Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

अबैध आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्छु, नाटोमा रहने वा नरहने निर्णय पनि हुन्छ: ट्रम्प

खबरडबली संवाददाता

वासिंगटन डिसी। गैरकानूनी आप्रवासीलाई अमेरिकाबाट निष्कासन गर्न अमेरिकन राष्ट्रपतिले पुर्ववत: अडान पुन: दोहोरयाएका छन् ।

उनले यो पनि भने कि, ‘जन्मनेबित्तिकै अमेरिकी नागरिकता पाउने अधिकार हटाउछु ।’ अमेरिकी राष्ट्रपति पदको सपथ लिनु अघि ट्रम्पले एक टिभी च्यानललाई दिएको अन्तर्वार्तामा आफ्नो एजेण्डा खुलाएका छन् ।

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिकामा रहेका गैरकानुनी आप्रवासीहरूलाई देशबाट निष्कासन गर्ने आफ्नो योजना फेरि दोहोर्याएका छन् । उनले ‘ड्रिमर्स आप्रवासी’ हरूको संरक्षणका लागि कदम चाल्ने कुरा पनि गरे। हामी तपाईलाई भनौं कि ‘ड्रीमर्स आप्रवासी’ हरू ती आप्रवासीहरू हुन्, जो बाल्यकालमा अमेरिका आएका थिए तर उनीहरूसँग कुनै कागजातहरू छैनन्।

एनबीसी न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमा नै जन्मको आधारमा अमेरिकी नागरिकताको अधिकार खारेज गर्ने बताएका थिए । अमेरिकी संविधानको १४ औं संशोधन अनुसार अमेरिकामा जन्मेका कुनै पनि बालबालिकाले जन्मिने बित्तिकै अमेरिकी नागरिकता पाउनेछन् । चाहे जुनसुकै देशको नागरिक किन नहोस्। तर, ट्रम्पको यो निर्णयले कानुनी अवरोधको सामना भने गर्न सक्छ।

उता, अन्तर्वार्ताका क्रममा ट्रम्पले नाटोका बारेमा राष्ट्रपति बनेपछि आफू त्यसबाट बाहिरिने विषयमा गम्भीरतापूर्वक विचार गर्ने बताएका थिए । उनले गर्भपतन चक्की प्रतिबन्ध नगर्ने वाचा पनि गरेका छन् ।

ट्रम्पले राष्ट्रपति बनेपछि फेडरल रिजर्भ (सेन्ट्रल बैंक) का अध्यक्ष जेरोम पावेललाई राजीनामा दिन आग्रह गर्ने कुनै योजना नभएको बताए ।

साथै, ट्रम्पले राष्ट्रपति बने लगत्तै क्यापिटल हिल घटनाका दोषीलाई माफी दिने कदम चाल्ने वाचा गरेका छन् । सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा ट्रम्प पराजित भएपछि जनवरी ६, २०२१ मा उनका केही समर्थक क्यापिटल हिल (अमेरिकी संसद) भित्र पसेर लुटपाट तथा तोडफोड गरेका थिए ।

विज्ञहरू भन्छन् कि ट्रम्पका धेरै योजनाहरूले अदालतमा कठिनाइहरूको सामना गर्न सक्छ। यसबाहेक, नाटोबाट अलग हुने उनीहरूको योजनाले अमेरिकी क्याम्पका देशहरूमा असहजता सिर्जना गर्न सक्छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अविश्वासबिच इस्लामाबादमा अमेरिका-इरान वार्ता

इस्लामाबाद। मध्यपूर्वमा जारी द्वन्द्व रोक्ने उद्देश्यसहित सुरु हुन लागेको अमेरिका-इरान उच्चस्तरीय वार्ता गहिरो आपसी अविश्वासबिच पाकिस्तानको राजधानी इस...

उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्छ: अर्थसचिव उपाध्याय

खजुरा । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले उद्योगी, व्यापारी तथा व्यवसायीका अवाञ्छित गतिविधिलाई राज्ले निगरानी गर्ने बताएको छन् । अर्थ मन्त्र...

स्वास्थ्य बीमा बोर्ड सदस्य नियुक्ति विवाद, जनस्वास्थ्य प्रशासक र स्वास्थ्य बीमा बोर्डका निर्देशकसँग स्पष्टीकरण मागियो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित विवादास्पद नियुक्ति प्रकरणमा दुई उच्च अधिकारीसँग स्पष्टीकरण माग गरेको ...

चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

ह्युस्टन। आधा शताब्दीपछि मानवलाई पुन: चन्द्रमाको नजिक पुर्याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र...

वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने

काठमाडौँ । अध्यागमन विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले श्रम स्वीकृति पत्रबाहेक भुक्तानी गरिएका कुनै पनि रसिद विमानस्थलमा पेस गर्नु नपर्ने स्पष...

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री, पहुँचयोग्य प्रभावकारी बन...

ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: उपाध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष नारायणप्रसाद दाहालले ग्रामीण पर्यटन आर्थिक समृद्धिको माध्यम मात्र नभई सामाजिक रूपान्तरणको बलियो आधार भएको बताएका छ...

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

इस्लामाबाद। मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप अमेरिका र इरानबिच उच्चस्तरीय वार्ता शनिबारदेखि पाकिस्तानमा सुरु हुने भएक...

इरानसँग वार्ताका लागि अमेरिकी उपराष्ट्रपति भान्स इस्लामाबादमा

काठमाडौं । इरानसँग हुने उच्चस्तरीय वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तानको राजधानी इस्लामाबाद पुगेको छ। ...

सहर सुन्दर बनाउन काठमाडौँ महानगरले सडक किनारामा गमलामा फूल रोप्दै

काठमाडौँ। काठमाडौँलाई सुन्दर बनाउन महानगरपालिकाले सडक किनारामा गमला राखेर फूल फुलाउन थालेको छ । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले गौरव योजना ‘मेरो र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending