काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि पुरानै निर्णय लागू गर्ने निर्णय गरेको छ ।
पार्टीको निर्णय अनुसार सुरुमा उमेर हद लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् आउने परिणामको आधारमा गरिने छ । त्यसपछि बल्ल नयाँ नेतृत्व चयनका लागि निर्वाचन गरिने । यो प्रक्रिया यही पुस महिनाभित्र सम्पन्न गरिसक्ने तयारी छ ।
अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले निर्वाचनको मोडालिटी टुंगो लागिसकेकाले आज कार्यतालिका सार्वजनिक हुने सम्भावना रहेको बताए । ‘हामीले आज पार्टीको निर्वाचन आयोगसँग छलफल गर्दैछौं । निर्वाचन कहाँ–कहाँ कसरी–कसरी गर्ने भन्ने कुरा छलफलबाट टुंगो लागिसकेपछि कार्यतालिका आजै सार्वजनिक हुनसक्छ ।’
३२ वर्षे उमेर हदमा भोटिङ
गत असोज १० गतेदेखि कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा २८, ३० र ३२ वर्ष उमेर हदको विकल्पमा भोटिङ गर्ने भनिएको थियो । तर विवादका कारण सम्मेलन स्थलमा तोडफोड भएपछि सम्मेलन स्थगित गरेर २३ र २४ मंसिरमा गर्ने भनिएको थियो । तर निर्धारित समयमा सम्मेलन हुन सकेन ।
अहिले भने ३२ वर्ष उमेर हद कायम गरेर नयाँ नेतृत्व चयन गर्ने निर्णय भएको फ्र्याक्सन इन्चार्ज शर्माले जानकारी दिए । ‘अब उमेर हदमा एउटा मात्र विकल्प छ । ३२ वर्ष उमेर हद लगाउने कि नलगाउने भनेर भोटिङ हुन्छ र त्यसबाट जे नतिजा आउँछ, त्यही अनुसार नेतृत्व चयन प्रक्रिया अघि बढ्छ ।’
स्रोतका अनुसार उमेर हद सम्बन्धी चुनाव जिल्ला–जिल्लामा गराउने तयारी छ । त्यसपछि नेतृत्व चयनको लागि चुनाव हुने छ । ३२ वर्षे उमेर हद लागू भए अध्यक्षका डेढ दर्जन दाबेदार प्रतिस्पर्धाबाट बाहिरिनेछन् ।
विवाद समाधान
भोटिङ सुरु गर्नुअघि विभिन्न जिल्लाको प्रतिनिधि विवाद समेत समाधान गरिसकिएको छ । नवलपुर, कास्की, ताप्लेजुङ, काभ्रे, सिटिइभिटी जिल्ला कमिटीको विवाद समाधान गरिएको एक नेताले जानकारी दिए । ‘तीमध्ये कतिपय जिल्लाबाट प्रतिनिधिहरुको दुईवटा नामावली आएका थिए, केहीमा सिनियर छुटेको, केहीमा छात्रा छुटेको भन्ने कुराहरु थिए,’ ती नेताले अनलाइनखबरसँग भने, ‘त्यो विवादका कारण पनि राष्ट्रिय सम्मेलनमा उमेर हदको विषयमा भोटिङ हुन सकेको थिएन । अहिले सर्वसम्मत रुपमा विवाद समाधान गरिएकाले अब भोटिङ गराउनका लागि छलफल अघि बढेको छ ।’
स्रोतका अनुसार अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुन्नका लागि २३ सय २३ जना प्रतिनिधि निश्चित गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: