नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा अवस्थित देशकै ठूलो कारागारले कैदीबन्दीको दिसाजन्य लेदोबाट बायोग्यास उत्पादन गर्ने तयारी गरेको छ । खानेपानी मन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यो योजना अघि बढाउने निर्णय गरेको हो।
बैठकले कारागारले बायोग्यास आफ्नै प्रयोगका लागि उपयोग गर्ने र सोको सञ्चालन तथा व्यवस्थापनको जिम्मा विदुर नगरपालिकालाई दिने निर्णय गरेको छ। कारागार परिसरमा फोहोर व्यवस्थापनको अभावले दुर्गन्ध फैलिनुका साथै स्वास्थ्यजन्य जोखिम बढेपछि यो योजना अघि सारिएको हो।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठका अनुसार, बायोग्यास सहितको ढल प्रशोधन प्रणाली निर्माण गर्न कारागार परिसरमा ३० रोपनी जग्गा छुट्याइएको छ। हालसम्म ७ सयभन्दा बढी कैदीबन्दी स्थानान्तरण भइसकेको यो कारागार ७ हजारभन्दा बढी कैदी राख्न सक्ने गरी निर्माणाधीन छ।
कारागारको गुरुयोजनाअनुसार पाँचौं चरणमा मात्रै बायोग्यास प्लान्ट निर्माण गर्ने योजना भए पनि तत्कालको समस्या समाधान गर्न यो परियोजना छिटो अघि बढाइने भएको छ।
बैठकमा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायत विभिन्न पक्षको उपस्थिति रहेको थियो।
यस योजनाले वातावरणीय प्रदूषण र दुर्गन्ध कम गर्दै कारागारलाई थप व्यवस्थित बनाउने विश्वास गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: