Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

भक्तपुर विहान एउटा, दिउँसो अर्काे र राति अर्कै देखिन्छ: सुनिल प्रजापति, भक्तपुर नगरपालिकाका प्रमुख

खबरडबली संवाददाता

भक्तपुर । भक्तपुर महोत्सव २०८१ शुक्रबारदेखि सुरु भएको छ ।

महोत्सव पुस २ गतेसम्म गरी पाँंच दिनसम्म चल्नेछ ।  २६ वर्षपछि भक्तपुर नगरपालिकाले दोश्रो महोत्सव गर्न लागेको हो । यसअघि वि.सं. २०५४ साल कात्र्तिक ६-१० गतेसम्म पाँच दिनको पहिलो पटक “भक्तपुर महोत्सव” गरिएकाे थियाे । 

यसबाहेक २०६९ साल असोज ६ गते एक दिने “भक्तपुर सडक महोत्सव – २०६९”, २०७६ पुस १६ गते “सन्ध्याकालीन सांस्कृतिक सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन प्रदर्शन”, २०७९ चैत्र १८–१९ गते “सम्पदा पदयात्रा तथा स्थानीय उत्पादन तथा घरेलु मेला”, २०८० श्रावण २० गते “भक्तपुरका पोखरीहरुको पदयात्रा मेला” र २०८० पौष १४ गते “बहाबही पदयात्राका साथ योमरी उत्सव” सफलता पूर्वक सम्पन्न गरेको थियोे । 

भक्तपुरको कला, संस्कृति, सम्पदा र यहाँको मौलिक उत्पादन तथा जीवनशैलीबारे स्वदेशी र विदेशी पाहुनाहरूलाई जानकारी गराउँदै भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरी पर्यटन उद्योग मार्फत नगरको आर्थिक गतिविधि वृद्धि गर्दै नगर र नगरवासीको आर्थिक विकासमा योगदान पु¥याउने महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजक भक्तपुर नगरपालिकाले जनाएको छ । महोत्सवका अन्य उद्देश्यहरुमा यहाँका नाचगान, बाजागाजा, हस्तकला, घरेलु उद्योग, सीप, कला, संस्कृतिको प्रर्वद्धन गरी यसलाई आर्थिक गतिविधिसंग जोड्न आवश्यक वातावरण तयार गर्ने रहेको जनाएको छ । भक्तपुरका मौलिक खाद्य सामग्री, संस्कार र जीवनशैलीबारे प्रचारप्रसार गरी यसको व्यवसायीकरणको लागि आवश्यक सहजीकरण गर्ने पनि महोत्सवको उद्देश्य रहेको छ ।

आयोजक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पाँंच दिने महोत्सवभरी भक्तपुरमै बसेर सम्पूर्ण भक्तपुरलाई नजिकबाट चिनेर जान अनुरोध गरे । 'गहिरिएर हेर्ने हो भने भक्तपुर विहान एउटा, दिउँसो अर्काे र साँझ वा राति अर्कै देखिन्छ,' उनले उदाहरण दिंदै थपे, 'जसरी हिमाल विहान सेतो, दिउँसो सफा अनि साँंझ रातो देखिन्छ, त्यसरी नै भक्तपुरलाई एकैदिनमा फरकफरक रुप देख्न सकिन्छ ।'  

महोत्सवका मुख्य आकर्षणहरुका रुपमा सांस्कृतिक कार्यक्रममा बाँसुरी बाजा प्रतियोगिता, भजन, नौबाजा, नगरा वादन, परम्परागत र आधुनिक साँस्कृतिक नाच देखाइने छ भने  प्रदर्शनीमा पौभा, तस्वीर, चित्रकला, छ्वालीकला, परम्परागत पोशाक, हलिमलि, योमरी, परम्परागत वाद्यवादन सामग्री, घरेलु उत्पादन, परम्परागत धागो रंग्याउने, कुमारी जीवित देवी, दिपंकर बुद्ध, नवदुर्गा, शैक्षिक, मृत्तिका कला, परम्परागत खेलकूद, नेवार जीवनशैली, नौ बाजा, बौद्ध प्रकाशन, सहकारी गतिविधि, कृषि उत्पादन, पुस्तक, बुद्ध अस्तु, खेलकुद, परम्परागत तोरीको तेल उत्पादन विधि, सांस्कृतिक जात्रा पर्वको नमूना आदि) मेला महोत्सव (खाना महोत्सव, व्यापार मेला, दही महोत्सव) मनोरञ्जनात्मक गतिविधि (नौका विहार, वाटर साइक्लिङ, बाल मनोरञ्जनात्मक गतिविधि, खेलकुद) आदि इत्यादि रहेको जनाइएको छ ।

महोत्सवलाई पूरै महोत्सवमय बनाउन नगरका ३२ ठाउँहरुमा फरक फरक प्रदर्शनीहरु रहने जनाइएको छ । नगरका विभिन्न स्कुल, कलेजहरु, सहकारी संस्था आदि इत्यादि संस्थाहरुले पनि आफनै रुपमा आफनै ठाउँं वा विभिन्न ठाउँंहरुमा विभिन्न प्रदर्शनीहरु गरिने जनाइएको छ । 

भक्तपुर देशकै सानो जिल्ला (११९ वर्ग कि.मी.) । भक्तपुर जिल्लाका चारवटा नगरपालिकाहरुमध्ये भक्तपुर नगरपालिका नेपालकै सानो नगरपालिकामध्ये एक हो । नेपालको राजधानी काठमाडांैबाट १३ कि.मी. पूर्वमा अवस्थित भक्तपुर नगर भौगोलिक रुपमा सानो नगर (६.८८ वर्ग कि.मी.) भए पनि नेपालकै एक महत्वपूर्ण सा“स्कृतिक र ऐतिहासिक नगर हो ।

 

२०७८ को जनगणना अनुसार भक्तपुर जिल्लामा कुल ४ लाख ३२ हजार १ सय ३२ जनसंख्या रहेको छ भने भक्तपुर नगरपालिकाभित्र ७९ हजार १ सय ३६ जनसंख्या बसोबास गर्दछन् । यस नगरमा आदिवासी नेवारहरुकोे बाहुल्यता रहेको छ । मौलिक नेवारी जीवनशैली र परम्परामा आधारित यहाँका साँस्कृतिक एवम् ऐतिहासिक सम्पदाहरु विश्व प्रसिद्ध छन् । 


भक्तपुरकोे मौलिक सा“स्कृतिक पहिचानलाई सम्मान गर्दै सन् १९७९ मा युनेस्कोले भक्तपुरको दरबार क्षेत्र लगायतका सम्पदा क्षेत्रलाई विश्व सम्पदामा सूचिकृत गरेको थियो । भक्तपुर नगर भक्तपुर जिल्लाको प्रशासनिक केन्द्र मात्र नभई नेपालकै ऐतिहासिक र सा“स्कृतिक केन्द्रको रुपमा समेत परिचित छ । यहा“का शताब्दीऔं पुराना मठ– मन्दिर, बहाबही, देवालय, शिवालय, पीठ, द्योछे“, दरबार, सत्तल, पाटीपौवा र ढुङ्गेधारा विश्वस्तरकै वास्तुकलाका नमूना हुन् । वार्षिक लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरु यहा“का मूर्तिकला, चित्रकला र धातुकलाका उत्कृष्टता देखेर मोहित भएर फर्किन्छन् । भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेका ती अमूल्य सम्पदाहरुकोे सरंक्षण, प्रवद्र्धन र सदुपयोग गर्दै भक्तपुरमा पर्यटन उद्योगको आधार तयार पार्ने प्रयास गरिरहेको छ निरन्तर । 


महोत्सवलाई व्यवस्थित र भव्यताका साथ संचालन गर्न नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिहरु, जिल्लास्थित सम्पूर्ण कार्यालय प्रमुखहरु, निजी क्षेत्रका संघ संस्थाका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको सहभागितामा १६१ सदस्यीय मूल समारोह समिति, २५ सदस्यीय निर्देशक समिति, विभिन्न १३ वटा विषयगत समिति र १ सचिवालय समिति गठन गरी निरन्तर भव्य तयारी चलिरहेको छ । यसकारण यतिखेर भक्तपुर महोत्सबमय बनेको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चर्च ब्वाइज काठमाडौँ विराट गोल्ड कपको सेमिफाइनलमा

मोरङ । ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल–२०८२ प्रतियोगिताअन्तर्गत आज राति भएको खेलमा चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको छ ।...

सुनले झपक्कै मन्त्रिपरिषद् : सरकार चल्ला कि सुनकै तौलमा ढल्ला ?

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद् अहिले नीतिले भन्दा पनि सुनले बढी चम्किएको देखिन्छ। आज सार्वजनिक गरिएको सम्पत्ति विवरण हेर्दा लाग्छ—यो...

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस संरक्षण अभियान’ सञ्चालन गरेको छ । स्थानीय बास...

परराष्ट्रमन्त्री खनालको सम्पत्तिः २२ तोला सुन

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरण सार्वजनिक भएको छ । उक्त विवरण अनुसार मन्त्री खनालसँग विभिन्न कम्पनीमा लगानीदेखि सुनसम्म रहेको ...

तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापा। झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका ...

बालेनको खातामा १ करोड ४६ लाख, सम्पत्तिको स्रोत– ‘फेसबुक, युट्युब र टिकटक’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को खातामा १ करोड ४६ लाख रुपैयाँ रहेको पाइएको छ । आज सार्वजनिक भएको प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण...

सुक्खा तरकारीका लागि पनि आयातकै भर

काठमाडौं। नेपालमा अधिकांश दैनिक उपभोग्य वस्तुका लागि आयातमै निर्भर हुनुपर्ने अवस्था त सुनेकै छौँ, तर सुकुटी अर्थात् सुक्खा तरकारीको अवस्था पनि त्यस्तै...

चीनद्वारा भारतीय भूभागको नाम परिवर्तन प्रयासप्रति भारतको कडा आपत्ति

काठमाडौं । चीनले भारतीय भूभागभित्र पर्ने स्थानहरूको नाम परिवर्तन गर्ने प्रयास गरेको भन्दै भारतले कडा आपत्ति जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक...

भारतीय नम्बरप्लेटका सवारी प्रतिबन्धप्रति सर्लाहीमा सर्वदलीय विरोध, आन्दोलनको चेतावनी

सर्लाही । भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा लगाइएको प्रतिबन्धको निर्णयविरुद्ध सर्लाहीमा राजनीतिक दलहरूले एकजुट भएर विरोध जनाएका छन्। जिल्लामा ...

मकवानपुरमा ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद

हेटौँडा। मकवानपुर जिल्लामा अवैध रूपमा घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको छ।...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending