काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीको काममा नलग्ने नेताहरूलाई बिदा गरिने बताएका छन ।
एमाले वाग्मती प्रदेश कमिटीद्वारा बुधबार आयोजित विभागीय प्रमुख र सचिवहरूको बैठकलाई सम्बोधन गर्दै भट्टराईले खटाएको जिम्मेवारी पुरा नगर्नेलाई नेतृत्वमा बस्ने अधिकार नहुने बताए । पार्टीले खटाइएको जिम्मेवारी पुरा नगर्ने, असन्तुष्टि मात्र व्यक्त गर्ने नेताहरूलाई पार्टी कामबाट बिदाइ गरिने बताएका हुन ।
भट्टराईले भूगोलमा जाने बित्तिकै टिकट पाइन्छ भन्ने भ्रममा नपर्न पनि नेताहरूलाई आग्रह गरेका उनले नेताहरूले जहाँ काम गरे पनि कामको आधारमा पार्टीले मूल्याङ्कन गर्ने भट्टराईको भनाइ छ ।
पार्टीका नेताहरूका अनुशासन कमजोर हुँदै गएको बताउँदै भट्टराईले पार्टीका नेता कार्यकर्ता सुध्रन आवश्यक रहेको बताउँदै भने, ‘पार्टीको बैठकमा आउने, हाजिर गरेर हिँड्ने प्रवृत्ति बढेको छ ।’
भट्टराईले अनुशासन बिना पार्टी, परिवार र स्वयम व्यक्ति पनि नचल्ने स्पष्ट पार्नुभयो । एमाले वाग्मतीमा कमजोर हुँदा सिङ्गो पार्टी कमजोर हुने तथ्य नबिर्सन उनले आग्रह गरेका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: