काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू विपक्षी दलको नेताको हैसियतमा पुगेसँगै निर्वाचन क्षेत्रमा आवतजावत गर्न पनि स्वतन्त्र भएको बताएका छन् ।
गोरखा–ताकुकोट सेवा समाज काठमाडौंको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले आफूलाई थप सुविधा भएको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले गोरखाको विकासका लागि प्रयास गरिरहेको जिकिर गरे । उनले भने ‘अहिले म विपक्षी दलको नेताको हैसियतमा छु । र म अलिक स्वतन्त्र छु । गोरखा आउन जान पनि, तपाईंहरूसँग भेटघाट, अन्तक्रिया गर्न पनि,’ अध्यक्ष प्रचण्डले भने, ‘गोरखाका विकास निर्माणका कामहरूमा ध्यान दिन पनि प्रधानमन्त्री भएको बेलामा भन्दा अहिले सुविधा छ । विपक्षीको हैसियतले ती कुराहरू अघि बढाउने प्रयास पनि गरिरहेको छु ।’
उनले बारपाक, सुलिकोट लगायतका क्षेत्रमा पुलदेखि सडक निर्माणसम्मको कामका लागि पहल गरिएको जानकारी गराए ।
२०७४ को चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट जितेका उनले यसपटक गोरखा २ बाट निर्वाचित भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: