मकवानपुर । बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्ले नुवाकोटका उपेन्द्र बुढाथोकी र विजय गुरुङलाई विभिन्न समितिको अध्यक्षमा नियुक्त गरेको छ ।
बागमती प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालयले बिदुर नगरपालिकाका व्यवसायी एवं कांग्रेस निकट उपेन्द्र बुढाथोकीलाई त्रिशुली अस्पताल संचालन तथा व्यवस्थापन समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ । मन्त्रालयको मिति २०८१ मंसिर २७ को मन्त्रीस्तरीय निर्णय अनुसार, 'प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ को पहिलो संशोधन २०८१' को दफा २६क उपदफा ९२० र ९९० अनुसार बुढाथोकीलाई नियुक्त गरिएको हो।
नियुक्तिपत्रमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका निमित्त सचिव सागरप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् । स्वास्थ्य मन्त्रालयले उनलाई जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने अपेक्षासहित त्रिशुली अस्पतालको व्यवस्थापन सुधार र सेवा विस्तारमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
यस्तै, प्रदेश खेलकुद विकास परिषद्ले म्यागङ गाउँपालिका निवासी विजय गुरुङलाई नुवाकोट जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्त गरेको छ। नियुक्ति प्रदेश खेलकुद विकास ऐन, २०७५ को दफा १२ उपदफा (१) र प्रदेश खेलकुद विकास नियमावली, २०७६ (संशोधन सहित) को नियम ९३० उप नियम १ (क) बमोजिम चार वर्षको कार्यकालका लागि गरिएको हो। सदस्य–सचिव दीपक लामाद्वारा हस्ताक्षर गरिएको नियुक्तिपत्रमा गुरुङलाई प्रचलित नियम कानून अनुसार काम गर्न भनिएको छ।
नियुक्त दुवैजना बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा निकट मानिएका व्यक्तिहरू हुन् । उपेन्द्र बुढाथोकी त्रिशुली अस्पतालको अध्यक्ष बनेका छन् भने विजय गुरुङ नुवाकोट जिल्लाका खेलकुद विकास समितिको अध्यक्ष बनेका छन् । दुवैजना मुख्यमन्त्रीको निर्वाचन क्षेत्र नुवाकोट क्षेत्र नम्बर २ का बासिन्दा हुन् । बुढाथोकी बिदुर नगरपालिकाका हुन् भने गुरुङ म्यागङ गाउँपालिकाका हुन् । दुवै कांग्रेस निकट हुन् भने मुख्यमन्त्री लामा निकट कार्यकर्ताका रूपमा चिनिन्छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २३ गते, २०८३ - ०८:१६
काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...
आषाढ़ २३ गते, २०८३ - ०८:०१
काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...
आषाढ़ २३ गते, २०८३ - ०७:४८
काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...
आषाढ़ २३ गते, २०८३ - ०७:४१
सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...
आषाढ़ २३ गते, २०८३ - ०७:३७
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...
आषाढ़ २३ गते, २०८३ - ०७:३०
काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...
आषाढ़ २३ गते, २०८३ - ०७:२७
काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...
आषाढ़ २३ गते, २०८३ - ०७:२२
बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...
आषाढ़ २३ गते, २०८३ - ०७:१६
पाल्पा । पाल्पाका ग्रामीण क्षेत्रका अधिकांश घरका ढोकामा अहिले ताल्चा झुण्डिएका देखिन्छन्। रोजगारी, उच्च शिक्षा र नयाँ पेसा व्यवसायको खोजीमा युवापुस्ता...
आषाढ़ २३ गते, २०८३ - ०७:११
काठमाडौं । भारतको पञ्जाब राज्यको तरनतारन जिल्लामा पारिवारिक विवादले दुःखद रूप लिँदा दुई जनाको ज्यान गएको छ। श्रीमतीलाई घर फर्काउन ससुराली पुगेका एक यु...



प्रतिकृया लेख्नुहोस्: