काठमाडौँ। शीर्ष टोली जनकपुर बोल्ट्सलाई ३२ रनले हराउँदै चितवन राइनोज नेपाल प्रिमियर लिग ९एनपिएल० को प्ले अफ नजिक पुगेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको खेलमा जितका लागि एक सय ८१ रनको लक्ष्य पछ्याएको जनकपुर १८ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४८ रनमा समेटियो ।
जितसँगै चितवनले सात खेलबाट आठ अङ्क बनाएको छ । चितवनलाई प्ले अफ पुग्न अन्य टोलीको नतिजा पनि पर्खनुपर्ने हुन्छ । अहिले पाँच खेल खेलेको सुदूरुपश्चिम रोयल्स र ६ खेल सकेको कर्णाली याक्सको पनि समान आठ अङ्क छ । लिगमा सबै खेल सकेको जनकपुर यसअघिनै प्ले अफमा पुगिसकेको छ । जनकपुरको सात खेलबाट १० अङ्क छ ।
जनकपुरका लागि जेम्स निसमले अर्धशतकीय पारी खेले। सर्वाधिक ६५ रन बनाएका उनले २४ बलमा पाँच चौका र ६ छक्का हाने।
निसम एनपिएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडी समेत बन्नुभएको छ । उनले १८ बलमै अर्धशतक पूरा गरेको हो । यसअघि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा अर्धशतक पूरा गरेको थिए ।
यस्तै ओपनर आशिफ शेखले २३, शुभ कंशाकरले १५ र मोहमद मोसिनले १३ रन बनाए । कप्तान अनिल शाह आठ रन जोड्दै पेभेलियन फर्किए।
बलिङमा चितवनका सोहिल तन्विर, कप्तान कुशल मल्ल र रिजन ढकालले दुई दुई तथा अमर रौटेला एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८० रनको योगफल बनाएको थियो ।
चितवनका लागि कप्तान कुशल मल्लले अर्धशतकीय पारी खेले । उनले ४१ बल सामना गर्ने क्रममा तीन चौका र सात छक्का प्रहार गर्दै ७२ रनको योगदान दिए ।
रवि बोपाराले ३२ बल खेल्दै पाँच चौका र एक छक्काको मद्दतमा ४४ रन बनाए । यस्तै हसन इसाखिलले २८ र सन्तोष कार्कीले १४ रनको योगदान गरे ।
बलिङमा जनकपुरका लागि ललित राजवंशीले दुई विकेट लिए । हर्ष थाकर, मोहम्मद मोहसिन र जेम्स निसमले एक एक विकेट झारे ।
जनकपुरलाई हराएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स भने आफ्नो अन्तिम लिग खेल नै प्लेअफ होडबाट बाहिरिएका छन् । यस्तै लुम्बिनी लायन्स यसअघि नै लिग चरणबाट बाहिरिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २८ गते, २०८२ - १३:२५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादास्पद नियुक्ति प्रकरणमा दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग गरेको ...
चैत्र २८ गते, २०८२ - १३:१८
ह्युस्टन। आधा शताब्दीपछि मानवलाई पुन: चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र...
चैत्र २८ गते, २०८२ - १३:१२
काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष...
चैत्र २८ गते, २०८२ - १३:०५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बन...
चैत्र २८ गते, २०८२ - १२:५६
काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छ...
चैत्र २८ गते, २०८२ - १२:३२
इस्लामाबाद। मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबिच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएक...
चैत्र २८ गते, २०८२ - १२:१६
काठमाडौं । इरानसँग हुने उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। ...
चैत्र २८ गते, २०८२ - ११:४७
काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो र...
चैत्र २८ गते, २०८२ - ११:३४
सप्तरी। सप्तरीको डाक्नेश्वरी नगरपालिकामा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। नगरपालिकाको वडा नम्बर ९ सखुवा टोल निव...
चैत्र २८ गते, २०८२ - ११:२९
धनगढी। कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचारको लागि लगिएको अवस्थामा अस्पतालबाटै फरार भएका थुनुवालाई प्रहरीले पुन: पक्राउ गरेको छ । भारततर्फ भागिर...


प्रतिकृया लेख्नुहोस्: