काठमाडाैं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पर्यटकलाइ आकर्षित गर्नका लागि १० दिनका लागि भिसा फ्रि गरेको छ । कोभिड महामारीको तीन वर्षको एक्लोपनबाट बाहिर आउन संघर्ष गरिरहेको चीनले यो घोषणा गरेको हो ।
चीनले मंगलबार आफ्नो भिसारहित ट्रान्जिट नीतिको विस्तारको घोषणा गरेको हो । जसका फाइदा अमेरिकासहित योग्य विदेशी यात्रुहरूलाई १० दिनसम्म देशका केही भागहरूमा बस्न अनुमति दिइनेछ ।
‘यस कदमको उद्देश्य अधिक विदेशी आगन्तुकहरूलाई आकर्षित गर्न र चीनको अर्थतन्त्रलाई बढावा दिनु हो,’ चीनको पर्यटन मन्त्रालयले भन्यो । यसअघि यात्रुले चीनमा घुम्न गएको आधारमा ७२ देखि १४४ घण्टा मात्रै बस्न पाउँथे।
यद्यपि नयाँ नीति तुरुन्तै कार्यान्वयनमा जाने भएकाले अमेरिका, क्यानडा, धेरै युरोपेली र एसियाली राष्ट्रहरू सहित ५४ देशका राहदानीबाहकमा यो नयाँ नीत लागू हुनेछ। तर, यसरी फ्रि भिषाका लागि योग्य हुनको लागि, यात्रुहरूले १० दिन भित्र चीन बाहिर निस्कने टिकटहरू पेश गर्नु पर्ने भने अनिवार्य रहेकाे छ । राजधानी बेइजिङ र चीनको सबैभन्दा ठूलो सहर साङ्घाईलगायत २४ प्रान्तका ६० स्थानवाट बिदेशी पर्यटक अर्थात यात्रुहरू प्रवेश गर्न सक्ने गरी ब्यवस्था मिलाइएको छ ।
हालै घोषित योजना अनुसार आगन्तुकहरूलाई केही सर्तसहित उनीहरूको बसाइको समयमा क्षेत्रहरूमा यात्रा गर्न अनुमति दिने चिनले प्रस्ट पारेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: