धनगढी। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले यो सरकारलाई असफल हुने छुट नरहेको र कुनै पनि हालतमा सरकार चल्नुपर्ने बताएको छन । नेपाल प्रेस युनियन कैलालीले आज विहान धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएको हो ।
राजनीतिक स्थायित्वका लागि दुई ठुला दल मिलेर सरकार बनेको उल्लेख गर्नुहुँदै उनले थपे, “सरकार असफल भयो भने देशमा अराजकता निम्तिन्छ । कुनै पनि हालतमा यो सरकार चल्नु पर्दछ ।”
जे म्यान्डेट लिएर यो सरकार गठन भएको हो, त्यो जसरी भए पनि पूरा गर्नै पर्ने कोइरालाको जिकिर छ । उनले संविधान सुधारतर्फ सरकारले ध्यान दिन नसकिरहेको बताए।
“यो सरकार गठनको मूलभूत एजेण्डा संविधान संशोधन गर्ने थियो”, नेता कोइरालाले थपे, “तर संविधान सुधारतर्फ सरकारको ध्यान गएको देखिदैन । नेपाली कांग्रेस र नेकपा ९एमाले० ले मात्र चाहेर संविधान संशोधन हुँदैन । यसका लागि अन्य दलहरुसँग छलफल गर्नु पर्दछ । त्यस्तो छलफल भएको देखिदैन ।”
उनले मुलुकमा राजनीतिक, आर्थिक, साँस्कृतिक अवस्था एकदम नाजुक रहेको भन्दै त्यसलाई नेपाली कांग्रेस र नेकपा (एमाले) सुधार गर्नुपर्ने बताए। नेता कोइरालाले आगामी वर्ष हुने नेपाली कांग्रेसको १५ औं महाधिवेशनका लागि पार्टी कार्यकर्ता जुर्मुराउन थालेको उल्लेख गरे।पत्रकारले सोधेको जिज्ञासाको जवाफमा उनले सभापतिको उम्मेदवार बन्नका लागि विधानमा नै सबै कुरा स्पष्ट लेखिएकाले विधानको दायराभित्र पर्ने जो पनि पार्टीको सभापतिका उम्मेदबार बन्न सक्ने बताए।
यसैगरी, एक छुट्टै प्रसङ्गमा नेता कोइरालाले कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय छिटै सञ्चालनका लागि आफूले सक्दो पहल गर्ने उल्लेख गरे। “मेडिकल कलेज चलाउँदा सुरुमा केही अप्ठयारा आउँछन । किनभने, म पनि एउटा मेडिकल कलेज चलाएको मान्छे हो” उनले भन्नुभयो, “म यहाँ केही अप्ठ्यारा देख्दिन । यसलाई तत्कालै सञ्चालन गर्न सकिन्छ । त्यसको लागि म सक्दो पहल गर्छु ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - १७:१३
काठमाडौँ। निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने तयार...
चैत्र ४ गते, २०८२ - १७:०६
काठमाडौँ । निर्वाचन आयोग ले भोलि प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अ...
चैत्र ४ गते, २०८२ - १६:४३
ताप्लेजुङ। प्रतिनिधिसभामा ताप्लेजुङबाट यसपटक तीन जनाले समानुपातिक सांसद बन्ने अवसर पाएका छन्।यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमार...
चैत्र ४ गते, २०८२ - १६:३५
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दिल्लीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०...
चैत्र ४ गते, २०८२ - १६:३३
काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएको छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित लेग स्पिनर लामिछानेलाई लियेज...
चैत्र ४ गते, २०८२ - १६:२५
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि कांग्रेसले बैठक बोलाएको हो । चुनाव...
चैत्र ४ गते, २०८२ - १५:२७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिएको छन्। सां...
चैत्र ४ गते, २०८२ - १४:५३
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेटवार्ता गरेको छन् । प्रधानमन्त्रीको सरकारी निवास ब...
चैत्र ४ गते, २०८२ - १४:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आजको दिनसम्म नयाँ मन्त्रिपरिषद्को कुनै टुंगो नलागेको जानकारी गराएका छन्। ...
चैत्र ४ गते, २०८२ - १४:२९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा मा...


प्रतिकृया लेख्नुहोस्: