनाइटल हाइड्रोसेफालस, टाउकोमा मेनिन्जाइटिस इन्सेफलाइटिसजस्ता सङ्क्रमण, टाउकोमा चोटपटक लागेर (पोस्ट ट्रमाटिक हाइड्रोसेफालस), ब्रेन हेमरेज तथा ब्रेन ट्युमरजस्ता प्रमुख पाँच कारणले टाउकोमा पानी जम्न सक्ने डा। झा बताउनुहुन्छ ।

ट्युमरका कारण पानी जमेको छ भने ट्युमर निकालिसकेपछि पानी आफैं बग्छ भने सङ्क्रमण भएको, ब्रेन हेमरेज भएको र जन्मजात मष्तिष्कको समस्या भएको अवस्थामा भने पानी तर्काउनुपर्छ, जसलाई सीएसएफ (सेरेब्रो स्पाइनल फ्लुड) डाइभर्जन सर्जरी भनिन्छ । यस्तो सर्जरीमध्ये एउटाको भीपी शन्ट (भेन्ट्रीकुलोपेरिटोनियल शन्ट)हो, जसमा पाइप टाउकोबाट लगेर पेटमा राखिन्छ । अर्को इन्डोस्कोपिक सर्जरी हो ।

टाउकोमा पानी जम्ने लक्षण के हुन् ?

डा।झाका अनुसार जन्मजात मष्तिष्कको समस्या अर्थात् कन्जनाइटल हाइड्रोसेफालस भएकाहरुमा बच्चा जन्मिएपछि टाउकोको आकार ठुलो हुँदै जाने, तालु कडा हुने ९सामान्य शिशुमा तालु नरम हुन्छ०, बढी रुने, खान गाह्रो मान्ने, बान्ता हुने जस्ता समस्या देखिन्छन् । लामो समय पानी जम्दै गयो भने मष्तिष्कभित्रको दबाबका कारण बच्चा नबोल्ने, आँखा देख्न कम हुने र अन्त्यमा दृष्टिविहीनसम्म हुने हुन्छ ।

यदि शिशुहरुको टाउको असामान्य रुपमा ठुलो छ, अरु शिशुजस्तो हाँस्ने तथा दूध पिउने गर्दैनन् या बढी रुने गर्छन् भने टाउकोमा पानी जमेको लक्षण हुन सक्छन्, बेलैमा ध्यान दिन डा। झाको सुझाव छ ।

वयस्कमा टाउको दुख्ने, बान्ता हुने, आँखा तिरिमिरी हुने, हिँड्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् । त्यस्तै वृद्धवृद्धामा पिसाब नियन्त्रण गर्न नसक्ने, स्मरणशक्ति ह्रास भएर जाने, हिँडडुल गर्न नसक्ने जस्त समस्या देखिने गर्छनन् । डा।झाका अनुसार सीटी स्क्यान, एमआरआइ तथा अल्ट्रासाउन्डमार्फत् टाउकोमा पानी जमे–नजमेको पहिचान गर्न सकिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...

जगदीश खरेलले गरे ललितपुर-२ बाट उम्मेदवारी दर्ता

काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...

एमालेलाई नजिस्क्याउन झापाबाट ओलीको चेतावनी

झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् ।  मनोनयन दर्ताका क्रममा रास्वपा र ...

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...

भक्तपुर–२ मा दीपशिखाको उम्मेदवारी दर्ता (फोटोफिचर)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending