काठमाडौं । चलचित्र पूर्णबहादुरको सारंगीको सफलतापछि गायक तथा अभिनेता प्रकाश सपुतलाई भ्याई नभ्याई छ । यतिबेला आफ्नै व्यानरमा निर्माण भईरहेको चलचित्र ‘बसन्त’को निर्माणमा प्रकाश व्यस्त छन् । यसैबीच उनी अरु तीनवटा चलचित्रमा आवद्ध भईसकेका छन् ।
जसमध्य उनको अर्को चलचित्र ‘सोल्टिनी’को निर्माण घोषणा गरिएको छ । चलचित्र बसन्तको छायाँकन सम्पन्न गर्न लागेको प्रकाश अव दुई सातापछिबाट चलचित्र सोल्टिनीको छायांकनमा जोडिने भएका छन् । यो चलचित्र १० पुषबाट छायांकन सुरु गरिने भएको छ ।
चलचित्र रङ्गेली निर्देशक अर्जुन सुवेदीले नयाँ चलचित्र सोल्टिनीको मंगलबार निर्माण घोषणा गरेका छन् । यो चलचित्र शिर्षक भिडियो सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो ।
अभिनेता प्रकाश सपुतले अहिले निर्माण गरेको चलचित्र बसन्त जातीय विभेदको कथामा रहेको छ । यस्तै अब बन्ने चलचित्र सोल्टिनी पनि जातीय विभेदको कथामा रहेको यसका निर्देशकले बताएका छन् । लामो समयदेखि जातीय विभेदका बिरुद्ध आवाज उठाईरहेका कारण पनि सोल्टिनीमा प्रकाश सपुतलाई नै अनुबन्धित गरिएको पनि निर्देशक अर्जुनको भनाई छ ।
चलचित्रमा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ । भोजपुरबाट यो चलचित्रको छायांकन सुरु गरिने निर्देशक अर्जुनले बताएका छन् । प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो चलचित्रको अहिले अभिनय कार्यशाला चलिरहेको छ । चलचित्र घोषणासँगै रिलिज मिति पनि २०८२ सालको ३ असोज संविधान दिवसको दिनलाई तोकिएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - ०९:२४
कास्की । पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गरा...
आषाढ़ ६ गते, २०८३ - ०९:२१
म्याग्दी । म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यान्न बाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरू रासायनिक मल नपाएर...
आषाढ़ ६ गते, २०८३ - ०९:२०
काठमाडौँ । यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही दिन)को अन्तरालमा विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकर...
आषाढ़ ६ गते, २०८३ - ०९:१३
काठमाडौं । नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकापसमा ठोक्किँदा एक महिलाको मृत्यु भ...
आषाढ़ ६ गते, २०८३ - ०९:११
काठमाडौँ । गर्मीयाम सुरु भएसँगै बजारमा लिचीको बिक्री बढेको छ । स्वादिलो, रसिलो र पोषक तत्वले भरिपूर्ण मानिने लिची स्वास्थ्यका लागि लाभदायक भए पनि खाली...
आषाढ़ ६ गते, २०८३ - ०८:४९
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ मा ब्राजिलले प्रभावशाली जित दर्ता गर्दै शीर्ष स्थान कब्जा गरेको छ भने हाइटीको यात्रा समूह चरणमै टुंगिए...
आषाढ़ ६ गते, २०८३ - ०८:४१
विराटनगर। सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर दौडाउँदै यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उक्त सिटी सफारी र त्यसका...
आषाढ़ ६ गते, २०८३ - ०८:३७
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुर स्थित फूलबारी क्षेत्रमा दुईवटा अटो एक–आपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था...
आषाढ़ ६ गते, २०८३ - ०८:३४
ललितपुर । वर्षौंदेखि चलिआएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आज शनिबार भोटो देखाउने कार्यक्रम हुँदैछ। परम्पराअनुसार ...
आषाढ़ ६ गते, २०८३ - ०८:३०
काठमाडौँ । नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भूभागमा स्थानीय...



प्रतिकृया लेख्नुहोस्: