चितवन। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको बताएको छन् । शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालको भवन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको बताए ।
‘‘केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ । ०४६ पछाडी जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो ? थाहा नहुन सक्छ । आफ्नै बुबाहरूसँग, अघिल्लो पुस्तासँग सोध्न सकिन्छ,’’ उपप्रधानमन्त्री सिंहले भने,’’ व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ । सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ ।’’
परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको बताए।
त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री सिंहले नेशनल सिटी अस्पतालको नवनिर्मीत भवनको उद्घाटन गर्दै अस्पतालले स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - १७:१९
सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...
माघ ७ गते, २०८२ - १७:०६
चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...
माघ ७ गते, २०८२ - १६:५६
रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...
माघ ७ गते, २०८२ - १६:४२
रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...
माघ ७ गते, २०८२ - १६:१४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...
माघ ७ गते, २०८२ - १५:५३
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड धरौटी माग गरेको छ । सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा...
माघ ७ गते, २०८२ - १५:५०
काठमाडौं । निवर्तमान सञ्चारमन्त्री जगदीश खरेलले आगामी निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । जेनजी आन्दोलनपछि ...
माघ ७ गते, २०८२ - १५:०७
झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ५ बाट मनोनयन दर्ता गरेका छन् । मनोनयन दर्ताका क्रममा रास्वपा र ...
माघ ७ गते, २०८२ - १४:३२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार उनले झापा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले अधिकृतको कार्यालय पुगेर भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्...




प्रतिकृया लेख्नुहोस्: