काठमाडौं। वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०७१/७२ देखि २०८०/८१ को दश वर्षसम्म वैदेशिक रोजगारीका क्रममा दश हजार दुई सय ७४ जनाले ज्यान गुमाएका छन् ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस, २०८१ को अवसरमा मङ्गलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
जिफन्टले सामाजिक सुरक्षामा नियमित योगदान, श्रमिकको अधिकार संरक्षण भन्ने नाराका साथ यो वर्ष विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवस मनाउँदैछ ।
जिफन्टले सार्वजनिक गरेको फ्याक्टसीटमा यो आर्थिक वर्षमा मात्र एक हजार ४९२ जना नेपाली श्रमिकले ज्यान गुमाएको र ५७८ जना अङ्गभङ्ग भइ स्वदेश फर्किएका छन् ।
यसैगरी, सन् २०१४/१५ मा एक हजार छ, २०१५/१६ मा ८१३, २०१६/१७ मा ७५५, २०१७/१८ मा ८२९, २०१८/१९ मा ७९६, २०१९/२० मा ६५६, २०२०/२१ मा एक हजार २४९, २०२१/२२ मा एक हजार ४७९ र २०२२/२३ मा एक हजार २०८ जनाको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको छ ।
जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीको सम्बन्धमा वर्षौदेखि मुलुकमा नै न्यायिक ज्यालासहितको रोजगारीका लागि माग गर्दै आएको भन्नुहुँदै वैदेशिक रोजगारीमा प्रस्थानदेखि स्वदेश फिर्ता हुँदासम्म सबै प्रकारका शोषणहरुबाट मुक्ति, मर्यादित काम, सामाजिक सुरक्षा, संवाद र सम्मान आधारभूत अडानका विषय रहेको बताए।
नेपाली श्रमिक युरोपका केही मुलुकमा रोजगारीका लागि जाने क्रम बढेको देखिएको छ । नेपाली श्रमिक गएको युरोपको तेस्रो र चौथो गन्तव्य मुलुक साइप्रस र माल्टा रहेका छन् ।
आर्थिक वर्ष २०७९/८० मा रोमानियामा जाने नेपालीको सङ्ख्या १४ हजार २५० जना रहेको थियो । चालु आर्थिक वर्षमा १५ हजार ३६४ जना कामका लागि क्रोएसिया गएको तथ्याङ्क छ ।
यस्तै, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार यो वर्ष (२०८०/८१) मा श्रम स्वीकृति लिएका अदक्ष श्रमिक सङ्ख्या एक लाख ४५ हजार ५४७ छ भने दक्ष श्रमिकको सङ्ख्या पाँच लाख ७९ हजार ३७३ रहेको छ । सीप नभएका कारण विभिन्न देश पुगेका श्रमिकले समस्या झेल्नु परेको अवस्था अझै कायम छ ।
अध्यक्ष श्रेष्ठले युरोपका मुलुकहरुमा रोजगारीमा पठाउने नाममा मेनपावर कम्पनी तथा अनधिकृत व्यक्तिले रकम असुल्ने, गन्तव्यमा पु¥याएर अलपत्र पार्ने गरेका घटनाप्रति सम्बनिधत निकाय गम्भिर हुन जरुरी देखिएको बताए । आकर्षक रोजगारी मिलाउने भनी आर्थिक ठगी र मानव तस्करी घटना रोक्न त्यस्ता कार्यमा सङ्लग्न संस्था वा व्यक्तिलाई कारवाही गर्न कानुनमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ ।
केही वर्ष यता एजेन्सी मार्फतभन्दा व्यक्तिगतमाध्यमबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको सङ्ख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।
अध्यक्ष श्रेष्ठले श्रमिकलाई कुनै समस्या पर्दा जिम्मेवारी लिनु पर्ने हुँदा त्यस किसिमको जिम्मेवारीबाट बच्न व्यक्तिगत माध्यम प्रयोग गरेको स्पष्ट देखिएकोे बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: