Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि काम गर्ने सोच बदल्नुपर्छः नैनसिंह महर

खबरडबली संवाददाता

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले निजामती कर्मचारी र राजनीतिकर्मीले आफ्नो भूमिका र जिम्मेवारीप्रति ईमान्दार हुनु पर्ने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्य समिति सर्वोच्च अदालतको नवौं अधिवेशनमा

महरले सबै आआफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, देश विकास र समाज सेवाका लागि हाम्रा सबैले आ-आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक लिन आवश्यक छ। कर्मचारीहरूले मात्र तलब पाउने उद्देश्य राखेर काम गर्ने र राजनीतिकर्मीहरूले भोट मात्र खोज्ने सोचाइले देशलाई अगाडि बढाउन सक्दैन।  

महरले राजनीतिक नेतृत्व र निजामती कर्मचारीबीचको सहकार्यले मात्र सुशासन र विकास सम्भव हुने बताए। उनले थपे, 'राजनीतिकर्मीहरूले नीति निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ र कर्मचारीहरूले ती नीतिहरूलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्छ। त्यसैमा मात्र देश र जनताले समृद्धिको अनुभूति गर्न सक्छन्।' 

कार्यक्रममा उनले निजामती कर्मचारीहरूका चुनौती र समस्याहरूप्रति सरकारको ध्यानाकर्षण गराउँदै भने, 'कर्मचारीहरूको व्यावसायिक क्षमतामा अभिवृद्धि गर्न, उनीहरूको काम गर्ने वातावरण सुधार गर्न, र उनीहरूको आर्थिक तथा सामाजिक सुरक्षामा ध्यान दिनु आजको आवश्यकता हो। कर्मचारीहरूले प्रोत्साहन पाए मात्र उनीहरूबाट उत्कृष्ट सेवा प्राप्त गर्न सकिन्छ। सरकारले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राखेर काम गर्ने वातावरण निर्माण गर्नुपर्छ ।'

ली क्वान युको स्मरणग्रन्थ ‘सिंगापुर फ्रम थर्ड वर्ल्ड टू फस्ट वर्ल्ड’ लाई महरले उधृत गर्दै भने ‘राम्रो सरकार हुन राम्रा मानिस चाहिन्छ । जतिसुकै राम्रो प्रणाली भए पनि खराब नेताले जनताको हानि गर्दछन् । सिंगापुरको विकासको एक मात्र कारण मन्त्रीहरूको क्षमता र उनीहरूलाई सघाउने उच्चस्तरका कर्मचारीहरू हुन् ।'

कार्यक्रममा महरले भने, 'न्यायालय मात्र होइन, अन्य सरकारी निकायमा पनि कर्मचारीहरूले आफ्नो भूमिका अझ जिम्मेवार र पारदर्शी बनाउन सकून् भन्ने वातावरण निर्माण गर्नुपर्छ। हामीले सुशासन, पारदर्शिता, र समर्पणमार्फत मात्र राष्ट्रलाई नयाँ उचाइमा पुर्‍याउन सक्छौं।'  

साथै महरले निजामति ऐन सबैको साझा विषय भएकाले सबैको हल्लाह र सहकार्यमार्फत थप समृद्द बनाउनुपर्ने कुरामा समेत जोड दिए ।

सर्वोच्च अदालतको विभागीय समितिद्वारा आयोजित कार्यक्रममा निजामती कर्मचारीको अधिकार र उत्तरदायित्वका साथै तल्लो तहसम्म सेवा प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको थियो। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending