Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

रविको फोटो सार्वजनिकपछि रञ्जिता भन्छिन्ः ‘हामीमाथि विभेद भएकै हो’

खबरडबली संवाददाता

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको सार्वजनिक हिरासतको तस्वीरप्रति नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टिप्पणी गरेकी छन् । उनले अहिले हिरासतमा धेरै सुख सुविधा हुने रहेछ भन्दै कटाक्षयुक्त टिप्पणी गरेकी हुन्।

पूर्वमन्त्री समेत रहेकी श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा आफ्ना श्रीमान् रेशम चौधरीको हिरासत अवस्थाको तस्वीर राख्दै आफूहरूमाथि विभेद गरिएको रहेछ भन्ने महसुस भएको टिप्पणी गरेकी छन्– ‘उहाँ यसरी बस्नु हुन्थ्यो । अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा’, रेशमको खुट्टामा नेल लगाइएको तस्वीर राख्दै उनले लेखेकी छन्, ‘पूर्व गृहमन्त्री माननीय रवी ज्यूको फोटो भाइरल भइरहेको अवस्थामा हामीमाथि चाहिँ विभेद भएकै हो जस्तो महसुस भयो । हाम्रो नागरिक उन्मुक्ति पार्टीको जन्मदाता त्यस समय उहाँ ‘रेशम’ पनि जननिर्वाचित सासंद नै हुनुहुन्थ्यो ।’

रेशम चौधरी २०७२ सालमा कैलालीको टीकापुरमा प्रहरी उच्च अधिकारीसहितको ज्यान जानेगरी भएको घटनाको योजनाकार रहेको भन्दै प्रकाउ गरेका थिए । प्रहरी हिरासतमा रहेका बेला बिरामी परेका रेशमलाई अस्पताल लगियो र अस्पतालको बेडमा प्रहरीको प्रत्यक्ष निगरानीमा खुट्टामा नेल बाँधे राखिएको थियो ।

रञ्जिताले सोही विषयलाई सम्झिएकी हुन् । अदालतले दोषी ठहर गरेपछि जेल चलान भएका रमेश राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भइसकेका छन् । उनी कारागारमै हुँदा नागरिक उन्मुक्ति पार्टीको गठन भएको थियो । उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी प्रतिनिधिसभामा चार सांसद छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending