Khabar Dabali २४ असार २०८३ बुधबार | 8th July, 2026 Wed
Investment bank

काठमाडौँका १८ स्थानमा वायु प्रदूषण मापन यन्त्र जडान गर्दै महानगर

खबरडबली संवाददाता

काठमाडौँ। वायु प्रदूषण मापनका लागि काठमाडौँ महानगरपालिकाले १८ ठाउँमा यन्त्र जडान गर्ने भएको छ । मङ्गलवार उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौँ प्लाजाको सडकतर्फको खण्डमा उपकरण जडान शुभारम्भ गरेको हो । 

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले पार्टनरसिप फर हेल्दी सिटिजसँगको सहकार्यमा महानगरपालिका क्षेत्रभर वायु गुणस्तर निगरानी गर्न उपकरणहरू जडान गरेको महानगरले जनाएको छ । 

उपकरण शुभारम्भपछि बोल्दै उपप्रमुख डङ्गोलले, महानगरपालिकाले आन्तरिक कार्यक्रम र साझेदारसँगको सहकार्यबाट प्रदूषण न्यूनीकरणका लागि काम गरिरहेको बताए। ‘गरिरहेका कार्यक्रमहरूको प्रभावकारिता मापन गर्न र थप तथा सुधारका कार्यक्रम गर्न तथ्यमा आधारित प्रमाण आवश्यक पर्छ । वायु प्रदूषण मापन यन्त्रले यस प्रकारका तथ्य उपलब्ध गराउँछ ।’ 

’प्रदूषणबाट आर्थिक, सामाजिक, वातावरणीय तथा विकास क्षेत्रमा पारेको असर घटाएर स्वास्थ्य सहर निर्माण गर्न धुलोरहित महानगर कार्यक्रम कार्यान्वयनमा छ । पार्क तथा हरियाली प्रवर्धन आयोजना सञ्चालन गरिएको छ । खुला रूपमा आगो बाल्न निषेध गरिएको छ । हाँडी गाउँमा कार फ्री शनिवारको कार्यक्रम सञ्चालन गरिएको छ । फोहरलाई स्रोतमा वर्गीकरण अभ्यासलाई प्रवर्धन गरिएको छ । वातावरणीय शिक्षाका लागि विद्यालय स्तरीय वातावरण र बालबालिका कार्यक्रम सञ्चालन गरिएको छ ।’ उनले भने, ‘साझेदारिताबाट उपलब्धिलाई संस्थागत गर्दै जान सहयोग हुनेछ ।’ 

स्वास्थ्य सहर परियोजना गैर सङ्क्रामक रोग र चोटपटक रोकथाम गरेर जीवन बचाउन प्रतिबद्ध ७० वटा सहरहरूको विश्वव्यापी सञ्जाल हो । विश्व स्वास्थ्य सङ्गठन र विश्वव्यापी स्वास्थ्य सङ्गठनको महत्त्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिजको सहयोग परियोजना सञ्चालन भएको छ । 

पिएम २।५ भनेको वायुमण्डलमा पाइने साना कणहरू हुन् । यी कणहरू सजिलै फोक्सोमा पुग्न सक्छन् । रक्त प्रवाहमा मिसिन सक्छन् । यसै कारण श्वासप्रश्वास, हृदय रोगसहित विभिन्न दीर्घ रोग उत्पन्न गराउँछ । विश्व स्वास्थ्य सङ्गठनले पिएम २।५ को वार्षिक औसत ५ माइक्रो ग्राम प्रति घन मिटर हुनुपर्ने भनेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

व्यवस्थापनबिनै विस्थापन गरेको भन्दै सुकुमवासीको मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । काठमाडौं उपत्यकाबाट विस्थापित सुकुमवासीहरूले आफ्नो मानव अधिकार उल्लंघन भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। राष्ट्रि...

ठूला विद्युतीय सवारीमा कर्जा–मूल्य अनुपात बढाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधन खरिदका लागि कर्जा प्रवाहलाई सहज बनाउने उद्देश्यले कर्जा–मूल्य अनुपात (एलटीभी) बढाउने व्यवस्था ...

राहदानी वितरणमा नयाँ प्रणाली लागू हुँदै: आगामी सातादेखि नयाँ कम्पनीले पासपोर्ट छाप्ने

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानी (पासपोर्ट) छपाइ र वितरणमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ प्रणाली लागू गर्न लागेको बताएको छन...

संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौं। संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको विनियोजन विधेय...

भूकम्पपीडितको आवास पुनर्निर्माणका लागि पाँच अर्ब सुनिश्चित छ : गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले मुलुकको शान्ति सुव्यवस्था कायम गर्दै गृह प्रशासनलाई दिगो शान्ति, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने प्रतिब...

मौद्रिक नीतिमा नयाँ व्यवस्था : वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खुला

काठमाडौं । आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंकहरूले विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक...

जनतालाई आर्थिक भार नपर्ने गरी विद्युतमा करको व्यवस्था गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको छु: ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत्मा कर लगाउने सरकारको निर्णयको उद्देश्य जनतालाई अतिरिक्त आर्थिक भार थोपर्नु नभई...

प्रधानमन्त्री कार्यालयको निर्देशनपछि डिडिसीमा दूधको गुणस्तर सुधार

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डिडिसी)ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा सुधार आएको छ ।  ...

ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुन्छ - मन्त्री लम्साल

समयमै निर्णय नगर्ने र फाइल रोकेर राख्ने कर्मचारीलाई समेत कारवाही हुन्छ

अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छ: कृषिमन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले धानबालीका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने दाबी गरेको छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकमा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending