काठमाडौं । नर्भिक इन्टरनेशनल अस्पतालमा टाउकोमा पानी जम्ने समस्याको शन्ट शल्यक्रिया गरेकाहरुका लागि ‘प्रोगामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु भएको छ ।
अस्पतालका सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्राडा राजीव झा नेतृत्वको टोलीले हालै यो शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
डा। झाका अनुसार टाउकोमा पानी जम्ने समस्या भएकाहरुलाई शन्ट शल्यक्रियामार्फत् पातलो पाइप टाउको पछाडिबाट छालामुनि हुँदै पेटमा लगेर पानी सोसाउने गरिन्छ । कहिलेकाही जति पानी निस्कनुपर्ने हो निस्कँदैन या पानी बढ्दै जाने हुन्छ ।
यस्ता बिरामीहरुलाई पुनः शल्यक्रिया गर्नुको साटो छाला बाहिरबाटै टाउकोको पानीलाई नियन्त्रण गर्ने (बढी गर्ने या कम गर्ने) ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट नर्भिकमा उपचार सुरु भएको डा। झाले जानकारी दिनुभयो ।
डा। झा भन्छन, ‘‘अहिलेसम्म यो समस्याको उपचारका लागि बिरामीहरु विदेश जानुपर्ने बाध्यता थियो । टाउकोको पानी बग्ने समस्यामा पटक–पटक पाइप फेर्ने झन्झटबाट मुक्तिका लागि प्रोगामेबल शन्ट सिस्टम सुरु गरेका छौँ ।’’
यो विधिअनुसार उपचार गर्दा पुनः शल्यक्रिया गर्नुपर्ने र शन्ट सर्जरीका क्रममा राखिएका पाइपलाई पनि फेर्नु नपर्ने उनले जानकारी दिए।
के कारणले जम्छ टाउकोमा पानी ?
टाउकोमा पानी जम्ने समस्यालाई हाइड्रोसेफालस भनिन्छ । जन्मजात मष्तिष्कको समस्या अर्थात् कन्जनाइटल हाइड्रोसेफालस, टाउकोमा मेनिन्जाइटिस इन्सेफलाइटिसजस्ता सङ्क्रमण, टाउकोमा चोटपटक लागेर (पोस्ट ट्रमाटिक हाइड्रोसेफालस), ब्रेन हेमरेज तथा ब्रेन ट्युमरजस्ता प्रमुख पाँच कारणले टाउकोमा पानी जम्न सक्ने डा। झा बताउनुहुन्छ ।
ट्युमरका कारण पानी जमेको छ भने ट्युमर निकालिसकेपछि पानी आफैं बग्छ भने सङ्क्रमण भएको, ब्रेन हेमरेज भएको र जन्मजात मष्तिष्कको समस्या भएको अवस्थामा भने पानी तर्काउनुपर्छ, जसलाई सीएसएफ (सेरेब्रो स्पाइनल फ्लुड) डाइभर्जन सर्जरी भनिन्छ । यस्तो सर्जरीमध्ये एउटाको भीपी शन्ट (भेन्ट्रीकुलोपेरिटोनियल शन्ट)हो, जसमा पाइप टाउकोबाट लगेर पेटमा राखिन्छ । अर्को इन्डोस्कोपिक सर्जरी हो ।
टाउकोमा पानी जम्ने लक्षण के हुन् ?
डा।झाका अनुसार जन्मजात मष्तिष्कको समस्या अर्थात् कन्जनाइटल हाइड्रोसेफालस भएकाहरुमा बच्चा जन्मिएपछि टाउकोको आकार ठुलो हुँदै जाने, तालु कडा हुने ९सामान्य शिशुमा तालु नरम हुन्छ०, बढी रुने, खान गाह्रो मान्ने, बान्ता हुने जस्ता समस्या देखिन्छन् । लामो समय पानी जम्दै गयो भने मष्तिष्कभित्रको दबाबका कारण बच्चा नबोल्ने, आँखा देख्न कम हुने र अन्त्यमा दृष्टिविहीनसम्म हुने हुन्छ ।
यदि शिशुहरुको टाउको असामान्य रुपमा ठुलो छ, अरु शिशुजस्तो हाँस्ने तथा दूध पिउने गर्दैनन् या बढी रुने गर्छन् भने टाउकोमा पानी जमेको लक्षण हुन सक्छन्, बेलैमा ध्यान दिन डा। झाको सुझाव छ ।
वयस्कमा टाउको दुख्ने, बान्ता हुने, आँखा तिरिमिरी हुने, हिँड्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन् । त्यस्तै वृद्धवृद्धामा पिसाब नियन्त्रण गर्न नसक्ने, स्मरणशक्ति ह्रास भएर जाने, हिँडडुल गर्न नसक्ने जस्त समस्या देखिने गर्छनन् । डा।झाका अनुसार सीटी स्क्यान, एमआरआइ तथा अल्ट्रासाउन्डमार्फत् टाउकोमा पानी जमे–नजमेको पहिचान गर्न सकिन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३१ गते, २०८३ - १२:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा गरेको नि:शुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणमा २ हजार ७७९ महिलाको एचपीभी डीएन...
आषाढ़ ३१ गते, २०८३ - १२:१५
काठमाडौं । करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने सरकारको निर्णयविरुद्ध प्रभावित कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। मंगलबार अ...
आषाढ़ ३१ गते, २०८३ - ११:५८
तेहरान। इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आइआरजिसी) ले अमेरिकाले आफ्नो ‘आक्रमणकारी गतिविधि’ अन्त्य नगरेसम्म विश्वकै प्रमुख ऊर्जा पारवहन मार्गमध्ये ए...
आषाढ़ ३१ गते, २०८३ - ११:४६
काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारबाट आफ्ना चार मन्त्रीको सामूहिक राजीनामापछि तत्काल नयाँ मन्त्रीहरूको नाम नपठाउने निर्णय गरेको छ। क...
आषाढ़ ३१ गते, २०८३ - ११:३३
काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले खाना पकाउने एलपी ग्यासको आपूर्ति, गुणस्तर, सुरक्षा र अन...
आषाढ़ ३१ गते, २०८३ - ११:१२
रौतहट । रौतहटको गरुडा नगरपालिका–९, गम्हरियामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गम्हरियाक...
आषाढ़ ३१ गते, २०८३ - १०:४२
काठमाडौं। सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि मोटरसाइकल पार्किङ गरी प्रदर्शनमा उत्रिएका नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा का...
आषाढ़ ३१ गते, २०८३ - १०:३४
नेपालगन्ज। बाँकेको जमुनाहा नाकाबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको पाँच लाख भारतीय रुपियाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म ज...
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...



प्रतिकृया लेख्नुहोस्: