काठमाडौं । गृहमन्त्रीस्तरको निर्णयले नेपाल प्रहरीका चार प्रदेश प्रमुख हेरफेर भएका छन् । एसएसपीबाट डीआईजी बढुवा भएकाबाट दुई र अरु दुई गरी चार प्रदेशको प्रहरी नेतृत्व फेरिएको हो ।
बिहीबार राति प्रकशित पदस्थापन तथा सरुवा सूचीअनुसार कोशी प्रदेशको प्रहरी प्रमुखमा राजन अधिकारी सरुवा भएका छन् । त्यहाँका चन्द्रकुवेर खापुङ केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) गएका छन् ।
प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेका डीआईजी दानबहादुर कार्की लुम्बिनी प्रदेश प्रमुखका रुपमा सरुवा भए । त्यहाँका कुबेर कडायत कार्कीको ठाउँमा खटिएका छन् । अब उनले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने छन् ।
बढुवा हुनेमध्ये भोलाबहादुर रावल गण्डकी प्रदेशमा पदस्थापित भएका छन् । अर्का नवनियुक्त डीआईजी गणेश चन्द सुदुरपश्चिममा पदस्थापन भएका छन् ।
यसअघि गण्डकी प्रदेशमा रहेकी दुर्गा सिंह प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा र सुदुरपश्चिमका रवीन्द्र केसी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालयमा सरुवा भए ।
अख्तियार अनुसन्धान विभागका डीआईजी बुद्धिराज गुरुङ एआइजीमा बढुवा भएर रिक्त रहेको दरबन्दीमा नवनियुक्त डीआईजी हिमालयकुमार श्रेष्ठको पदस्थापन भएको छ । डा।मनोजकुमार केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्ज सरुवा भएका छन् ।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: