काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको पूर्ण बैठक केहिबेर अघिबाट सुरु भएको छ । केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा दुई लागि बोलाइएको बैठक भोलि ९शनिबार०सम्म चल्नेछ ।
हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा जसपा नेपालले प्राप्त गरेको चुनावी मत परिणाम र निर्वाचनमा पार्टी नेतृत्वको भूमिका बारे बैठकमा समिक्षा हुँदैछ ।
यही मङ्सिर मसान्तमा पहिलो चरणको सम्पन्न हुने गरी चार महिनाअघि सुरु भएको ‘जनतासँग जसपा नेपाल, सङ्गठन विस्तार अभियान’ को विस्तृत समिक्षा र यस अभियानको प्रभावकारी निरन्तरता पनि बैठकको प्रमुख एजेण्डा रहेको छ ।
सङ्गठन विस्तारको जारी अभियान जनस्तरमा अत्यन्तै प्रभावकारी देखिएको हुँदा यसलाई आगामी दिनमा थप व्यवस्थित ढङ्गले निरन्तरता दिनुपर्ने पार्टी नेतृत्वको प्रारम्भिक बुझाइ रहेको बताइन्छ ।
यसका साथै, पार्टीको आगामी सङ्गठनात्मक कार्यदिशा र पार्टीको निजी भवन निर्माणबारे पनि बैठकमा छलफल हुने बताइएको छ । बैठक शनिबार सम्पन्न हुने छ ।
स्थानीय उप निर्वाचनमा कुल १२ स्थानमा उम्मेदवारी दिएको जसपा नेपालले मधेश प्रदेशमा दुई वटा वडा अध्यक्षमा विजयी भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: