धनगढी । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने दाबी गरेका छन् । शनिवार नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले यसते बताएका हुन् ।
उनले भने, ‘अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ ।’ पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको समेत उनले बताए । सम्बोधनका क्रममा उनले भने( ‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसमा किन्तु परन्तु भन्न पाइँदैन ।’
महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने समेत उनले बताए । कोइरालाले भने, ‘महाधिवेशनले नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ।’ नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुदृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको उनले बताए ।
पार्टीलाई एक ढिक्का बनाएर लैजानु अहिलेको आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि प्रजातन्त्र सेनानीसहित जिल्लाका सबै साथीहरूले पहल गर्नुपर्ने बताए । ‘अहिले नेपाली कांग्रेसभित्रको एकता, सौहार्दता तथा स्वच्छ प्रतिस्पर्धा हराउँदै गइरहेको छ । बिस्तारै नेपाली कांग्रेस कम्युनिस्ट पार्टी जस्तो बन्दै गइरहेकोले म चिन्तित छु’ उनले भने ।
उनले अब पार्टीभित्र कसैलाई अन्याय हुन नदिने भन्दै कार्यकर्तालाई आश्वस्त हुन आग्रह गरे । ‘अब पार्टीभित्र न्याय हुन्छ । त्यसको जिम्मा म लिन्छु ।’ उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारका क्रियाकलापले आफू निराशा भएको समेत बताए ।
‘छिटो छिटो सरकार परिवर्तन हुने कार्यलाई रोकेर देशमा स्थिरता कायम गर्न दुई ठुला दलको सरकार बनाएका हौँ । तर सो अनुसार परिणाम दिन सकिएन’ उनले भने । फरक प्रसङ्गमा उनले एमालेसँग नेपाली कांग्रेसले सहकार्य र प्रतिस्पर्धा सँगसँगै गर्नुपरेको बताए ।
सुदूरपश्चिमको ३ दिने भ्रमणमा रहेका उनले बिहान भातृ तथा शुभेच्छुक संस्थाहरूसँग अन्तरक्रिया तथा छलफल गरेका थिए । उक्त भेटघाटमा सबै भातृ तथा शुभेच्छुक संस्थाहरूको तोकिएको समयमा महाधिवेशन हुनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: