Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

३५ वर्षपछि सञ्चालनमा आउँदै टीकापुर विमानस्थल, ३० गतेदेखि नियमित उडान हुने

खबरडबली संवाददाता

काठमाडौं। कैलालीको टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउने भएको छ। विसं २०४६ सालमा द्वन्द्वका कारण बन्द भएको विमानस्थल यही मङ्सिर ३० गतेदेखि सञ्चालनमा आउन लागेको हो।

पर्यटन व्यवसायी र स्थानीय तहको सक्रियातमा विमानस्थल सञ्चालनमा आउन लागेको हो। विमानस्थलमा हवाई उडानका लागि तारा एयरसँग टीकापुर नगरपालिकाले न्यूनतम १५ सिटका लागि सुनिश्चितासहित सहमति गरेको टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले जानकारी दिए। विमानस्थलमा यसअघि नेपाल वायुसेवा निगम र तारा एअरले परीक्षण उडान गरिसकेका छन्।

विमानस्थलमा यही मङ्सिर ३० गते आइतबार पहिलो उडान हुनेछ भने दोस्रो उडान आगामी पुस ४ गते बिहीबार हुनेछ। त्यसपछि प्रत्येक साता आइतबार र बिहीबार एक÷एक उडान हुने गरी तालिका निर्धारण गरिएको छ।

तालिकाअनुसार यति एयरलाइन्सले काठमाडौं–नेपालगञ्ज र नेपालगञ्जबाट कनेक्टिङ फ्लाइटमार्फत तारा एयरले नेपालगञ्ज–टीकापुर उडान भर्नेछ। टीकापुरमा भएका यात्रुलाई तारा एयरले नेपालगञ्ज ल्याउने र त्यहाँबाट यति एयरलाइन्सले काठमाडौं ल्याउनेछ। यसका लागि एकमुष्ट काठमाडौँ–टीकापुरको एक तर्फी भाडा रु नौ हजार निर्धारण गरिएको छ।

टिकट बिक्रीका लागि आधिकारिक बिक्रेतामा पथिल होलिडेजलाई नियुक्त गरिएको छ। साथै यात्रुहरुले यति एयरलाइन्सको एप, विभिन्न ट्राभल एजेन्सी, खल्ती, इसेवालगायतका माध्यमबाट टिकट खरिद गर्न पनि सक्नेछन्। टीकापुरस्थित सिद्धार्थ होटल र काठमाडौंको तीनकुनेमा रहेको पथिल होलिडेजबाट पनि टिकट काट्न मिल्ने गरी व्यवस्था गरिएको छ।

विमानस्थल सञ्चालनमा आएपछि धनगढी र नेपालगञ्ज विमानस्थल धाइरहेका टीकापुर नगरपालिका आसपासका कैलाली, सुर्खेत र बर्दियाका स्थानीयलाई सहज हुने अपेक्षा गरिएको छ। टीकापुरका नगरप्रमुख थारुले स्थानीयको चाहनाबमोजिम विमानस्थल सञ्चालनमा ल्याउनका लागि सिद्धार्थ हस्पिटालिटीले सेवाप्रदायकसँग समन्वय गरी दिएकोमा धन्यवाद दिए। टीकापुर विमानस्थलमा अहिले चारैतिरबाट काँडेतारको छेकबार छ भने धावनमार्गमा ग्राभेल गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमान कम्पनीले उडानको माग गर्ने र प्राधिकरणले भाडादर तोकेर जनशक्ति खटाउने बताए।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेले विमानस्थल सञ्चालनमा आएपछि टीकापुरलाई पर्यटकीय सहरका रुपमा विकास गर्न सकिने बताए। ‘टीकापुर विमानस्थलमा भएको सम्पत्ति लामो समयदेखि प्रयोगमा आउन सकेको छैन, विमानस्थल सञ्चालनमा आएपछि त्यहाँको आर्थिक तथा पर्यटकीय गतिविधि बढ्नेछ’, उनले भने।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले काठमाडौं–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौं उडानको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनका अनुसार प्रत्येक साता आइतबार र बिहीबार उडान हुनेछ। काठमाडौंबाट विहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान गर्नेछ भने त्यहाँबाट दिउँसो १२ः३० बजे तारा एयरले यात्रु लिएर टीकापुर पुग्नेछ। सोही दिन दिउँसो १ः२० बजे तारा एयरको विमान नेपालगञ्जका लागि प्रस्तान गर्नेछ भने दिउँसो २ः०५ बजे यति एयरलाइन्सको विमानले यात्रु लिएर काठमाडौं आउनेछ।

त्यसैगरी काठमाडौंदेखि अछामको साँफेबगरस्थित विमानस्थलमा उडानका लागि पनि साँफेबगर नगरपालिका र तारा एयरबीच सहमति भइसकेको छ। यद्यपि साँफेबगरस्थित विमानस्थलमा परीक्षण उडानपछि मात्रै नियमित उडान हुनेछ। साँफेबगर नगरपालिकाले पनि तारा एयरसँग न्यूनतम १५ सिटका लागि सुनिश्चित गर्ने सम्झौता गरिसकेको छ। अर्थात् न्यूनतम १५ सिट नभएमा नगरपालिकाले सो बराबरको रकम उपलब्ध गराउनेछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

विकास पुग्यो तर बस्ती रित्तिए: पाल्पाका गाउँहरू वृद्धवृद्धाको सहारामा मात्रै

पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...

श्रीमती लिन ससुराली पुगेका युवकलाई सालोले आगो लगाइदियो, बचाउन गएकी भाउजूको पनि मृत्यु

काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending