Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

रूम हिटरको सही प्रयोग नगरे लिन सक्छ ज्यान, उपाय जान्नुहोस्

खबरडबली संवाददाता

काठमाडौं  । रुम हिटरको सही प्रयोग गरिएन भने यसले तपाईको ज्यान समेत लिन सक्छ ।

रुम हिटरको प्रयोगका कारण आजकाल धेरैको ज्यान जाने गरेको घटना सार्वजनिक भइरहेकाले हामीले यो भनिरहेका छौं ।

बारम्बार हामीले सुनिरहेका हुन्छाै‌ कि हिटर बालेर सुतेकाे मान्छे बिहान शवकाे रूपमा भेटिएकाे छ । धेरै मानिसहरूलाइ उनको घरको सुत्ने कोठामा फेला पारिएकाे छ । खासमा हिटर चलाएकाे काेठामा सुतेकाे मान्छे मृत्यु हुनुकाे मुख्य  कारण हिटरबाट निस्किएको कार्बन मोनोअक्साइड ग्याँस हाे, जाे मान्छेकाे ज्यान पनि लिन्छ र लिइरहेकाे हुन्छ ।

जाडोमा, मानिसहरू प्रायः आफ्नो बेडरूममा हिटर वा ब्लोअर लगाएर सुत्छन्। रुम हिटरले केही मिनेट मै कोठा तताउँछ तर यसले स्वास्थ्यमा धेरै साइड इफेक्ट पनि गर्छ । लामो समयसम्म लगातार प्रयोग गर्दा धेरै अवस्थामा यसले ज्यानसमेत लिन सक्छ।

त्यसैले यसको प्रयोगमा सावधानी अपनाउनुपर्छ । त्यसोभए हामी भन्ने छाैं यदि तपाईले रुम हिटर प्रयोग गर्नुहुन्छ भने कम्तिमा तपाईले तलका कुराहरू ध्यान दिनुपर्ने  हुन्छः

– रुम हिटर प्रयोग गर्नुअघि राम्ररी सफा गर्नुहोस्। यसो गर्दा यसमा जमेको धुलो हट्छ र हिटर प्रयोग गर्दा गन्ध पनि आउँदैन।

- बन्द कोठामा लामो समयसम्म रुम हिटर वा ब्लोअरहरू चलाउन नदिनुहोस्। हिटर चलाउँदा कार्बन मोनोअक्साइड ग्याँस निस्कन्छ, जुन गन्धविहीन विषाक्त ग्याँस हो। कोठा बन्द भएमा अक्सिजनको कमी हुन्छ । यस्तो अवस्थामा लामो समयसम्म हिटर चलाउँदा निसास्सिन सक्छ ।

– दिन होस् वा रात, हिटर बालेर सुत्नु हुँदैन । सुत्नु अघि हिटर बन्द गर्नुहोस् र बच्चाहरूबाट टाढा ठाउँमा राख्नुहोस्।

– हिटर चलाउँदा कोठाको झ्याल पूर्ण रूपमा बन्द नहोस् भन्ने कुरामा ध्यान दिनुहोस् । कोठामा ताजा हावा भेन्टिलेसनको लागि ठाउँ बनाउनु होस्। तपाईंले हीटर चलाउँदा झ्यालहरू थोरै खुला छोड्न सक्नुहुन्छ।

-  हिटरको वरिपरि प्लाष्टिकको झोला, कागज वा त्यस्ता ज्वलनशील वस्तु नराख्नुहोस्। यस्ता कारणले चोटपटक लाग्ने खतरा हुन्छ ।

- तपाईको घरमा दम वा श्वासप्रश्वासका बिरामी छन् भने कोठामा हिटर चलाउनबाट जोगिनुहोस्। दमका बिरामीहरूलाई हिटरको समस्या हुन सक्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending