काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको सार्वजनिक हिरासतको तस्वीरप्रति नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टिप्पणी गरेकी छन् । उनले अहिले हिरासतमा धेरै सुख सुविधा हुने रहेछ भन्दै कटाक्षयुक्त टिप्पणी गरेकी हुन्।
पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना श्रीमान् रेशम चौधरीको हिरासत अवस्थाको तस्वीर राख्दै आफूहरूमाथि विभेद गरिएको रहेछ भन्ने महसुस भएको टिप्पणी गरेकी छन्– ‘उहाँ यसरी बस्नु हुन्थ्यो । अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा’, रेशमको खुट्टामा नेल लगाइएको तस्वीर राख्दै उनले लेखेकी छन्, ‘पूर्व गृहमन्त्री माननीय रवी ज्यूको फोटो भाइरल भइरहेको अवस्थामा हामीमाथि चाहिँ विभेद भएकै हो जस्तो महसुस भयो । हाम्रो नागरिक उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय उहाँ ‘रेशम’ पनि जननिर्वाचित सासंद नै हुनुहुन्थ्यो ।’
रेशम चौधरी २०७२ सालमा कैलालीको टीकापुरमा प्रहरी उच्च अधिकारीसहितको ज्यान जानेगरी भएको घटनाको योजनाकार रहेको भन्दै प्रकाउ गरेका थिए । प्रहरी हिरासतमा रहेका बेला बिरामी परेका रेशमलाई अस्पताल लगियो र अस्पतालको बेडमा प्रहरीको प्रत्यक्ष निगरानीमा खुट्टामा नेल बाँधे राखिएको थियो ।
रञ्जिताले सोही विषयलाई सम्झिएकी हुन् । अदालतले दोषी ठहर गरेपछि जेल चलान भएका रमेश राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भइसकेका छन् । उनी कारागारमै हुँदा नागरिक उन्मुक्ति पार्टीको गठन भएको थियो । उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभामा चार सांसद छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: