Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

नेविसंघमा देउवा–गगन पक्षका प्रतिनिधि छानिदा शेखर पक्ष असन्तुष्ट

खबरडबली संवाददाता

काठमाडौं । नेपाल विद्यार्थी संघभित्र प्रतिनिधि खटाएको विषयलाई लिएर विवाद देखिएको छ । नेविसंघले १२ औं महाधिवेशन केन्द्रीत राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियानका लागि ७७ जिल्ला र क्याम्पसहरूमा प्रतिनिधि खटाएको छ ।

प्रतिनिधिले बैठक बोलाउन सहजीकरण गर्ने, सदस्यता वितरण कार्यका लागि तल्लो तहमा प्रतिनिधि खटाउने, राय, सुझाव संकलन गर्ने लगायतका कार्य गर्नेछन् ।

७ पुसबाट तोकिएको क्षेत्रमा काम गर्ने गरी ७७ जिल्ला र ११३ क्याम्पसमा केन्द्रीय प्रतिनिधि छनोट गरिएको छ । एक निर्वाचन क्षेत्र भएका जिल्लामा एक जना र दुई वा सो भन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा भने दुई जना प्रतिनिधि तोकिएको छ ।

सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा निकटका विद्यार्थी नेताहरू प्रतिनिधि बनेका छन् । प्रतिनिधिमा सहभागी नभएका संस्थापनइतरका नेता डा।शेखर कोइराला पक्षका विद्यार्थीले आपत्ति जनाएका छन् ।

केन्द्रीय सदस्य प्रतिनिधि बनाएर पठाउनु विधान विपरित हुने कोइराला पक्षधर विद्यार्थी नेता प्रेमिका रानामगरले बताइन् । ‘अधिवेशन गराउनका लागि केन्द्रले प्रतिनिधि खटाउन सक्छ तर सदस्यता वितरणका लागि खटाउन मिल्दैन,’ रानामगरले अनलाइनखबरसँग भनिन्, ‘अधिवेशन नगराउने मनसायले विवाद सिर्जना गर्नका निमित्त यो काम भएको छ ।’

प्रतिनिधि छनोट गर्दा आफ्नो पक्षसँग संवाद नगरिएको रानामगरले दाबी गरिन् । यता, संस्थापन पक्षले भने विधान विषय उठाउनु तर्कहीन भएको उल्लेख गरेको छ । प्रतिनिधि चयन हुँदा ४० शेखर पक्षकालाई हुनुपर्ने माग रहेकाले सहमति बन्न नसकेको संस्थापन पक्षको भनाई छ ।
सदस्यता वितरण र सुझाव संकलनका लागि प्रतिनिधि खटाउन विधानले नरोक्ने संघका प्रवक्ता सुरज सेजुवाल बताउँछन् । ‘उहाँहरूले प्याकेजमा भागबन्डा चाहियो भन्नुभएको थियो । ४० प्रतिशत प्रतिनिधि माग्नुभयो,’ सेजुवालले भने, ‘महामन्त्री गगन पक्षलाई जति दिने हो हामी नै दिन्छौं भनेर अडान राख्नुभयो ।’

समूहभित्रको आपसी समस्या प्रतिनिधि छनोटको क्रममा शेखर पक्षका विद्यार्थी नेताहरुले देखाएको प्रवक्ता सेजुवालले बताए । प्रतिनिधिमा कतिपय शेखर पक्षका पनि सहभागी भएको सेजुवालको दाबी छ ।

जिल्ला र क्याम्पस गरेर करिब तीन सय जनालाई प्रतिनिधि बनाइएको छ । त्यसमध्ये एक सय २१ जना महामन्त्री थापा निकट भएको उनी निकटका विद्यार्थी नेताहरुले दाबी गरेका छन् । प्रतिनिधि छनोट र सदस्यता वितरणमा सहमति बने अनुसार जिल्ला र क्याम्पसहरुमा प्रतिनिधि खटाउने कार्य भएको महामन्त्री थापा निकट विद्यार्थी नेता सुशान्त आचार्यले जानकारी गराए सदस्यता बाँड्ने संगठनको नियमित कार्य भएकाले आपत्ति जनाउने विषय नभएको अर्का विद्यार्थी नेता सुवास पौडेलले बताए ।

प्रतिनिधि छनोटप्रति आपत्ति जनाएका शेखर पक्षका विद्यार्थीहरूले संघमा समानान्तर गतिविधि गर्ने चेतावनी दिएका छन् । संस्थापनइतरको विद्यार्थी नेता रानामगरले महाधिवेशन गर्ने गरी आफ्नो पक्षले प्रतिनिधि खटाउने बताइन् ।

संघका अध्यक्ष दुजाङ शेर्पाको कार्यप्रति आपत्ति जनाउँदै संस्थापनइतर पक्षले विज्ञप्ति निकालेको छ । अध्यक्षको गैर जिम्मेवारी र अर्कमण्यताका कारण संघ लगाम विनाको घोडा जस्तो देखिएको असन्तुष्ट पक्षले जनाएको छ । अध्यक्षको गतिविधिले संगठन भित्र विवाद सिर्जना गर्ने कार्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संगठनको गरिमालाई धमिल्याउने निजि शैक्षिक संस्थाहरूमा संघका नाममा चन्दा असुली गर्ने, देशभरि संगठनलाई धरासायी बनाउदै संगठनको अस्तित्व कोमामा पु¥याउने कार्य अध्यक्ष शेर्पाले गरेको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।

२०७३ सालपछि संघको अधिवेशन हुन सकेको छैन । त्यसयता तदर्थ समितिमा सञ्चालित संघमा ७५२ जनाको कार्यसमिति छ । पार्टीले यसैवर्षभित्र १२ औं महाधिवेशन गर्न संघलाई निर्देशन दिएको छ । अधिवेशन गराउनका लागि पार्टीबाट सहजीकरण र समन्वय गर्नका लागि सहमहामन्त्री किशोरसिंह राठोरलाई निर्देशक समितिको संयोजक तोकिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending