Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

बीपी राजमार्ग पूर्ण रूपमा निर्माण हुन ३ वर्ष लाग्ने

खबरडबली संवाददाता

काठमाडौं । मेची, कोशी, सगरमाथालगायत पूर्वका जिल्लालाई संघीय राजधानी जोड्ने बीपी राजमार्ग पूर्ण रूपमा निर्माण हुन तीन वर्ष लाग्ने भएको छ। समयमै बजेटको निकासा नहुँँदा वर्षायाममा बाटो सञ्चालनमा आउन नसक्ने सडक विभागले जनाएको छ।

यातायात विभागले बाटो बनाउनका लागि सर्बे गरिसके पनि आर्थिक वर्षको बीचमा समस्या आएका कारण बजेट जोहो गर्न नसकेको जनाएको छ । लगभग साढे १८ अर्ब खर्च लाग्ने अनुमान गरेको विभागले बजेट निकासा भए पनि सम्पूर्ण काम गर्न तीन वर्ष लाग्ने जनाएको छ।

विभागका महानिर्देशक रामहरि पोखरेलले यस वर्ष खर्च गर्ने गरी ३ अर्ब बजेट निकासा भए वैकल्पिक बाटो बनाउन सकिने बताउनुभयो। बाढी आएका बेला बन्द हुने बाटोलाई अन्यत्रबाटै घुमाएर लान सकिने हुँदा त्यसैअनुसार योजना बनाइएको बताउनुभयो। यसरी यात्रा भने लामो हुने देखिएको छ । जसले लागत बढाउने छ।

त्यसै गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सुशीलबाबु ढकालले मन्त्रालयको पुनःस्थापना गर्ने नीति भएको हुँदा क्षति र गर्नुपर्ने कामको सम्पूर्ण जिम्मा विभागलाई दिइसकिएको बताउनुभयो । उहाँले विभागलाई नीतिगतलगायत सम्पूर्ण सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो। दैनिक सयौंको संख्यामा हिँड्ने बाटो वर्षामा नबन्दा सर्वसाधारणले दुःख पाउने भएका छन् । जसले आर्थिक र मानवीय सास्ती बेहोर्नुपर्ने भएको छ।

अर्थ मन्त्रालयले भने बजेट नभएका कारण विपत् कोषमा भएको पैसा निकासा गर्ने जनाएको छ। विपत् परिषद्को बैठक बसेर बजेट निकासा गर्ने अर्थ मन्त्रालयले जनाएको छ।

गत असोजको ११, १२ गते आएको बाढीका कारण तहसनहस बनेको बीपी राजमार्गमा अहिले खोलाको साइटबाट वैकल्पिक मार्ग निर्माण गरी सवारी सञ्चालनमा आएको छ। रोशी खोलामा मात्र ३० ठाउँभन्दा बढी क्षति भएको छ।

राजमार्गको कुल १ सय ६० किमिमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमि र चौथो खण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमि गरी ८४ किमि सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको विभागले जनाएको छ। धुलिखेलदेखि नेपालथोकसम्मको सडकखण्डको विभिन्न स्थानमा सडक क्षति पुगेको छ । १५ सय मिटर जति सडक ध्वस्त भएको विभागले जनाएको छ।

२०५० सालको भीषण वर्षाले राजधानीलाई देशको अन्य भागसँग जोड्ने त्रिभुवन राजपथ तथा पृथ्वीराजमार्गमा व्यापक क्षति भई जनजीवन अस्तव्यस्त र यातायात सेवा टुटेपछि सरकारले बीपी राजमार्गलाई वैकल्पिक मार्गका रूपमा विकास गर्ने सोचअनुरूप जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३र०५४ बाट निर्माण कार्य शुरू गरी २०७२ असार १८ गते निर्माण सम्पन्न भएर नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending