बाजुरा। देशका विभिन्न गाउँमा टिमुरको माग बढ्दै गएको बेला बाजुराको जङ्गलमा भने टिमुर त्यतिकै खेर जाने गरेको छ । टिमुरको महत्त्वबारे बाजुराका स्थानीयलाई खासै जानकारी नहुँदा यहाँका अधिकांश वनजङ्गलमा टिमुर त्यतिकै खेर जाने गरेको हो ।
व्यक्तिगत प्रयोजनका लागि थोरै ल्याउने गरेको भए पनि बजार बिक्री गर्ने गरी यहाँका स्थानीयले टिमुर नटिप्ने गरेको छेडेदह गाउँपालिका –२ जयवाग्श्वरीका स्थानीय हिरा रोकायाले बताए ।
उनले भने, “गाउँमा बिक्री हुँदैन । जिल्लाभन्दा बाहिर लिएर बेच्न रोक गरेको छ । त्यसैले यता कसैले टिमुर नटिपेपछि त्यो त्यत्तिकै वनमा खेर जाने गरेको छ ।”
अहिले केहीले त टिमुर टिप्ने गरेका छन् । तर उनीहरुले पनि मेहनेत गरे अनुसार पैसा नपाउँनु बिक्री गर्न लिदा पनि जोखिम मोहल्नु पर्ने समस्या भएकाले टिमुर टिप्नै छोडेको रोकायाले बताए।
पछिल्लो समयमा बाजुराका केही स्थानीय निकायले टिमुर खेती गर्ने योजना बनाएका छन् ।
पछिल्लो समय देश विभिन्न सहरका होटेलमा टिमुरको अचारको माग बढ्दै गएपछि स्थानीय निकायले पनि टिमुरको व्यावसायिक खेती गर्ने चाँसो देखाएका हुन् ।
बाजुराको गौमुल गाउँपालिका वडा नं –२ को वडापालिकाले पछिल्लो समय टिमुर खेती सुरु गरेको गौमुल गाउँपालिका वडा –२ का वडा अध्यक्ष देव रोकायाले बताए।
उनले भने, “टिमुरको पछिल्लो समय विभिन्न ठाउँबाट माग आउने गरेकोले यहाँका स्थानीयलाई टिमुर खेती गर्नमा उत्प्रेरित गर्दै आएको हो ।”
नेपालको पूर्व, मध्य र पश्चिम नेपालमा टिमुर पाइन्छ । टिमुर २ देखि ३ मिटरभन्दा अग्लो, काँडेदार, सुगन्धित, सानो खालको रुख वा झाडी वर्गको, पतझड वनस्पतिको हो ।
बाजुराको बुढीन्नदा, बडीमालिका, गौमुल, बुढीगङ्गा, त्रिवेणी र खप्तड छेडेदहको विभिन्न वनमा पनि प्रसस्त टिमुर पाइन्छ । बाजुराको लेकाली ठाउँको ११ देखि २५ सय मिटरसम्मको उचाईमा टिमुर फल्ने गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १७:२४
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...
पौष १२ गते, २०८२ - १७:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् । छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...
पौष १२ गते, २०८२ - १७:०३
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...
पौष १२ गते, २०८२ - १६:५०
काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...
पौष १२ गते, २०८२ - १६:३५
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...
पौष १२ गते, २०८२ - १६:२६
काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ। केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...
पौष १२ गते, २०८२ - १६:२२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...
पौष १२ गते, २०८२ - १६:१४
काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...
पौष १२ गते, २०८२ - १६:०७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...




प्रतिकृया लेख्नुहोस्: