Khabar Dabali ८ माघ २०८२ बुधबार | 21st January, 2026 Wed
Investment bank

सवारीसाधन व्यवस्थापनको लागी इ–रिक्सा नियमन सुरु

खबरडबली संवाददाता

लुम्बिनी। रुपन्देहीको सद्धार्थनगर नगरपालीकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा देखिएका अटो टेम्पो तथा इ–रिक्सा (तिनपाङग्रे) सवारीसाधन व्यवस्थापनको लागी नियमन सुरु गरेको छ ।

सबै सरोकारवालाहरुको सर्वपक्षिय छलफलबाट बिना दर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा सञ्चालन हुँदै आएका अटो टेम्पो तथा इ–रिक्सालाई व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले मापदण्ड तयार पारेको थियो । उक्त मापडण्ड अनुसार सिद्र्धानगरमा बढीमा ५ सय अटो तथा ईरिक्सा सञ्चालन गर्न पाउने व्यवस्था छ । 

त्यसका लागि नगरपालिकाले पटकपटक सूचना प्रकाशित गरी ४ सय ७३ वटा ई रिक्सा दर्ता गराएको छ। अब दर्ता भएका ई रिक्सालाई मात्र नगरभित्र सञ्चालन गर्न दिनका लागि नियमन सुरु भएको हो । जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा नियमन अभियान सुरु गरिएको हो । 

नगरपालिकाले हालै मात्र भर्ना गरेका नगर प्रहरी खटाएको छ । बुधबरदेखि एक हप्तासम्म नियमन गरिने र त्यसपछि अटेर गर्नेलाई कारबाही प्रकृयामा अगाडी बढाईने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । दर्ता भए नभएको सजिलै छुटयाउनको लागि नगरपालिकामा दर्ता भएका ई रिक्सालाई पहेलो रगंको हाफ ज्याकेट समेत वितरण गरिएको छ ।

सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खानले नगरमा व्यवस्थित पाकीङ्ख गरी ट्राफीक व्यवस्थापन गर्ने, नगरकलाई सुन्दरीकरण गर्ने, सही भाडादर लागु गर्ने उद्येश्यका साथ इ रिक्साको नियमन सुरु गरिएको बताए। ‘सिद्धार्थनगरलाई व्यवस्थित र सुन्दर बनाउने उदेश्यका साथ हामी अगाडी बढेका छनौ । यसमा सवैको सहयोगको पनि आवश्यक छ,’ उनले भने।

सिद्धार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधीकारीले ई रिक्सा व्यवस्थापनका लागि आफूहरु निर्वाचीत भएर आए देखिनै लागि परेको र अहीले यो अभियान सफताउन्मुख भएको बताए । उनले नगरपालिकाले तोकेको मापदण्ड पुरा गरेर मात्र आफ्ना ईरिक्सा चलाउन सम्बन्धीत सवारी धनीहरुलाई आग्रह समेत गरे। 

जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरिक्षक रन्जु केसीले अटो टेम्पो तथा इरिक्सासँग सम्बन्धित मापदण्ड पूर्ण रुपमा कार्यान्यवनमा लगिने भएकाले मापदण्ड पुरा गरेर मात्र तीनपाङग्रे सवारी साधन चलाउन आग्रह गरे। 

नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बिमालाई अनिवार्य गरिएको छ । गैरनेपाली नागरिक र बिना दर्ताका अटो टेम्पो तथा इरिक्सा संचालनमा भने प्रतिबन्ध लगाइएको छ । मापदण्ड अनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्रि सडकमा सञ्चालन गर्नु पर्ने, रुट इजाजत लिनु पर्ने, यात्रुसँग निर्धारित भाडामात्र लिनु पर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनु पर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारी साधनको अग्रभागमा राख्नु पर्ने लगायतका मापदण्ड छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोरखाका दुई निर्वाचन क्षेत्रमा २७ जनाको मनोनयन दर्ता

सुलीकोट। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा जिल्लाका दुई निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २७ जना...

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर । षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका  ५० परिवार पानीको समस्याले पीड...

सुनको भाउ तोलामा १० हजार ४ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ...

झापा–५ मा सबैभन्दा बढी र १ मा सबैभन्दा कम उम्मेदवारी दर्ता

दमक। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नंं। ५ मा सबैभन्दा बढी उम्मेदवारी परेको छ । देशकै ध्यान केन्द्रित भएको झा...

३६ देखि ५० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा धेरै

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन हुने १६५ सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये ३...

सर्लाही-४ मा सभापति गगन थापाको वारेसमार्फत उम्मेदवारी दर्ता

सर्लाही । कांग्रेस सभापति गगन थापाले सर्लाही-४ बाट मनोनयन दर्ता गराएका छन् । आफू टिकट वितरणमा व्यस्त भएपछि सभापति थापाले वारेसमार्फत उम्मेदवारी दर्ता ...

रवि लामिछानेले वारेसबाट दर्ता गरे उम्मेदवारी

चितवन। आगामी प्रतिनिधि सभा निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वारेसमार्फत चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता गरेक...

रुकुम पश्चिमबाट जनार्दन शर्माले गराए उम्मेदवारी दर्ता

रुकुम । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुम पश्चिमबाट उम्मेदवारी दर्ता गरेका छन् । मुख्य नि...

रौतहट-२ मा अफताब आलमका छोराले गराए कांग्रेसबाट उम्मेदवारी दर्ता

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका स्वर्गीय नेता अफताब आलमका छोरा डा। फिरदोस आलमले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा...

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन् । सोमबार पोखराबाट पक्राउ गरेर काठमाडौं ल्याइएका नागरिक बचाउ महाअभियानका संयो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending