काठमाडौं। सोमबार काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा छिटफुट वर्षा भएको छ । आइतबार साँझबाट देशका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदली भएको मौसम सोमबार रातीसम्म कायम रहनेछ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीको कारण आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।
महाशाखाका अनुसार आइतबारदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी, बागमती प्रदेश र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्नेछ । ।
वर्षा हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २४ गते, २०८२ - १७:१२
काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले किराना पसलको नाममा डेढ अर्ब बढीको गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा दुई भारत...
आषाढ़ २४ गते, २०८२ - १६:५०
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–चीन सिमानाको ल्हेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ गए...
आषाढ़ २४ गते, २०८२ - १६:०७
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भूभागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिए...
आषाढ़ २४ गते, २०८२ - १५:३०
जनकपुरधाम । नागरिक उन्मुक्ति पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । उर्मिला देवी सिंह मधेश प्रदेशमा नागरिक उन्मुक्तिबाट समानु...
आषाढ़ २४ गते, २०८२ - १५:१८
नवलपुर। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनयी त्रिवेणी गाउँ पालिका–१ गुम्बामा स्कर्पियो र बोलेरो ठोक्किएर दुर्घटना हुँदा १० जना घाइते भएका छन...
आषाढ़ २४ गते, २०८२ - १५:०८
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले प्रधानमन्त्री स्वयं त्रिभुवन विश्वविद्यालयको कुलपति रहेको स्मरण गराउँदै सिनेट बैठक अविलम्ब ब...
आषाढ़ २४ गते, २०८२ - १४:५५
काठमाडौँ। स्रोत नखुलेको एक करोड ४४ लाख रकमसहित काठमाडौँ प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं परिसरका सूचना अधिकारी अपीलराज बोहर...
आषाढ़ २४ गते, २०८२ - १४:३९
रसुवा। गोसाइकुण्ड गाउँपालिका–२, रसुवागढी क्षेत्रमा आएको भीषण बाढीपछि जलविद्युत् आयोजनामा फसेका २३ जना कामदारलाई नेपाली सेनाले सफलतापूर्वक उद्धार गरेक...
आषाढ़ २४ गते, २०८२ - १४:२६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली रसुवा जाने भएका छन् । बाढीको वितण्डापछि स्थलगत अवलोकनका लागि प्रधानमन्त्री ओली मंगलबार अपराह्न रसुवा जान लागे...
आषाढ़ २४ गते, २०८२ - १४:१५
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रप्रा०का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सहकारी ठगीका नाइके जीबी राई कहाँ छन् भन्ने प्...
प्रतिकृया लेख्नुहोस्: