Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

परराष्ट्रमन्त्री डा. राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता

खबरडबली संवाददाता

काठमाडौं । परराष्ट्रमन्त्री डा‍. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन्। युरोपेली मामिला एवं वैदेशिक व्यापार सम्बन्धी मन्त्रीसमेत रहेकी बर्नार्डसँगको सो भेटका क्रममा उनीहरुबीच नेपाल बेल्जियम सम्बन्ध, आपसी हित र आगामी दिनमा गर्न सकिने सहकार्य लगायत विषयमा कुराकानी भएको थियो।

सो भेटका क्रममा मन्त्री डा राणाले नेपाल आगामी सन् २०२६ बाट अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी गराउँदै सो प्रक्रियालाई सहज र दिगो बनाउन तथा नेपाललाई आर्थिक, प्राविधिक लगायतको सहयोगका लागि बेल्जियमसँग आग्रह गरेकी थिइन्।

सो भेटका क्रममा नेपाल र बेल्जियमबीचको आर्थिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ बनाउने र विशेषगरी प्राथमिकता प्राप्त क्षेत्रमा लगानीमार्फत आर्थिक साझेदारीलाई थप विस्तृत बनाउने विषयमा पनि कुराकानी भएको थियो।

नेपालको सामाजिक आर्थिक रुपान्तरणका लागि युरोपियन युनियनमार्फत् तथा बेल्जियम सरकार स्वयंले पुर्‍याउँदै आएको सहयोगका लागि बेल्जियम सरकारलाई मन्त्री डा देउवाले धन्यवाद ज्ञापन गरेकी थिइन्।

सो भेटका क्रममा परराष्ट्रमन्त्री डा राणाले आफूले केही दिनअघि हेगस्थित अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असरबारे प्रस्तुत गर्दै जलवायु न्यायका बारेमा कुरा उठाएको जानकारी पनि उनलाई गराएकी थिइन्।

जलवायु परिवर्तनका कारण पछिल्ला वर्ष नेपालले अकल्पनीय क्षति ब्यहोर्नुपरिरहेको जानकारी गराउँदै नेपालले पाउनुपर्ने जलवायु न्यायका पक्षमा सहयोग गर्न बेल्जियम सरकार र बेल्जियम मार्फत युरोपियन युनियनसँग उनले आग्रह पनि गरिन्।

सो वार्तामा मन्त्री डा राणाले नेपाल आन्तरिक रूपमा शान्ति प्रक्रिया टुङ्ग्याउने अन्तिम चरणमा पुगेको र यसका लागि आवश्यक नियम कानुनहरू निर्माण भएका जानकारी पनि गराइन्।

साथै उनले विदेशमन्त्री बर्नार्डसँग संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य र मानवअधिकार आयोगको सदस्यमा नेपालले उम्मेदवारी दिन लागेकाले त्यसमा नेपालले बेल्जियम सरकारको सहयोगको अपेक्षा गरेको पनि बताएकी थिइन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending