Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

रूससँगको युद्दमा कम्तिमा ३० उत्तर कोरियाली सैनिक मारिएको युक्रेन र अमेरिकाको दाबी

खबरडबली संवाददाता

किभ। रूस– युक्रेन युद्दमा कम्तिमा ३० उत्तर कोरियाली सैनिक मारिएका छन् ।

युक्रेनको मिलिटरी इन्टेलिजेन्स र पेन्टागनले युक्रेनी सेनाले रुसको कुर्स्क सीमा क्षेत्रमा रुसी सेनासँग मिलेर लडिरहेका उत्तर कोरियाली सेनालाई मारेको र घाइते बनाएको बताएको छ ।

युक्रेनको सैन्य खुफिया एजेन्सी गुरका अनुसार उत्तर कोरियाली सेना एकाइले महत्वपूर्ण क्षति भोगेको छ, जसमा कम्तीमा ३० सैनिक मारिएका छन् भने युक्रेनी हमलामा घाइते भएका उत्तर कोरियाली सैनिकहरू कुर्स्क क्षेत्रमा, प्लेखोभो, वोरोब्झा र मार्टिनोभका गाउँ नजिक उपचाररत रहेका छन् ।

‘कुरिलोभका गाउँको क्षेत्रमा पनि कम्तिमा तीन उत्तर कोरियाली सैनिक बेपत्ता भएका छन्,‘ गुरूले आफ्नो टेलिग्राम च्यानलमा पोस्ट गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

दक्षिण कोरिया, अमेरिका र युक्रेनी गुप्तचरका अनुसार उत्तर कोरियाका करिब ११ हजार सैनिकहरू युक्रेनी सेनाविरुद्ध अग्रपंक्तिमा लड्नका लागि रुसमा कार्यरत रहेका छन ।

अधिकांश उत्तर कोरियाली सेनाहरू रुसको कुर्स्क क्षेत्रमा तैनाथ गरिएको छ, जुन क्षेत्रमा अगस्टमा युक्रेनले रुसी भू भागमा अचानक आक्रमण गरेपछि आंशिक युक्रेनी नियन्त्रणमा रहेको अवस्था छ। रूसले आफनो भुमी फिर्ता लिनका लागि उत्तर कोरियाली सैनिकलाइ सो क्षेत्रमा खटाएको हो ।

वाशिंगटन डीसीमा पत्रकारहरूसँग कुरा गर्दै पेन्टागनका प्रवक्ता मेजर जनरल प्याट राइडरले युक्रेनी सेनाको दावीलाई सही भनेका छन । भने, ‘अमेरिकाले  कुर्स्कमा लडाईमा उत्तर कोरियाली सेनाहरू मारिएको र घाइते भएको पुष्टी भएको ठानेको छ ।’

रूसले विरलै आफ्ना सेनाहरू र यसका सहयोगीहरूको हताहतको विवरण सार्बजनिक गर्ने गरेको छ । तर, जारी युद्दमा कोरियाली सैनिक मारिएको भन्ने युक्रेन र अमेरिकाको दाबीका बारेमा हालसम्म क्रेमलिनले कुनै प्रतिक्रिया दिएको छैन । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त, यस्ता छन् अन्य मन्त्रिपरिषद्का आठ निर्णयहरु

काठमाडौं। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिष...

रुपन्देहीमा दुई दिनमै १६ वटा गोमनका बच्चा उद्धार, सर्पबाट सतर्क रहन आग्रह

बुटवल। रुपन्देहीका सर्प उद्धारकर्ता विशाल पाण्डेले दुई दिनको अवधिमा १६ वटा गोमन (कोब्रा) सर्पका बच्चाको उद्धार गरेका छन्। पाण्डेले तिलोत्तमा नगरपाल...

स्थानीय तहका पदाधिकारीको सुविधा संशोधन विधेयक प्रदेश सभाबाट फिर्ता हुने

दाङ। लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबा...

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं। प्रधानमन्त्रीले बोलाएको मन्त्रिपरिषद्को बैठक बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहि समय अघिबाट सुरु भएको छ।...

कानुनमन्त्री व्यस्त भएपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम राष्ट्रियसभाको बैठकमा व्यस्त भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थ...

हात्ती आक्रमणमा मृत्यु भएकी बोटे परिवारलाई कांग्रेस चितवनको आर्थिक सहयोग

नारायणगढ। जङ्गली हात्तीको आक्रमणमा परी मृत्यु भएकी आशिका बोटेको परिवारलाई नेपाली कांग्रेस चितवनले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ। नेपाली कांग...

उद्योग व्यवसाय र लगानी वातावरण सुधारबारे निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्रीले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री त...

सुदूरपश्चिम बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको केन्द्रीय टोली धनगढीमा

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्ता साझेदार दलहरूबीच देखिएको मतभेद समाधानका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)का केन्द्रीय नेताहरू ...

सरकारको सुशासन अभियानमा सहयोग गर्छौं, राष्ट्रिय स्वाभिमानमा सम्झौता हुँदैन : सांसद अर्याल

काठमाडौं। नेकपा (एमाले)की उपाध्यक्ष तथा संसदीय दलकी उपनेता पद्मा अर्यालले सरकारको सुशासन अभियानमा आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताउँदै सरकारलाई...

बीपी प्रतिष्ठानमा बिचौलिया बिगबिगी : बिरामीलाई निजी अस्पताल पठाउन खोज्ने १२ जना पक्राउ

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट बिचौलियाको काम गर्ने गरेको आरोपमा १२ जना पक्राउ परेका छन् । प्रतिष्ठानमा उपचारका लागि आएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending