Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

किन असन्तुष्ट भए नेताहरुकाे कार्य विभाजनप्रति झलनाथ ?

‘स्थायी कमिटीले के निर्णय गर्यो मलाई थाहा छैन

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय नेताहरूको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालले असन्तुष्टि जनाएका छन् ।  खनालले आफ्नो सचिवालय समुहमा नेता कार्यकर्तासामु कार्य विभाजनलाई लिएर असन्तुष्टि व्यक्त गरेका हुन् । 

एक पोलिटब्युरो सदस्यका अनुसार खनालले उक्त समुहमा कार्यविभाजन हेर्दा आफूलाई पनि कयौँ विषयमा चित्त नबुझेको बताएका छन् । 

‘म विगत १५ दिन देखि डाक्टरको सल्लाहमा आराम गर्दै बसेको छु । यो मेरो विगतको उपचार शृङ्खलाकै एउटा अङ्ग हो । त्यसले गर्दा म यसपटक पार्टीको स्थायी कमिटीको बैठकमा उपस्थित हुन पाइनँ’, खनालले लेखेका छन्, ‘६ महिनापछि बैठक गर्दा पनि पार्टीले त्यही बेलामा बैठक पारिदियो । त्यो बैठकमा के के एजेन्डा प्रस्तुत भए ? के के विषयमा कस्तो छलफल भयो र के निष्कर्ष निकालियो ? मलाई थाहा छैन ।’

खनालले धेरै नेता कार्यकर्ताहरूले कार्यविभाजनका बारेमा चर्को असन्तुष्टि रहेको आफूलाई गुनासो गरेको भन्दै स्थायी कमिटीको निर्णयबारे आफूलाई विस्तृत जानकारी भइनसकेको बताएका छन् । 

‘यस बीचमा कार्य विभाजन भएछ । त्यस बारेमा पनि धेरै असन्तुष्टि आइरहेको छ’, खनालले पार्टीको दशौँ राष्ट्रिय महाअधिवेशन पछि गर्नुपर्ने कामहरूका बारेमा प्रस्तावहरू पठाएको स्मरण गराएका छन् । 

‘स्थायी कमिटीले के निर्णय गर्यो मलाई थाहा छैन । पार्टीले महाधिवेशनबाट क्रान्तिको लक्ष्यका रूपमा समाजवादी कार्यक्रम त्यसलाई प्राप्त गर्ने कार्यदिशा, नीति र सिद्धान्तहरू पास गरेको छ’, खनालले भनेका छन्,‘अब ती कुरालाई व्यवहारमा उतार्ने ठोस कार्ययोजना लिएर पार्टी निर्माण, जनआधार निर्माण र जनसंघर्ष निर्माणको दिशामा सिङ्गो पार्टीलाई हाँक्नुपर्ने आवश्यकता छ ।’

उनले केन्द्रीय कमिटी सदस्यहरूको योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिँदै सिङ्गो पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

‘स्थायी कमिटीले गर्नुपर्ने त्यहीँ हो । तर के भएको वा गरिएको छ । मैले बुझ्न पाएको छैन । बुझेर मात्र धेरै कुरा भन्न उपयुक्त हुनेछ । कार्य विभाजन हेरेँ मलाई पनि कयौँ कुरा चित्त बुझेन । अब अपानी हेर्छु । अनि आफ्नो कुरा भनौला’, खनालको भनाइ छ । 

खनालको सचिवालय समुहमा अध्यक्ष माधव नेपालदेखि अधिकांश सचिवालय सदस्य, पोलिटब्युरो र केन्द्रीय सदस्य जोडिएका छन् । स्थायी कमिटीको बैठकपछि गत शुक्रबार अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटीका सबै नेताहरूको कार्यविभाजन गरेका थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending