Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

कांग्रेस नेता महरलाई नेपाल जेसीजको मानार्थ सदस्यता प्रदान

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरलाई नेपाल जेसीजले मानार्थ सदस्यता प्रदान गरेको छ। महरलाई इटहरीमा आयोजित जेसीजको ५१औं महाधिवेशन उद्घाटन समारोहमा उक्त सम्मान प्रदान गरिएको हो।

राजनीतिलगायत विभिन्न माध्यमबाट राष्ट्रको उन्नयनमा योगदान पुर्‍याउने हालसम्म ६ जनालाई जेसीजले मानार्थ सदस्यता प्रदान गरेकोमा सातौं व्यक्तिका रूपमा महरले उक्त सम्मान पाएका छन्।

जेसीज गैर नाफामुखी र गैर सरकारी अन्तर्राष्ट्रिय संस्था हो। विश्वका १२२ देशमा सदस्य रहेको जेसीजले युवालाई सक्रिय नागरिक बन्न, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय सहयोग, सद्भावना र समझदारीको दिशामा प्रोत्साहित गर्दछ। 

नेपालमा पनि युवा नेतृत्व, व्यक्तित्व एवं उद्यमशीलता विकासमा केन्द्रित भई १७८ शाखामार्फत जेसीजले काम गर्दै आएको छ। 

महरले यही उद्देश्य अनुरूप काम गरेकाले जेसीजले मानार्थ सदस्यता प्रदान गरेको  जनाएको छ। महरले लामा समयदेखि निःशुल्क र गुणस्तरीय शिक्षा–स्वास्थ्यका लागि आवाज उठाउँदै आएका छन्।

यसका साथै उनले नैतिक राजनीतिका बारेमा पनि पैरवी गर्दै आएका छन्। उनी कांग्रेसभित्र संगठन निर्माणमा अब्बल व्यक्तिका रूपमा परिचित छन्। राजनीतिकमा महर इमानदार, कर्तव्य निष्ठ, प्रस्ट वक्ता, अध्ययनशील, विकास प्रेमी र जनप्रेमी नेताका रुपमा चिनिन्छन्। महरलाई आसन्न १५औं महाधिवेशनमा महामन्त्रीका सशक्त दाबेदार पनि मानिएको छ।

विद्यार्थी राजनीतिबाट उदाएका महर वि.सं. २०४७ सालमा १६ वर्षकै उमेरमा डडेलधुराको असीग्राम माविको नेविसंघ इकाई अध्यक्षमा निर्वाचित भएका थिए। त्यस यता उनी अविराम सक्रिय राजनीतिमा छन्।

२१ वर्षको उमेरमा २०५२ सालमा महर नेविसंघ डडेलधुराको कार्यबहाक जिल्ला अध्यक्ष भएका थिए। उनी २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भए। २०५४ सालमा महरले पार्टीको डडेलधुरा प्रचार–प्रसार विभाग उप–प्रमुखको रूपमा काम गरे। 

२०५७ सालमा चितवन महाधिवेशनबाट निर्वाच जितेर महर नेविसंघको केन्द्रीय सदस्य भए । २०६४ सालमा महर निर्वाचित उपाध्यक्ष भए। २०७३ सालमा निर्वाचित अध्यक्ष भएका उनले नेविसंघको राजनीतिक इतिहासमा कहिले चुनावमा पराजय भोग्नु परेन। 

१४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित महरलाई पार्टीले शिक्षा विभाग प्रमुखको जिम्मेवारीसमेत  प्रदान गरेको छ।

जेसीजले आफूलाई विश्वास गरेर मानार्थ सदस्यता प्रदान गरेको प्रति महरले खुसी व्यक्त गरेका छन्। 'जेसीजको यस सम्मान र विश्वासले मलाई थप जिम्मेवार हुन प्रेरित गरेको छ। यहाँहरूले प्रदान गर्नु भएको यस विश्वासलाई म रत्तिभर घट्न दिने छैन। सधैँ कर्तव्य निष्ट भएर देश र जनताको पक्षमा काम गर्ने छु। युवाहरूको भावनाको सधैँ सम्मान गर्ने छु,' महरले भने।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending