काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरु आफैंले उत्पादन गरेको एकै खालको पोशाक लगाएर केन्द्रीय समिति बैठकमा सहभागी भएका छन् ।
मंसिर २७ गतेदेखि कपिलवस्तुको शिवगढीमा जारी केन्द्रीय समिति बैठकमा सहभागी सबै नेताहरु कालो रंगको कोट, पाइन्ट र सेतो सर्टमा सहभागी भएका हुन् ।
केन्द्रीय समिति सदस्य शरद ओलीका अनुसार ती पोशाक शिवगढीमा पार्टीले नै सञ्चालन गर्दै आएको गार्मेन्टका उत्पादन हुन् । ‘शिवराज नगरपालिकाको शिवगढीमा हाम्रो केन्द्रीय कार्यालय छ । केन्द्रीय कार्यालय मातहत जनकम्युन छ, त्यो जनकम्युनले गार्मेन्ट पनि सञ्चालन गर्दै आएको छ,’ ओलीले भने, ‘केन्द्रीय समिति बैठकमा सहभागी सबैले लगाएको ड्रेस त्यही गार्मेन्टमा सिलाइएको हो ।’
हेर्दा राम्रो पनि देखिने र सामूहिक रुपमा सिलाउँदा सस्तो पनि हुने भएकाले एउटै पोशाक बनाइएको उनले बताए । उनका अनुसार नेकपाका नेताहरु यसरी एउटै ड्रेसकोडमा बैठकमा सहभागी भएको यो पहिलोपटक हो । अबदेखि बैठक र अरु कुनै औपचारिक कार्यक्रममा पार्टीका नेताहरु यही ड्रेसकोडमा देखिने उनले बताए ।
नेकपाका अर्का एक नेताका अनुसार गार्मेन्ट सन्चालनको जिम्मा संगम सीलाई दिइएको छ । उनी मातहत करिब एक दर्जन जनशक्ति कार्यरत छन् । गार्मेन्टमा कपडाहरु बाहिरबाट ल्याउने र विभिन्न पोशाक सिलाएर बजारमा बेच्ने गरिन्छ ।
उक्त गार्मेन्टमा सर्ट, पाइन्ट, कोट, ज्याकेट, ट्राउजर, ट्र्याक सुट, स्कुल युनिफर्म लगायतका पोशाक सिलाइन्छ । उनीहरुले त्यस्ता पोशाक बेचेर भएको नाफा पार्टीमा बुझाउने नियम बनाइएको छ ।
नेकपाले पार्टीका केन्द्रीय प्रतिनिधि समिति र केन्द्रीय समितिका हरेक सदस्यहरु अनिवार्य उत्पादनमा जोडिनुपर्ने र आयआर्जन गरेर आत्मनिर्भर हुनुपर्ने नियम बनाएको छ ।
यही नियमअनुसार विभिन्न जिल्लामा सिजनअनुसारका कृषि उत्पादन पनि नेकपाले गर्दै आएको छ ।
मोरङ, चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, बर्दिया लगायतका तराईका जिल्लाहरुमा पशुपालन, सिजनअनुसारका अन्न र नगदेबाली खेती गरिएको छ । जुम्ला र मुगुमा भने स्याउ खेती गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: