भक्तपुर। गत मंसिर २८ गते शुक्रबारदेखि सुरु भएको पाँंचदिने भक्तपुर महोत्सव २०८१ पुस २ गते मंगलबार टुंगिंदैछ ।
महोत्सवको अन्तिम दिन मंगलबार भक्तपुर दरवार स्क्वायरमा समापन कार्यक्रम हुनेछ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको प्रमुख आतिथ्यतामा दिउँंसो २ बजेबाट भक्तपुर दरवार क्षेत्र लायकूको खुल्ला क्षेत्रमा समापन कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । यसअघि उदघाटन पनि बिजुक्छेंकै प्रमुख आतिथ्यतामा दरवार क्षेत्रमै भएको थियो ।
दरवार क्षेत्रमा समापन कार्यक्रम भए पनि नगरका टोलटोल, वडावडामा भइरहेका प्रदर्शनीहरु भने निरन्तर जारी रहनेछन् । त्यसकारण अन्य दिनहरुमा जस्तै अन्तिम दिन मंगलबार पनि विहान १० बजेदेखि साँंझ ५ बजेसम्म नै महोत्सव हेर्न सकिने छ ।
महोत्सव हेर्न काठमाडौं उपत्यकासहित उपत्यका बाहिरबाट दैनिक एकदेखि दुई लाख आन्तरिक पर्यटक आएको आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ । विदाको दिन शनिबार र आइतबार दुई दिन दुईदुई लाख र अन्य दिनहरुमा एक लाखको हाराहारीमा पाहुनाहरु भक्तपुर महोत्सव हेर्न पुगेको उसले जनाएको छ । महोत्सव हेर्नका लागि आयोजक भक्तपुर नगरपालिकाको निमन्त्रणामा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोललगायत देशका विभिन्न महानगरपालिका, नगरपालिका तथा गाउँंपालिकाका प्रमुख उपप्रमुखहरु भक्तपुर पुगेकोे आयोजक नगरपालिकाले जनाएको छ । साथै विदेशी राजदूतहरुलाइ पनि विशेष निमन्त्रणा गरी भक्तपुर महोत्सवको अवलोकन भ्रमण गराइएको नगरपालिकाले जनाएको छ ।
अन्तिम दिन मंगलबार अझ विशेष सहभागिता हुने आशा आयोजकले गरेको छ । २६ वर्षपछि यति बृहत रुपमा भएको यो दोश्रो भक्तपुर महोत्सव हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १७:०६
काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...
आषाढ़ २४ गते, २०८३ - १७:००
बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...
आषाढ़ २४ गते, २०८३ - १६:४५
दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...
आषाढ़ २४ गते, २०८३ - १६:३०
काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...
आषाढ़ २४ गते, २०८३ - १६:१९
काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...
आषाढ़ २४ गते, २०८३ - १५:५२
नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...
आषाढ़ २४ गते, २०८३ - १५:४४
काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...
आषाढ़ २४ गते, २०८३ - १५:२७
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...
आषाढ़ २४ गते, २०८३ - १५:१५
काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...
आषाढ़ २४ गते, २०८३ - १५:०१
धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...



प्रतिकृया लेख्नुहोस्: