लुम्बिनी। रुपन्देहीको सद्धार्थनगर नगरपालीकाले नगरको ट्राफिक व्यवस्थापनमा मुख्य चुनौतीको रुपमा देखिएका अटो टेम्पो तथा इ–रिक्सा (तिनपाङग्रे) सवारीसाधन व्यवस्थापनको लागी नियमन सुरु गरेको छ ।
सबै सरोकारवालाहरुको सर्वपक्षिय छलफलबाट बिना दर्ता र अव्यवस्थित रुपमा भैरहवा क्षेत्रमा सञ्चालन हुँदै आएका अटो टेम्पो तथा इ–रिक्सालाई व्यवस्थित गर्न सिद्धार्थनगर नगरपालिकाले मापदण्ड तयार पारेको थियो । उक्त मापडण्ड अनुसार सिद्र्धानगरमा बढीमा ५ सय अटो तथा ईरिक्सा सञ्चालन गर्न पाउने व्यवस्था छ ।
त्यसका लागि नगरपालिकाले पटकपटक सूचना प्रकाशित गरी ४ सय ७३ वटा ई रिक्सा दर्ता गराएको छ। अब दर्ता भएका ई रिक्सालाई मात्र नगरभित्र सञ्चालन गर्न दिनका लागि नियमन सुरु भएको हो । जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा नियमन अभियान सुरु गरिएको हो ।
नगरपालिकाले हालै मात्र भर्ना गरेका नगर प्रहरी खटाएको छ । बुधबरदेखि एक हप्तासम्म नियमन गरिने र त्यसपछि अटेर गर्नेलाई कारबाही प्रकृयामा अगाडी बढाईने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए । दर्ता भए नभएको सजिलै छुटयाउनको लागि नगरपालिकामा दर्ता भएका ई रिक्सालाई पहेलो रगंको हाफ ज्याकेट समेत वितरण गरिएको छ ।
सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खानले नगरमा व्यवस्थित पाकीङ्ख गरी ट्राफीक व्यवस्थापन गर्ने, नगरकलाई सुन्दरीकरण गर्ने, सही भाडादर लागु गर्ने उद्येश्यका साथ इ रिक्साको नियमन सुरु गरिएको बताए। ‘सिद्धार्थनगरलाई व्यवस्थित र सुन्दर बनाउने उदेश्यका साथ हामी अगाडी बढेका छनौ । यसमा सवैको सहयोगको पनि आवश्यक छ,’ उनले भने।
सिद्धार्थनगर नगरपालिकाकी उप प्रमुख उमा अधीकारीले ई रिक्सा व्यवस्थापनका लागि आफूहरु निर्वाचीत भएर आए देखिनै लागि परेको र अहीले यो अभियान सफताउन्मुख भएको बताए । उनले नगरपालिकाले तोकेको मापदण्ड पुरा गरेर मात्र आफ्ना ईरिक्सा चलाउन सम्बन्धीत सवारी धनीहरुलाई आग्रह समेत गरे।
जिल्ला ट्राफीक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरिक्षक रन्जु केसीले अटो टेम्पो तथा इरिक्सासँग सम्बन्धित मापदण्ड पूर्ण रुपमा कार्यान्यवनमा लगिने भएकाले मापदण्ड पुरा गरेर मात्र तीनपाङग्रे सवारी साधन चलाउन आग्रह गरे।
नगरपालिकामा दर्ता हुनका लागि सम्बन्धित व्यवसायीसँग ब्लू–बुक, सवारीचालक अनुमतिपत्र र बिमालाई अनिवार्य गरिएको छ । गैरनेपाली नागरिक र बिना दर्ताका अटो टेम्पो तथा इरिक्सा संचालनमा भने प्रतिबन्ध लगाइएको छ । मापदण्ड अनुसार मुख्य सडकबाहेक किनाराका सर्भिस लेन र नगरका भित्रि सडकमा सञ्चालन गर्नु पर्ने, रुट इजाजत लिनु पर्ने, यात्रुसँग निर्धारित भाडामात्र लिनु पर्ने, तोकिएको स्थलमा मात्र पार्किङ गरिनु पर्ने, नगरपालिकामा दर्ता भएको संकेत सवारी साधनको अग्रभागमा राख्नु पर्ने लगायतका मापदण्ड छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८३ - १२:२१
बिर्तामोड। झापाको बाह्रदशी गाउँपालिकाको नयाँ प्रशासकीय भवनबाट लडेर घाइते भएका कामदारको उपचारको क्रममा मृत्यु भएको छ । मंगलवार बिहान ९:४० बजे बाह्...
आषाढ़ २४ गते, २०८३ - १२:०९
काठमाडौँ। प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । एमालेका सांसद राजेन्द्रकुमार राईले सभामुखले कान सुन्नुहुन्छ कि हुन्न ? भनि आफ्नो अभिव्य...
आषाढ़ २४ गते, २०८३ - ११:५९
रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स–रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनम...
आषाढ़ २४ गते, २०८३ - ११:३०
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग बुधबार विशेष स...
आषाढ़ २४ गते, २०८३ - ११:१८
काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। राष्ट्रि...
आषाढ़ २३ गते, २०८३ - १८:०५
काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...
आषाढ़ २३ गते, २०८३ - १७:२०
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...
आषाढ़ २३ गते, २०८३ - १७:०४
काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...
आषाढ़ २३ गते, २०८३ - १६:५६
काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...
आषाढ़ २३ गते, २०८३ - १६:३६
काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...



प्रतिकृया लेख्नुहोस्: