Ntc summer Offer
Khabar Dabali ११ माघ २०८१ शुक्रबार | 24th January, 2025 Fri
Investment bank

'पुटिनले आणविक हतियारको खतरा बुझ्नुहुन्न'

खबरडबली संवाददाता

ओस्लो । जापानको आणविक बमबाट पीडित समूह निहोन हिडान्क्योले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न खतरा नबुझेको बताएको छ । सोमबार सो समूहले रुसी राष्ट्रपतिले अणविक हतियारबाट उत्पन्न हुने खतरा नबुझेको बताएको हो ।

“राष्ट्रपति पुटिन, मलाई लाग्दैन कि उहाँले मानवका लागि आणविक हतियार के हो भनेर साँच्चै बुझ्नुभएको छ”, निहोन हिडान्क्योका ९२ वर्षीय सह–अध्यक्ष तथा नागासाकीमा सन् १९४५ को आणविक बम विस्फोटबाट बचेका तानाकाले भने, “आणविक हतियारहरू त्यस्ता चीज हुन् जसलाई कहिल्यै प्रयोग गर्नु हुँदैन, परमाणु हतियारको प्रयोग...मानवताको विरुद्धमा हुनेछ ।”

ओस्लोमा एक औपचारिक समारोहमा निहोन हिडान्क्योलाई सन् २०२४ को नोबेल शान्ति पुरस्कार प्रदान गर्नुभन्दा एक दिनअघि ओस्लोमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तानाकाले यस्तो बताएका हुन् ।
सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि पुटिनले आणविक धम्की जारी गर्न थाले र नोभेम्बरको अन्त्यमा आणविक हतियार प्रयोग गर्ने सीमा कम गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।

आधारभूत आणविक विरोधी सङ्गठन निहोन हिडान्क्यो सन् १९५६ मा स्थापना गरिएको थियो र परमाणु बमबाट बचेका व्यक्तिहरूको एक मात्र राष्ट्रव्यापी सङ्गठन हो । यसलाई हिबकुसा भनिन्छ । सन् १९४५ अगस्ट ६ मा संयुक्त राज्य अमेरिकाले जापानी सहर हिरोशिमामा आणविक बम विस्फोट गर्दा करिब एक लाख ४० हजार मानिस मारिएका थिए ।

तीन दिनपछि नागासाकीमा अर्को अमेरिकी आणविक बम विस्फोट हुँदा थप ७४ हजार मानिसको मृत्यु भएको थियो। बचेका व्यक्तिहरूले विकिरण रोग र क्यान्सरको उच्च जोखिम लगायत दीर्घकालीन असरहरू भोगेका थिए ।

यी विस्फोटहरू इतिहासमा आणविक हतियार प्रयोग गरिएको एकमात्र घटना थियो । नर्वे नोबेल समितिले निहोन हिडान्क्योलाई ‘आणविक हतियारहरूबाट मुक्त संसार प्राप्त गर्ने प्रयासका लागि र साक्षी प्रमाणमार्फत आणविक हतियारहरू पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकोमा’ सम्मानित गरेको छ ।
 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेमा फर्किन हतारिएका वामदेवलाई निलम्बित नेतृ उषाकिरणले दिइन् यस्तो सुझाव

काठमाडौं । नेकपा एमालेमा फर्किन हतारिएका नेता वामदेव गौतमलाई पार्टीबाट निलम्बित नेतृ उषाकिरण तिम्सेनाले सुझाव दिएकी छन्।  गत पुस १० देखि ६ महिनाका ...

भक्तपुरमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा  एक महिलाको मृत्यु भएको छ।  दुर्घटनामा परी मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई प...

राप्रपा कार्यसम्पादन समितिको बैठक आज, भोलिबाट केन्द्रीय कार्यसमिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डामा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिहीबार बस्द...

गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन

महोत्तरी । गरे के हुँदैन भन्ने आहान अहिले महोत्तरीको गौशाला-८ कुष्माढीको सनीखोला किनार अवस्थित नदीउकास जग्गा हेरे चरितार्थ हुन्छ । तीन वर्षअघिसम्म गेग...

के हो पेरिस सम्झौता ? ट्रम्पले घोषणा गरेअनुसार अमेरिका बाहिरिए के हुन्छ ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन्। यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म...

काठमाडौं उपत्यकासहितका देशभर तापक्रम बढ्यो

काठमाडौं । काठमाडौँ उपत्यकालगायत देशका धेरै स्थानमा पछिल्लो केही दिनदेखि तापक्रम बढ्न थालेको छ । माघ लागेदेखि नै तापक्रम बढ्न थालेको र पछिल्लो केही दि...

यसो भए स्वदेशमै बस्छन् युवा

गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल झर्नुभयो । त्यसको तीन वर्षपछि पत्रकारिता सुरु गर्नुभयो । ३२ वर्षिय विकासल...

कालीमाटीमा रायो सागको प्रतिकेजी २० रुपैयाँ, अरु तरकारीको कति ? (सूचीसहित)

काठमाडौँ । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक...

सूर्यविनायक-धुलिखेल सडक दैनिक पाँच घण्टा बन्द गर्न प्रस्ताव

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल सडक निर्माण आयोजनाले निर्माणका लागि दैनिक पाँच घण्टा सडक बन्द गर्ने तयारी गरेको छ ।  विसं २०७९ प...

चौबिस वर्षदेखि वनपाखामा भेडाबाख्रासँग रमाउँदै गुरुङ

लमजुङ । लमजुङ दोर्दी गाउँपालिका-५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेख...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy