काठमाडौँ । गोरखाका अनन्त लामिछानेका २ महिनाका छोराको मुटुमा प्वाल परेपछि अहिले परिवार उपचारको खोजीमा छ । आर्थिक अवस्था कमजोर भएका अनन्तका छोराको उपचारका लागि नेपाल कल्याण समाज जापानको टिमले ४७ हजार रुपैयाँ सहयोग गरेको छ । नेपाल कल्याण समाज जापानका महासचिव समेत रहेका मनकारी युवा व्यबसायी केशव सुवेदीले जापानमा कार्यरत साथीहरु मिलेर उक्त रकम संकलन गरेर वीर अस्पतालका व्यवस्थापक एवं समाजसेवी भवनाथ पुडासैनीको हातबाट बिरामीका अविभावकलाई उक्त रकम हस्तान्तरण गरिएको बताए ।
व्यबसायी सुवेदी जापानको कानागावाको ओदावरा भन्ने स्थानमा कार्यरत छन् । नेपाल कल्याण समाज जापानले स्थापनाकालदेखि नै नेपालका विभिन्न स्थानदेखि दुरदराजका गाउँसम्म यस्तै सहयोग अभियान संचालन गर्दै आइरहेको छ । अनन्त लामिछानेका जम्मा २ महिनाका छोराको लागि वीर अस्पतालका व्यवस्थापक एवं समाजसेवी पुडासैनीले उपचारका लागि लाग्ने खर्च छुटका लागि पनि अस्पताल सञ्चालक मार्फत केही छुटहरू गराइदिएका छन् । गोरखाका भीमसेन थापा गाउँपालिका वडा नम्बर ३ निवासी अनन्त लामिछानेको दुई महिना भएको नवजात शिशुमा मुटुमा प्वाल र अहिले निमोनियाको पनि समस्या देखिएपछि परिवारले सहयोगको अपिल गरेको छ । जापानबाट सहयोग गर्ने सहयोगि दाताहरुको नाम यसप्रकार रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: