ओस्लो । जापानको आणविक बमबाट पीडित समूह निहोन हिडान्क्योले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारबाट उत्पन्न खतरा नबुझेको बताएको छ । सोमबार सो समूहले रुसी राष्ट्रपतिले अणविक हतियारबाट उत्पन्न हुने खतरा नबुझेको बताएको हो ।
“राष्ट्रपति पुटिन, मलाई लाग्दैन कि उहाँले मानवका लागि आणविक हतियार के हो भनेर साँच्चै बुझ्नुभएको छ”, निहोन हिडान्क्योका ९२ वर्षीय सह–अध्यक्ष तथा नागासाकीमा सन् १९४५ को आणविक बम विस्फोटबाट बचेका तानाकाले भने, “आणविक हतियारहरू त्यस्ता चीज हुन् जसलाई कहिल्यै प्रयोग गर्नु हुँदैन, परमाणु हतियारको प्रयोग...मानवताको विरुद्धमा हुनेछ ।”
ओस्लोमा एक औपचारिक समारोहमा निहोन हिडान्क्योलाई सन् २०२४ को नोबेल शान्ति पुरस्कार प्रदान गर्नुभन्दा एक दिनअघि ओस्लोमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तानाकाले यस्तो बताएका हुन् ।
सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि पुटिनले आणविक धम्की जारी गर्न थाले र नोभेम्बरको अन्त्यमा आणविक हतियार प्रयोग गर्ने सीमा कम गर्ने आदेशमा हस्ताक्षर गरेका थिए ।
आधारभूत आणविक विरोधी सङ्गठन निहोन हिडान्क्यो सन् १९५६ मा स्थापना गरिएको थियो र परमाणु बमबाट बचेका व्यक्तिहरूको एक मात्र राष्ट्रव्यापी सङ्गठन हो । यसलाई हिबकुसा भनिन्छ । सन् १९४५ अगस्ट ६ मा संयुक्त राज्य अमेरिकाले जापानी सहर हिरोशिमामा आणविक बम विस्फोट गर्दा करिब एक लाख ४० हजार मानिस मारिएका थिए ।
तीन दिनपछि नागासाकीमा अर्को अमेरिकी आणविक बम विस्फोट हुँदा थप ७४ हजार मानिसको मृत्यु भएको थियो। बचेका व्यक्तिहरूले विकिरण रोग र क्यान्सरको उच्च जोखिम लगायत दीर्घकालीन असरहरू भोगेका थिए ।
यी विस्फोटहरू इतिहासमा आणविक हतियार प्रयोग गरिएको एकमात्र घटना थियो । नर्वे नोबेल समितिले निहोन हिडान्क्योलाई ‘आणविक हतियारहरूबाट मुक्त संसार प्राप्त गर्ने प्रयासका लागि र साक्षी प्रमाणमार्फत आणविक हतियारहरू पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकोमा’ सम्मानित गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: