Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

देश धेरै हिसाबले अगाडि लम्कँदैछ : प्रधानमन्त्री

खबरडबली संवाददाता

सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ। 

नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताए। 

'हामीलाई चाहिएको मानव जातिको सुख हो। हाम्रा मेहनतको ध्येय सुख पाउनु हो। ज्ञान, बुद्धि र मति कस्तो छ भन्ने आधारमा मानिसको मूल्याङ्कन हुन्छ। ती तिनै भए पनि बुद्धि भ्रष्ट भएमा काम लाग्दैन। मानिसमा शालिनता र विनम्रता चाहिन्छ। आफूभित्र घमण्ड हुनु हुँदैन। मानिसले प्राप्त गरेको ज्ञान र बुद्धिलाई ठिक मतिले प्रयोग गर्न सकेमा मानवीय सुख प्राप्त गर्न सकिन्छ,' उनले भने।

जेसिजले अनुशासन सिकाउने र अरुलाई सम्मान दिएर मनोबल सकारात्मक बनाउन प्रेरित गर्ने उनको भनाइ छ। 'यसले मुख छाड्न र गाली गर्न सिकाउँदैन। वातावरण जोगाउँन सिकाउँछ। यी प्रेरणाहरु मानव जातिका लागि आवश्यक छन्। समृद्ध नेपाल, सुखी नेपालको लक्ष्य पनि यही हो हामी नेपाली एकताबद्द भएर यो लक्ष्य प्राप्तिमा लाग्नुपर्छ,' उनले भने।

विश्व ध्यान दिवसको सन्दर्भ उल्लेख गर्दै उनले यस दिवसलाई सधैँ अपनाउन र मानवोचित हितलाई केन्द्रमा राखेर जनता र पृथ्वीलाई जोगाउन जिम्मेवार हुन आग्रह गरे।

जेसिजको लक्ष्य विश्व शान्ति, नेतृत्व विकास र उद्यमशीलता भएकाले नेपालमा जेसिजको लगातार विस्तार र प्रकाशको ज्योति छर्ने काम भएकामा प्रशंसा व्यक्त गरे।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान दिने प्रतिभाशाली युवालाई सम्मानित गरिएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending